Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-ማኢዳህ   አንቀጽ:
وَمِنَ الَّذِیْنَ قَالُوْۤا اِنَّا نَصٰرٰۤی اَخَذْنَا مِیْثَاقَهُمْ فَنَسُوْا حَظًّا مِّمَّا ذُكِّرُوْا بِهٖ ۪— فَاَغْرَیْنَا بَیْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَآءَ اِلٰی یَوْمِ الْقِیٰمَةِ ؕ— وَسَوْفَ یُنَبِّئُهُمُ اللّٰهُ بِمَا كَانُوْا یَصْنَعُوْنَ ۟
१४) र जुन मानिसहरूले आफूलाई ईसाई भन्दछन् हामीले तिनीहरूबाट पनि वाचा लिएका थियौं तर तिनीहरूले पनि त्यसको ठूलो भाग बिर्सिहाले, अनि हामीले पनि तिनीहरूको बीचमा कियामतको दिनसम्म शत्रुता र घृणा जागृत गराइहाल्यौ र शीघ्र नै अल्लाहले तिनीहरूलाई तिनको कर्मको जानकारी दिनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَهْلَ الْكِتٰبِ قَدْ جَآءَكُمْ رَسُوْلُنَا یُبَیِّنُ لَكُمْ كَثِیْرًا مِّمَّا كُنْتُمْ تُخْفُوْنَ مِنَ الْكِتٰبِ وَیَعْفُوْا عَنْ كَثِیْرٍ ؕ۬— قَدْ جَآءَكُمْ مِّنَ اللّٰهِ نُوْرٌ وَّكِتٰبٌ مُّبِیْنٌ ۟ۙ
१५) हे अहले किताब ! तिम्रो नजीकमा निश्चय नै हाम्रो पैगम्बर आइसकेको छ । जसले कि तिमीलाई किताबको धेरै यस्ता कुराहरू स्पष्ट गर्दैछ जुन तिमीले लुकाउँदथ्यौ र तिम्रा धेरै त्रुटिहरूलाई क्षमा गर्दैछ । निःसन्देह तिम्रो नजिकमा अल्लाहबाट प्रकाश र स्पष्ट किताब (कुरआन) आइसकेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَّهْدِیْ بِهِ اللّٰهُ مَنِ اتَّبَعَ رِضْوَانَهٗ سُبُلَ السَّلٰمِ وَیُخْرِجُهُمْ مِّنَ الظُّلُمٰتِ اِلَی النُّوْرِ بِاِذْنِهٖ وَیَهْدِیْهِمْ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
१६) जसको माध्यमबाट अल्लाहले त्यस्ताहरूलाई शान्तिमार्ग देखाउँछ जसले कि उसको प्रसन्नता प्राप्त गर्न चाहन्छन् र आफ्नो दैवानुग्रहद्वारा अँध्यारोबाट निकालि, उज्यालोतिर लैजान्छ र तिनीहरूलाई सोझो बाटोमा मार्गदर्शन गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ كَفَرَ الَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ هُوَ الْمَسِیْحُ ابْنُ مَرْیَمَ ؕ— قُلْ فَمَنْ یَّمْلِكُ مِنَ اللّٰهِ شَیْـًٔا اِنْ اَرَادَ اَنْ یُّهْلِكَ الْمَسِیْحَ ابْنَ مَرْیَمَ وَاُمَّهٗ وَمَنْ فِی الْاَرْضِ جَمِیْعًا ؕ— وَلِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا ؕ— یَخْلُقُ مَا یَشَآءُ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
१७) जति मानिसहरूले यो भन्दछन् कि अल्लाह नै ईसा बिन मरियम हुन् । तिनीहरू निःसन्देह काफिर हुन् । तपाईले भनिदिनुस् कि यदि अल्लाह, ईसा बिन मरियम र उनको आमा र पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्न चाहन्छ भने, उसको अगाडि कसको के लाग्न सक्छ ? र आकाश धरती र जे जति दुवैको बीचमा छन्, सबै अल्लाहकै हुन् । उसले जे चाहन्छ सृष्टि गर्दछ र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-ማኢዳህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት