Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: بەقەرە   ئايەت:
اُحِلَّ لَكُمْ لَیْلَةَ الصِّیَامِ الرَّفَثُ اِلٰی نِسَآىِٕكُمْ ؕ— هُنَّ لِبَاسٌ لَّكُمْ وَاَنْتُمْ لِبَاسٌ لَّهُنَّ ؕ— عَلِمَ اللّٰهُ اَنَّكُمْ كُنْتُمْ تَخْتَانُوْنَ اَنْفُسَكُمْ فَتَابَ عَلَیْكُمْ وَعَفَا عَنْكُمْ ۚ— فَالْـٰٔنَ بَاشِرُوْهُنَّ وَابْتَغُوْا مَا كَتَبَ اللّٰهُ لَكُمْ ۪— وَكُلُوْا وَاشْرَبُوْا حَتّٰی یَتَبَیَّنَ لَكُمُ الْخَیْطُ الْاَبْیَضُ مِنَ الْخَیْطِ الْاَسْوَدِ مِنَ الْفَجْرِ ۪— ثُمَّ اَتِمُّوا الصِّیَامَ اِلَی الَّیْلِ ۚ— وَلَا تُبَاشِرُوْهُنَّ وَاَنْتُمْ عٰكِفُوْنَ فِی الْمَسٰجِدِ ؕ— تِلْكَ حُدُوْدُ اللّٰهِ فَلَا تَقْرَبُوْهَا ؕ— كَذٰلِكَ یُبَیِّنُ اللّٰهُ اٰیٰتِهٖ لِلنَّاسِ لَعَلَّهُمْ یَتَّقُوْنَ ۟
१८७) रोजाको (व्रतको) रात्रीमा तिमीलाई आफ्नो स्वास्नीसित सहवासको अनुमति दिइएको छ । तिनीहरू तिम्रा वस्त्र हुन् र तिमीहरू उनका वस्त्र हौ । अल्लाहलाई त्यस कुराको जानकारी छ जुन कि तिमीहरूले गोप्य रूपले गर्दथ्यौ । (तसर्थ) उसले तिमीमाथि कृपा गरी तिम्रो क्षमायाचना (तौबा) स्वीकार गरी तिम्रो क्रियाकलापहरूलाई क्षमा गरिदियो अब तिमीलाई सहवासगर्ने र अल्लाहले जे निर्धारित गरेको छ त्यस चीजको खोजी गर्ने इजाजत छ । तिमी तबसम्म खानु पीउनु जबसम्म कि प्रातःको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट भई नजाओस् । (फेरि व्रतबसी) साँझसम्म रोजा पूरा गर र जब तिमी मस्जिदहरूमा एतिकाफ (एकान्तमा उपासना) को लागि बसेका हुन्छौ, तब आफ्नो श्रीमतिहरूसित सहवास नगर । यी अल्लाहबाट निर्धारित गरिएका सीमा हुन्, तिनीहरू छेउ पनि नजानु । यस्तै किसिमले अल्लाह आफ्ना श्लोकहरू मानिसहरूलाई स्पष्टरूपमा वर्णन गर्दछ, ताकि तिनीहरू आत्मसंयमी बनुन् ।
ئەرەپچە تەپسىرلەر:
وَلَا تَاْكُلُوْۤا اَمْوَالَكُمْ بَیْنَكُمْ بِالْبَاطِلِ وَتُدْلُوْا بِهَاۤ اِلَی الْحُكَّامِ لِتَاْكُلُوْا فَرِیْقًا مِّنْ اَمْوَالِ النَّاسِ بِالْاِثْمِ وَاَنْتُمْ تَعْلَمُوْنَ ۟۠
१८८) र, एक अर्काको सम्पत्ति अनुचित रूपमा उपभोग नगर, न त हाकिमहरूलाई घूस दिएर कसैको केही सम्पत्ति अन्यायपूर्वक आफ्नो बनाउनु जबकि तिमीलाई थाहा छँदैछ ।
ئەرەپچە تەپسىرلەر:
یَسْـَٔلُوْنَكَ عَنِ الْاَهِلَّةِ ؕ— قُلْ هِیَ مَوَاقِیْتُ لِلنَّاسِ وَالْحَجِّ ؕ— وَلَیْسَ الْبِرُّ بِاَنْ تَاْتُوا الْبُیُوْتَ مِنْ ظُهُوْرِهَا وَلٰكِنَّ الْبِرَّ مَنِ اتَّقٰی ۚ— وَاْتُوا الْبُیُوْتَ مِنْ اَبْوَابِهَا ۪— وَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟
१८९) (हे मुहम्मद !) मानिसहरूले तपाईसँग चन्द्रको (घट–बढ) बारेमा सोध्छन्, भनिदिनु कि यो मानिसहरूको (पूजा) समय र हजको समय पत्ता लगाउने माध्यम हो । र नेकी (पुण्य) यो होइन कि तिमी घरहरूको पछाडिबाट प्रवेश गर्नेगर, बरु नेकीवाला त्यो हो जो आत्मसंयमी होस्, र घरहरूमा तिमी मूल ढोकाहरूबाट प्रवेश गर्नेगर र अल्लाहसँग डर मान्ने गर ताकि तिमी सफल हुन सक ।
ئەرەپچە تەپسىرلەر:
وَقَاتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ الَّذِیْنَ یُقَاتِلُوْنَكُمْ وَلَا تَعْتَدُوْا ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ الْمُعْتَدِیْنَ ۟
१९०) तिमीहरूमध्ये जो मानिसहरू तिमीसँग लडाई गर्न खोज्छन्, तिनीहरूसँग तिमी पनि अल्लाहको मार्गमा संघर्ष गर, तर सीमा ननाँघ्नु, किन भने सीमा अतिक्रमण गर्नेहरू अल्लाहलाई रुचाउँदैनन् ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: بەقەرە
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش