Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አልን ኑር   አንቀጽ:
یُقَلِّبُ اللّٰهُ الَّیْلَ وَالنَّهَارَ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَعِبْرَةً لِّاُولِی الْاَبْصَارِ ۟
४४) अल्लाहले नै राती र दिनलाई फेर्दछ । निश्चय नै देख्ने आँखाहरूका निम्ति यसमा ठूलो शिक्षा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاللّٰهُ خَلَقَ كُلَّ دَآبَّةٍ مِّنْ مَّآءٍ ۚ— فَمِنْهُمْ مَّنْ یَّمْشِیْ عَلٰی بَطْنِهٖ ۚ— وَمِنْهُمْ مَّنْ یَّمْشِیْ عَلٰی رِجْلَیْنِ ۚ— وَمِنْهُمْ مَّنْ یَّمْشِیْ عَلٰۤی اَرْبَعٍ ؕ— یَخْلُقُ اللّٰهُ مَا یَشَآءُ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
४५) अल्लाहले हरेक जीवधारीलाई पानीबाट सृष्टि गरेको छ, तिनीहरूमध्ये कुनै यस्ता छन् जुनकि घिस्रिएर हिंड्छन् र कुनै दुईखुट्टा टेकि हिड्छन्, कुनै उनीहरूमध्ये चारखुट्टा टेकि हिड्छन्, अल्लाहले जे चाहन्छ सृष्टि गर्दछ । निःसन्देह अल्लाह हरेक चीजमाथि सामर्थ्यवान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ اَنْزَلْنَاۤ اٰیٰتٍ مُّبَیِّنٰتٍ ؕ— وَاللّٰهُ یَهْدِیْ مَنْ یَّشَآءُ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
४६) कुनै संदेह र शंका बेगैर हामीले नै स्पष्ट आयतहरू अवतरित गरेका हौं र अल्लाहले जसलाई चाहन्छ सोझो बाटोतिर मार्गदर्शन गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَقُوْلُوْنَ اٰمَنَّا بِاللّٰهِ وَبِالرَّسُوْلِ وَاَطَعْنَا ثُمَّ یَتَوَلّٰی فَرِیْقٌ مِّنْهُمْ مِّنْ بَعْدِ ذٰلِكَ ؕ— وَمَاۤ اُولٰٓىِٕكَ بِالْمُؤْمِنِیْنَ ۟
४७) र (केही) भन्छन् कि हामीले अल्लाह र रसूलमाथि ईमान ल्यायौं र आज्ञाकारी भयौं फेरि त्यस पश्चात उनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ । यी मानिसहरू ईमानवाला हुँदैहैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا دُعُوْۤا اِلَی اللّٰهِ وَرَسُوْلِهٖ لِیَحْكُمَ بَیْنَهُمْ اِذَا فَرِیْقٌ مِّنْهُمْ مُّعْرِضُوْنَ ۟
४८) र जब उनीहरूलाई यस विषयको लागि बोलाइन्छ, कि अल्लाहको रसूलले उनीहरूको बीचको विवादमा फैसला गरिदेउन् तब उनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنْ یَّكُنْ لَّهُمُ الْحَقُّ یَاْتُوْۤا اِلَیْهِ مُذْعِنِیْنَ ۟ؕ
४९) किन्तु यदि उनीहरूलाई कुनै लाभ प्राप्त हुनेवाला छ भने त्यसतर्फ बड़ो आज्ञाकारी भएर आइहाल्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفِیْ قُلُوْبِهِمْ مَّرَضٌ اَمِ ارْتَابُوْۤا اَمْ یَخَافُوْنَ اَنْ یَّحِیْفَ اللّٰهُ عَلَیْهِمْ وَرَسُوْلُهٗ ؕ— بَلْ اُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟۠
५०) के उनीहरूको हृदयमा रोग छ ? वा यिनीहरू शंका र सन्देहमा छन् ? वा उनलाई यस कुराको भय छ कि उनीहरूमाथि अल्लाह र उसको रसूलले अन्याय गर्नेछन् ? (होइन), बरु यिनीहरू स्वयम् ठूलो अत्याचारी हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا كَانَ قَوْلَ الْمُؤْمِنِیْنَ اِذَا دُعُوْۤا اِلَی اللّٰهِ وَرَسُوْلِهٖ لِیَحْكُمَ بَیْنَهُمْ اَنْ یَّقُوْلُوْا سَمِعْنَا وَاَطَعْنَا ؕ— وَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
५१) मोमिनको कुरा त यो हुन्छ कि जब तिनलाई अल्लाह र उसको रसुलतिर बोलाइन्छ, कि अल्लाह र उसको रसूलले उनीहरूको बीचमा फैसला गरिदिउन् त भन्छन्ः कि हामीले (आदेश) सुनिहाल्यौं र मानिहाल्यौं, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ یُّطِعِ اللّٰهَ وَرَسُوْلَهٗ وَیَخْشَ اللّٰهَ وَیَتَّقْهِ فَاُولٰٓىِٕكَ هُمُ الْفَآىِٕزُوْنَ ۟
५२) र जुन व्यक्तिले अल्लाह र उसको रसुलको आज्ञापालन गर्नेछ र अल्लाहसित डर मान्नेछ तिनैले मुक्ति प्राप्त गर्नेवाला हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَیْمَانِهِمْ لَىِٕنْ اَمَرْتَهُمْ لَیَخْرُجُنَّ ؕ— قُلْ لَّا تُقْسِمُوْا ۚ— طَاعَةٌ مَّعْرُوْفَةٌ ؕ— اِنَّ اللّٰهَ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟
५३) बडो दृढतापूर्वक अल्लाहको शपथ लिएर भन्दछन् कि तपाईको आदेश हुने वित्तिकै (सबै घरहरूबाट) निस्किहाल्छन्, भनिदिनुस् कि शपथ नखाऊ । तिम्रो आज्ञापालनको (वास्तविकता) थाहा छ । जे तिमी गर्दछौ अल्लाह तिम्रा सबै कुराहरूबाट अवगत छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አልን ኑር
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት