Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: بەقەرە   ئايەت:
لَا یُؤَاخِذُكُمُ اللّٰهُ بِاللَّغْوِ فِیْۤ اَیْمَانِكُمْ وَلٰكِنْ یُّؤَاخِذُكُمْ بِمَا كَسَبَتْ قُلُوْبُكُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ حَلِیْمٌ ۟
२२५) अल्लाह अपरिपक्व शपथको कारण तिमीहरूलाई समात्दैन तर जुन शपथ जानीबुझी खान्छौं, त्यसको पकड गर्नेछ । र अल्लाह परम् क्षमाशील अति सहनशील छ ।
ئەرەپچە تەپسىرلەر:
لِلَّذِیْنَ یُؤْلُوْنَ مِنْ نِّسَآىِٕهِمْ تَرَبُّصُ اَرْبَعَةِ اَشْهُرٍ ۚ— فَاِنْ فَآءُوْ فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
२२६) जुन मानिसहरू आफ्ना स्वास्नीहरूसित तिनीहरूसंग सम्बन्ध नराख्ने शपथ खान्छन्, तिनीहरूलाई अधिकतम् चार महिनासम्मको अवधि छ, फेरि यदि अवधिपछि तिनी फर्कन्छन् भने निःसन्देह अल्लाह क्षमादान गर्ने दयावान् छ ।
ئەرەپچە تەپسىرلەر:
وَاِنْ عَزَمُوا الطَّلَاقَ فَاِنَّ اللّٰهَ سَمِیْعٌ عَلِیْمٌ ۟
२२७) र, यदि तलाक (सम्बन्ध विच्छेद) कै निश्चय गरिहाल्छन्, भने अल्लाह सुन्ने र जान्नेवाला छ ।
ئەرەپچە تەپسىرلەر:
وَالْمُطَلَّقٰتُ یَتَرَبَّصْنَ بِاَنْفُسِهِنَّ ثَلٰثَةَ قُرُوْٓءٍ ؕ— وَلَا یَحِلُّ لَهُنَّ اَنْ یَّكْتُمْنَ مَا خَلَقَ اللّٰهُ فِیْۤ اَرْحَامِهِنَّ اِنْ كُنَّ یُؤْمِنَّ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ ؕ— وَبُعُوْلَتُهُنَّ اَحَقُّ بِرَدِّهِنَّ فِیْ ذٰلِكَ اِنْ اَرَادُوْۤا اِصْلَاحًا ؕ— وَلَهُنَّ مِثْلُ الَّذِیْ عَلَیْهِنَّ بِالْمَعْرُوْفِ ۪— وَلِلرِّجَالِ عَلَیْهِنَّ دَرَجَةٌ ؕ— وَاللّٰهُ عَزِیْزٌ حَكِیْمٌ ۟۠
२२८) र तलाकप्राप्त स्वास्नी मानिसले आफूलाई तीन पटक रजस्वलासम्म रोकिराखुन् । तिनीहरूको लागि यो इजाजत (वैध) छैन कि जे तिनको गर्भमा अल्लाहले सृष्टि गरेको छ त्यसलाई लुकाउन् यदि तिनीहरूको अल्लाह र कयामतको दिनमाथि आस्था छ र तिनका पतिहरू यस अवधिमा तिनलाई फर्काउन चाहन्छन् भने तिनीहरूले तिनलाई आफ्नो पत्नीत्वमा फिर्ता लिन पूरा हकदार छन्, यदि उनीहरू सुधार गर्न चाहन्छन् । र, नियमानुसार स्वास्नीलाई पुरुषहरूमाथि अधिकार उस्तै छ जस्तो पुरुषहरूलाई स्वास्नीहरूमाथि छ । हो पुरूषहरूलार्इ महिलाहरूमाथि (केही कुरामा) श्रेष्ठता प्राप्त छ । र, अल्लाह सर्वशक्तिमान र सर्वज्ञान सम्पन्न छ ।
ئەرەپچە تەپسىرلەر:
اَلطَّلَاقُ مَرَّتٰنِ ۪— فَاِمْسَاكٌ بِمَعْرُوْفٍ اَوْ تَسْرِیْحٌ بِاِحْسَانٍ ؕ— وَلَا یَحِلُّ لَكُمْ اَنْ تَاْخُذُوْا مِمَّاۤ اٰتَیْتُمُوْهُنَّ شَیْـًٔا اِلَّاۤ اَنْ یَّخَافَاۤ اَلَّا یُقِیْمَا حُدُوْدَ اللّٰهِ ؕ— فَاِنْ خِفْتُمْ اَلَّا یُقِیْمَا حُدُوْدَ اللّٰهِ ۙ— فَلَا جُنَاحَ عَلَیْهِمَا فِیْمَا افْتَدَتْ بِهٖ ؕ— تِلْكَ حُدُوْدُ اللّٰهِ فَلَا تَعْتَدُوْهَا ۚ— وَمَنْ یَّتَعَدَّ حُدُوْدَ اللّٰهِ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟
२२९) यी तलाकहरू (पारपाचुके) दुई पटक गर्न सकिन्छ त्यसपश्चात या त तिनीहरूलाई (स्वास्नीलाई) राम्रो तरिकाले (पत्नीत्वमा) राख्नु अथवा सदव्यवहारको साथ विदा गरिदिनु, र यो अनुचित र अवैध छ कि जुन कुरा तिमीले तिनीहरूलाई दिसकेका छौ, त्यसमध्ये केही फिर्ता लेऊ । हो ! यो आर्कै कुरा हो कि दुवैलाई अल्लाहबाट निर्धारित गरिएका सीमाहरूको पालना नगर्न सक्ने संभावनाबाट डर होओस् यसर्थ यदि तिमीहरूलाई यो डर छ कि अल्लाहद्वारा निर्धारित सीमा कायम राख्न सक्दैनन् भने पत्नीले (पतिबाट) मुक्त हुन पाएको बदला केही दिनुमा दुवैलाई कुनै पाप लाग्दैन । यी अल्लाहबाट निर्धारित गरिएका सीमाहरू हुन्, खबरदार ! तिनीभन्दा बाहिर नजानु र जुन मानिसहरू अल्लाहका सीमाहरू उल्लंघन गर्छन्, तिनीहरू अत्याचारी हुन् ।
ئەرەپچە تەپسىرلەر:
فَاِنْ طَلَّقَهَا فَلَا تَحِلُّ لَهٗ مِنْ بَعْدُ حَتّٰی تَنْكِحَ زَوْجًا غَیْرَهٗ ؕ— فَاِنْ طَلَّقَهَا فَلَا جُنَاحَ عَلَیْهِمَاۤ اَنْ یَّتَرَاجَعَاۤ اِنْ ظَنَّاۤ اَنْ یُّقِیْمَا حُدُوْدَ اللّٰهِ ؕ— وَتِلْكَ حُدُوْدُ اللّٰهِ یُبَیِّنُهَا لِقَوْمٍ یَّعْلَمُوْنَ ۟
२३०) फेरि यदि पतिले तेस्रो पटक तलाक दिन्छ भने त्यसपछि जबसम्म ती स्वास्नी मानिसले कुनै अर्को मानिससँग विवाह नगरिहालोस् । पहिलो पतिको निम्ति स्वीकार्य (वैध) हुँदैन । र यदि दोस्रो पतिले पनि (आफ्नो इच्छाले) तलाक दिन्छ भने स्वास्नी र उसको पहिलो पतिले पुनर्विवाह गर्न सक्दछन्, यसमा दुवैमाथि कुनै गुनाह छैन, यस शर्तमा कि दुवैलाई विश्वास होस् कि अल्लाहका सीमाहरू कायम राख्न सक्ने छन् । यी अल्लाहका सीमाहरू हुन्, जसलाई उसले जान्न चाहने मानिसहरूको निम्ति वर्णन गरिरहेछ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: بەقەرە
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش