Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-ማኢዳህ   አንቀጽ:
وَالَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰیٰتِنَاۤ اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَحِیْمِ ۟
१०) र जसले ईमान ल्याएनन् र हाम्रा आयतहरूलाई झूठो ठहराउँदछन् । तिनीहरू नर्कीय छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اذْكُرُوْا نِعْمَتَ اللّٰهِ عَلَیْكُمْ اِذْ هَمَّ قَوْمٌ اَنْ یَّبْسُطُوْۤا اِلَیْكُمْ اَیْدِیَهُمْ فَكَفَّ اَیْدِیَهُمْ عَنْكُمْ ۚ— وَاتَّقُوا اللّٰهَ ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟۠
११) मोमिनहरू हो ! अल्लाहले तिमीहरूमाथि जुन अनुकम्पा गरेको छ त्यसको स्मरण गर, जब एउटा समुदायले तिम्रो विरोधमा हात उठाउने प्रयास गरे त अल्लाहले तिनका हातलाई तिम्रो समीप पुग्नुबाट रोकिदियो र अल्लाहसित डराऊ, र मोमिनहरूलाई अल्लाहमाथि मात्र भरोसा राख्नु पर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اَخَذَ اللّٰهُ مِیْثَاقَ بَنِیْۤ اِسْرَآءِیْلَ ۚ— وَبَعَثْنَا مِنْهُمُ اثْنَیْ عَشَرَ نَقِیْبًا ؕ— وَقَالَ اللّٰهُ اِنِّیْ مَعَكُمْ ؕ— لَىِٕنْ اَقَمْتُمُ الصَّلٰوةَ وَاٰتَیْتُمُ الزَّكٰوةَ وَاٰمَنْتُمْ بِرُسُلِیْ وَعَزَّرْتُمُوْهُمْ وَاَقْرَضْتُمُ اللّٰهَ قَرْضًا حَسَنًا لَّاُكَفِّرَنَّ عَنْكُمْ سَیِّاٰتِكُمْ وَلَاُدْخِلَنَّكُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ۚ— فَمَنْ كَفَرَ بَعْدَ ذٰلِكَ مِنْكُمْ فَقَدْ ضَلَّ سَوَآءَ السَّبِیْلِ ۟
१२) र अल्लाहले बनी इस्राईलबाट वाचा लियो र तिनीहरूमध्येबाट हामीले बाह्र जना प्रमुखहरूको नियुक्ति गर्यौं, अनि अल्लाहले भन्यो कि म अवश्य तिम्रो साथमा छु । यदि तिमीले नमाज पढ्दै गर्यौ र जकात (दान) दिंदै गर्यौ र मेरा पैगम्बरहरूलाई मान्दै गर्यौ र तिनीहरूको मद्दत गर्दै गर्यौ र अल्लाहलाई (कर्जे हसना) राम्रो ऋण दिने गर्यौ भने तिमीबाट निःसन्देह तिम्रा त्रुटिहरू अलग राखिदिनेछु र तिमीलाई त्यस्तो स्वर्गमा (बगैंचा) प्रवेश दिने छु, जसको तल नहरहरू बगिराखेका छन् । तर, यस वाचा र कबोलपछि तिमीहरूमध्ये कोही अवज्ञाकारी बन्दछ भने ऊ पक्कै सत्य मार्गबाट विचलित भई टाढा पुग्ने छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَبِمَا نَقْضِهِمْ مِّیْثَاقَهُمْ لَعَنّٰهُمْ وَجَعَلْنَا قُلُوْبَهُمْ قٰسِیَةً ۚ— یُحَرِّفُوْنَ الْكَلِمَ عَنْ مَّوَاضِعِهٖ ۙ— وَنَسُوْا حَظًّا مِّمَّا ذُكِّرُوْا بِهٖ ۚ— وَلَا تَزَالُ تَطَّلِعُ عَلٰی خَآىِٕنَةٍ مِّنْهُمْ اِلَّا قَلِیْلًا مِّنْهُمْ فَاعْفُ عَنْهُمْ وَاصْفَحْ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُحْسِنِیْنَ ۟
१३) फेरि तिनीहरूले वचन तोडिदिएको हुनाले हामीले तिनीहरूलाई तिरस्कृत गर्यौ, र तिनीहरूका हृदयलाई कठोर बनाइदियौं । किनभने यिनीहरूले शब्दहरूलाई (वह्यगरिएका वाणीलाई) तिनका ठाउँबाट बदलिहाल्दछन् र जुन कुराको तिनीहरूलाई निर्देश दिइएको थियो, त्यसको ठूलो भागलाई बिर्सिसकेका छन्, र केही मानिसहरू बाहेक सधै तिनीहरूको एउटा नएउटा छलकपटको कुरा तिमीहरूलाई जानकारी दिई राखिने छौं । तसर्थ तिनीहरूलाई क्षमा गरिदेऊ र तिनीको कुराको वास्ता नगर, किनकि अल्लाहले भलाई गर्नेहरूलाई मायाँ गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-ማኢዳህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት