Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አልን ኑር   አንቀጽ:
وَاَنْكِحُوا الْاَیَامٰی مِنْكُمْ وَالصّٰلِحِیْنَ مِنْ عِبَادِكُمْ وَاِمَآىِٕكُمْ ؕ— اِنْ یَّكُوْنُوْا فُقَرَآءَ یُغْنِهِمُ اللّٰهُ مِنْ فَضْلِهٖ ؕ— وَاللّٰهُ وَاسِعٌ عَلِیْمٌ ۟
३२) र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर, र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् (निकाह गरिदेने गर) र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ, र अल्लाह धेरै सुविधादाता सर्वज्ञ छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلْیَسْتَعْفِفِ الَّذِیْنَ لَا یَجِدُوْنَ نِكَاحًا حَتّٰی یُغْنِیَهُمُ اللّٰهُ مِنْ فَضْلِهٖ ؕ— وَالَّذِیْنَ یَبْتَغُوْنَ الْكِتٰبَ مِمَّا مَلَكَتْ اَیْمَانُكُمْ فَكَاتِبُوْهُمْ اِنْ عَلِمْتُمْ فِیْهِمْ خَیْرًا ۖۗ— وَّاٰتُوْهُمْ مِّنْ مَّالِ اللّٰهِ الَّذِیْۤ اٰتٰىكُمْ ؕ— وَلَا تُكْرِهُوْا فَتَیٰتِكُمْ عَلَی الْبِغَآءِ اِنْ اَرَدْنَ تَحَصُّنًا لِّتَبْتَغُوْا عَرَضَ الْحَیٰوةِ الدُّنْیَا ؕ— وَمَنْ یُّكْرِهْهُّنَّ فَاِنَّ اللّٰهَ مِنْ بَعْدِ اِكْرَاهِهِنَّ غَفُوْرٌ رَّحِیْمٌ ۟
३३) र जसले विवाहको अवसर पाइराखेका छैनन् उनीहरूले सच्चरित्र रहनु आवश्यक छ । यहाँसम्म कि अल्लाहले आफ्नो अनुग्रहबाट उनीहरूलाई समृद्ध गरिहालोस् । र तिम्रो दासहरूमध्ये जसले तिमीलाई केही दिएर स्वतन्त्र भएको लिखत गराउन चाहन्छ, भने तिमी उनीहरूलाई भद्र र नेक पाउँछौ भने उनीहरूसित मुकातबत् (मालिक र दासबीच स्वतन्त्रता सम्बन्धी सम्झौता) गरिहाल र अल्लाहले जुन सम्पति तिमीलाई प्रदान गरेको छ त्यसमध्येबाट उनीहरूलाई पनि देऊ र आफ्नो दासीहरूलाई यदि उनीहरू पवित्र रहन चाहन्छिन्, भने सांसारिक जीवनको फाइदा प्राप्त गर्नुको निम्ति उनीहरूलाई व्यभिचारको लागि बाध्य नगर्नु । र जसले उनलाई बाध्य गर्नेछ । त निश्चय नै उनीहरूलाई बाध्य गरिए पश्चात अल्लाहले उनीहरूको यस गल्तीको लागि क्षमा प्रदान गर्नेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اَنْزَلْنَاۤ اِلَیْكُمْ اٰیٰتٍ مُّبَیِّنٰتٍ وَّمَثَلًا مِّنَ الَّذِیْنَ خَلَوْا مِنْ قَبْلِكُمْ وَمَوْعِظَةً لِّلْمُتَّقِیْنَ ۟۠
३४) हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा अगाडि गुज्रिसकेका छन्, उनीहरूका दृष्टान्त र संयमीहरूको निम्ति नसिहत (चेतावनी) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَللّٰهُ نُوْرُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— مَثَلُ نُوْرِهٖ كَمِشْكٰوةٍ فِیْهَا مِصْبَاحٌ ؕ— اَلْمِصْبَاحُ فِیْ زُجَاجَةٍ ؕ— اَلزُّجَاجَةُ كَاَنَّهَا كَوْكَبٌ دُرِّیٌّ یُّوْقَدُ مِنْ شَجَرَةٍ مُّبٰرَكَةٍ زَیْتُوْنَةٍ لَّا شَرْقِیَّةٍ وَّلَا غَرْبِیَّةٍ ۙ— یَّكَادُ زَیْتُهَا یُضِیْٓءُ وَلَوْ لَمْ تَمْسَسْهُ نَارٌ ؕ— نُوْرٌ عَلٰی نُوْرٍ ؕ— یَهْدِی اللّٰهُ لِنُوْرِهٖ مَنْ یَّشَآءُ ؕ— وَیَضْرِبُ اللّٰهُ الْاَمْثَالَ لِلنَّاسِ ؕ— وَاللّٰهُ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟ۙ
३५) अल्लाह आकाशहरू, र धरतीहरूको प्रकाश हो । उसको प्रकाशको उदाहरण यस्तो छ कि एउटा खोपा छ, जसमा टुक्की छ र टुक्की एउटा शीशाको बट्टामा छ, र शीशा यस्तो सफा सुग्घर छ कि चम्किराखेको तारा जस्तै होस् । त्यो दियो जो पवित्र जैतूनको रुखको तेलबाट बालिन्छ, जुन रुख न पूर्वतिर छ न पश्चिमतिर छ । (यस्तो प्रतीत हुन्छ कि) त्यसको तेल चाहे आगोले त्यसलाई नछोएपनि, बल्नलाई तयार छ । प्रकाशमाथि प्रकाश छ । अल्लाहले आफ्नो प्रकाशतर्फ जसलाई चाहन्छ सोझो बाटो देखाउँछ । र अल्लाह मानिसहरूको लागि उदाहरणहरू वर्णन गर्दछ । र अल्लाह प्रत्येक कुरोको अवस्था जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فِیْ بُیُوْتٍ اَذِنَ اللّٰهُ اَنْ تُرْفَعَ وَیُذْكَرَ فِیْهَا اسْمُهٗ ۙ— یُسَبِّحُ لَهٗ فِیْهَا بِالْغُدُوِّ وَالْاٰصَالِ ۟ۙ
३६) ती घरहरूमा जसलाई उच्च बनाउन र (त्यहाँ) आफ्नो स्तुति गर्न अल्लाहको हुकुम भएको छ त्यहाँ बिहान र साँझ उसको गुणगान (सुब्हानल्लाह) गरिरहन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አልን ኑር
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት