Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አልን ኑር   አንቀጽ:
اِنَّ الَّذِیْنَ جَآءُوْ بِالْاِفْكِ عُصْبَةٌ مِّنْكُمْ ؕ— لَا تَحْسَبُوْهُ شَرًّا لَّكُمْ ؕ— بَلْ هُوَ خَیْرٌ لَّكُمْ ؕ— لِكُلِّ امْرِئٍ مِّنْهُمْ مَّا اكْتَسَبَ مِنَ الْاِثْمِ ۚ— وَالَّذِیْ تَوَلّٰی كِبْرَهٗ مِنْهُمْ لَهٗ عَذَابٌ عَظِیْمٌ ۟
११) जुन मानिसहरूले यो ठूलो लान्छना रचेका छन् उनीहरू पनि तिमीमध्येको एउटा समूह हुन् । तिमीले त्यसलाई आफ्नो निम्ति नराम्रो नठान, बरु त्यो त तिम्रो निम्ति राम्रै छ, तर तिनीहरूमध्ये प्रत्येकको निम्ति त्यति नै पापको भाग छ जति पाप उसले गरेको छ, र उनीहरूमध्येबाट जुन व्यक्तिले उसको ठूलो भाग आफूले सम्पन्न गरेको छ उसको निम्ति ठूलो सजाय पनि छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَوْلَاۤ اِذْ سَمِعْتُمُوْهُ ظَنَّ الْمُؤْمِنُوْنَ وَالْمُؤْمِنٰتُ بِاَنْفُسِهِمْ خَیْرًا ۙ— وَّقَالُوْا هٰذَاۤ اِفْكٌ مُّبِیْنٌ ۟
१२) यो सुन्ने वित्तिकै मोमिन पुरुष र महिलाले किन आफ्नो हृदयमा राम्रो ठानेनन् र किन भनेनन् कि यो त स्पष्टरूपले आक्षेप हो ?
የአረብኛ ቁርኣን ማብራሪያ:
لَوْلَا جَآءُوْ عَلَیْهِ بِاَرْبَعَةِ شُهَدَآءَ ۚ— فَاِذْ لَمْ یَاْتُوْا بِالشُّهَدَآءِ فَاُولٰٓىِٕكَ عِنْدَ اللّٰهِ هُمُ الْكٰذِبُوْنَ ۟
१३) यो असत्य कुरा (रच्ने) मानिसहरू आफ्नो कुराको (वास्तविकताको) निम्ति चारजना साक्षी किन ल्याएनन्, र जब यिनले साक्षी ल्याउन सकेनन् त यी दोषारोपण गर्नेहरू अल्लाहको नजिक झूठा हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ فِی الدُّنْیَا وَالْاٰخِرَةِ لَمَسَّكُمْ فِیْ مَاۤ اَفَضْتُمْ فِیْهِ عَذَابٌ عَظِیْمٌ ۟ۚ
१४) यदि दुनियाँ र आखिरतमा तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, निःसन्देह, जुन काममा तिमीहरू लागेका थियौं, त्यसको कारणले तिमीमाथि ठूलो सजाय अवतरित हुने थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْ تَلَقَّوْنَهٗ بِاَلْسِنَتِكُمْ وَتَقُوْلُوْنَ بِاَفْوَاهِكُمْ مَّا لَیْسَ لَكُمْ بِهٖ عِلْمٌ وَّتَحْسَبُوْنَهٗ هَیِّنًا ۖۗ— وَّهُوَ عِنْدَ اللّٰهِ عَظِیْمٌ ۟
१५) जब तिमी एक अर्कासित त्यस (झूठ) लाई आफ्नो मुखले चर्चा परिचर्चा गरिराखेका थियौ र तिमी आफ्नो मुखबाट त्यो सबै कुरा भन्दै गइराखेका थियौ, जसको विषयमा तिमीलाई कुनै ज्ञान थिएन र यद्यपि तिमीले त्यसलाई एउटा साधारण कुरा ठानिराखेका थियौ, तर अल्लाहको निकट, त्यो एउटा गम्भीर कुरो थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَوْلَاۤ اِذْ سَمِعْتُمُوْهُ قُلْتُمْ مَّا یَكُوْنُ لَنَاۤ اَنْ نَّتَكَلَّمَ بِهٰذَا ۖۗ— سُبْحٰنَكَ هٰذَا بُهْتَانٌ عَظِیْمٌ ۟
१६) तिमीले त्यस्तो कुरा सुन्ने वित्तिकै किन भनेनौ कि हामीलाई उचित छैन कि हामी यस्ता कुरा मुखबाट निकालौं । महान र उच्च हौ, तिमी हे अल्लाह ! यो त एउटा ठूलो दोषारोपण हो ?
የአረብኛ ቁርኣን ማብራሪያ:
یَعِظُكُمُ اللّٰهُ اَنْ تَعُوْدُوْا لِمِثْلِهٖۤ اَبَدًا اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟ۚ
१७) अल्लाहले तिमीलाई उपदेश गर्दछ कि पुनः कहिल्यै त्यसो नगर्नु यदि तिमी मोमिन (आस्थावान) हौ भने ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیُبَیِّنُ اللّٰهُ لَكُمُ الْاٰیٰتِ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
१८) अल्लाहले आफ्नो आयतहरूलाई तिम्रो सामु स्पष्टरूपले वर्णन गर्दैछ । र अल्लाह त सर्वज्ञ सूक्ष्मदर्शी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ یُحِبُّوْنَ اَنْ تَشِیْعَ الْفَاحِشَةُ فِی الَّذِیْنَ اٰمَنُوْا لَهُمْ عَذَابٌ اَلِیْمٌ ۙ— فِی الدُّنْیَا وَالْاٰخِرَةِ ؕ— وَاللّٰهُ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟
१९) जुन मानिसहरूले मुस्लिमहरूमा अश्लीलता (निर्लज्जता) फैलाउन चाहन्छन् उनीहरूको निम्ति दुनियाँ र आखिरतमा (लोक–परलोकमा) दुखद् यातना छ । र अल्लाह सबै जान्दछ र तिमी केही जान्दैनौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ وَاَنَّ اللّٰهَ رَءُوْفٌ رَّحِیْمٌ ۟۠
२०) यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए र यो कि अल्लाह बडो करुणामय अत्यन्त दयावान छ । (त तिमीमाथि यातना अवतरित हुने थियो) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አልን ኑር
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት