Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-ማኢዳህ   አንቀጽ:
مِنْ اَجْلِ ذٰلِكَ ؔۛۚ— كَتَبْنَا عَلٰی بَنِیْۤ اِسْرَآءِیْلَ اَنَّهٗ مَنْ قَتَلَ نَفْسًا بِغَیْرِ نَفْسٍ اَوْ فَسَادٍ فِی الْاَرْضِ فَكَاَنَّمَا قَتَلَ النَّاسَ جَمِیْعًا ؕ— وَمَنْ اَحْیَاهَا فَكَاَنَّمَاۤ اَحْیَا النَّاسَ جَمِیْعًا ؕ— وَلَقَدْ جَآءَتْهُمْ رُسُلُنَا بِالْبَیِّنٰتِ ؗ— ثُمَّ اِنَّ كَثِیْرًا مِّنْهُمْ بَعْدَ ذٰلِكَ فِی الْاَرْضِ لَمُسْرِفُوْنَ ۟
३२) यस कारणले हामीले इस्राईलका मानिसहरूका लागि यो आदेश गर्यौं कि यदि कुनै मानिसले कुनै मानिसको हत्या गर्दछ कसैको हत्या गरेको वा देशमा उपद्रव फैलाउने बाहेकको अवस्थामा, भने त्यसले अन्य समस्त मानिसहरूको हत्या गरे सरह हुनेछ, र यदि कसैले एउटाको जीवन (ज्यान) बचायो भने सम्पूर्ण मानिसहरूको जीवन बचाए सरह हुन्छ । र तिनीहरूकहाँ हाम्रा धेरै पैगम्बरहरू स्पष्ट तर्कहरूलिएर पुगिसकेका छन् । अनि यसपछि पनि तिनीहरूमध्ये धेरैले मुलुकमा बलजफ्ती र ज्यादती गर्ने गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا جَزٰٓؤُا الَّذِیْنَ یُحَارِبُوْنَ اللّٰهَ وَرَسُوْلَهٗ وَیَسْعَوْنَ فِی الْاَرْضِ فَسَادًا اَنْ یُّقَتَّلُوْۤا اَوْ یُصَلَّبُوْۤا اَوْ تُقَطَّعَ اَیْدِیْهِمْ وَاَرْجُلُهُمْ مِّنْ خِلَافٍ اَوْ یُنْفَوْا مِنَ الْاَرْضِ ؕ— ذٰلِكَ لَهُمْ خِزْیٌ فِی الدُّنْیَا وَلَهُمْ فِی الْاٰخِرَةِ عَذَابٌ عَظِیْمٌ ۟ۙ
३३) जुन मानिसहरू अल्लाह र उसको रसूलको विरोधमा युद्ध गर्दछन् र देशमा उपद्रव फैलाउँदै हिंड्दछन्, त्यस्ताको सजाय तिनीहरूको हत्या गर्नु वा फाँसी दिइनु वा एक तिरको हात र खुट्टा काटिनु वा मुलुकबाट निष्कासित (देश निकाला) गर्नु हो । यो त यस संसारमा उनको अपमानजनक (सजाय) हो र आखिरत (अन्तिम दिन) को दिनमा तिनीहरूका लागि ठूलो सजाय तयार छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلَّا الَّذِیْنَ تَابُوْا مِنْ قَبْلِ اَنْ تَقْدِرُوْا عَلَیْهِمْ ۚ— فَاعْلَمُوْۤا اَنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟۠
३४) (तर हो) जसले तिम्रो कब्जामा आउनुभन्दा अगाडि नै प्रायश्चित गरिहाले, त यादराख कि अल्लाह ठूलो क्षमादाता र दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَابْتَغُوْۤا اِلَیْهِ الْوَسِیْلَةَ وَجَاهِدُوْا فِیْ سَبِیْلِهٖ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟
३५) मुस्लिमहरू हो ! अल्लाहसित डर मान्ने गर र उसको सामीप्य प्राप्त गर्ने उपायको खोजी गर र उसको बाटोमा जिहाद (धर्मयुद्ध) गर जसबाट तिम्रो भलो हुन सकोस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ كَفَرُوْا لَوْ اَنَّ لَهُمْ مَّا فِی الْاَرْضِ جَمِیْعًا وَّمِثْلَهٗ مَعَهٗ لِیَفْتَدُوْا بِهٖ مِنْ عَذَابِ یَوْمِ الْقِیٰمَةِ مَا تُقُبِّلَ مِنْهُمْ ۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
३६) विश्वास गर कि काफिरहरूका लागि यदि तिनीहरूसँग पृथ्वीमा भएको सम्पूर्ण धन–सम्पत्ति बरु त्यसभन्दा पनि बढी किन नहोस् र त्यसलाई कियामतको दिन सजायबाट मुक्त हुनुको लागि सौगात स्वरूप दिन चाहन्छन् भने पनि त्यो स्वीकार्य हुने छैन र तिनलाई कष्टदायक सजाय हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-ማኢዳህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት