Check out the new design

அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி * - மொழிபெயர்ப்பு அட்டவணை


மொழிபெயர்ப்பு அத்தியாயம்: அல்ஹஜ்   வசனம்:
وَیَسْتَعْجِلُوْنَكَ بِالْعَذَابِ وَلَنْ یُّخْلِفَ اللّٰهُ وَعْدَهٗ ؕ— وَاِنَّ یَوْمًا عِنْدَ رَبِّكَ كَاَلْفِ سَنَةٍ مِّمَّا تَعُدُّوْنَ ۟
४७) र तिनीहरूले तपाईसित यातनाको निम्ति हतार गरिराखेका छन् ! अल्लाहले कदापि आफ्नो वचनलाई टार्नेछैन , किन्तु तपाईको पालनकर्ता नजिक एकदिन, तिम्रो गणना अनुसार, एकहजार वर्षको हुनेछ ।
அரபு விரிவுரைகள்:
وَكَاَیِّنْ مِّنْ قَرْیَةٍ اَمْلَیْتُ لَهَا وَهِیَ ظَالِمَةٌ ثُمَّ اَخَذْتُهَا ۚ— وَاِلَیَّ الْمَصِیْرُ ۟۠
४८) कति यस्ता बस्तीहरू थिए जसलाई मैले मोहलत दिएँ र तिनीहरू उल्लघंनकारी थिए । अनि मैले उनीहरूलाई समातिहालें र मतिर नै फर्किआउनु पर्नेछ ।
அரபு விரிவுரைகள்:
قُلْ یٰۤاَیُّهَا النَّاسُ اِنَّمَاۤ اَنَا لَكُمْ نَذِیْرٌ مُّبِیْنٌ ۟ۚ
४९) (हे पैगम्बर !) भनिदिनुस् कि मानिसहरू ! म तिमीहरूलाई खुल्लारूपले चेतावानी दिनेवाला नै हूँ ।
அரபு விரிவுரைகள்:
فَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَهُمْ مَّغْفِرَةٌ وَّرِزْقٌ كَرِیْمٌ ۟
५०) तसर्थ जसले ईमान ल्याएका छन् र असल काम गरे, उनीहरूको निम्ति क्षमादान छ र सम्मानपूर्ण जीविका छ ।
அரபு விரிவுரைகள்:
وَالَّذِیْنَ سَعَوْا فِیْۤ اٰیٰتِنَا مُعٰجِزِیْنَ اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَحِیْمِ ۟
५१) र जुन मानिसहरूले हाम्रा निशानीहरूलाई तल्लोस्तरमा झार्ने प्रयास गरे, तिनीहरू नर्कवाला हुन् ।
அரபு விரிவுரைகள்:
وَمَاۤ اَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَّسُوْلٍ وَّلَا نَبِیٍّ اِلَّاۤ اِذَا تَمَنّٰۤی اَلْقَی الشَّیْطٰنُ فِیْۤ اُمْنِیَّتِهٖ ۚ— فَیَنْسَخُ اللّٰهُ مَا یُلْقِی الشَّیْطٰنُ ثُمَّ یُحْكِمُ اللّٰهُ اٰیٰتِهٖ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟ۙ
५२) तपाईभन्दा अगाडि जुन रसूल र नबीलाई हामीले पठायौं, त उनीहरूसित यस्तो भयो कि जतिखेर पनि उनले कुनै इच्छा गरे शैतानले उनको कामनामा केही मिसाइदियो । यसप्रकार जेजति पनि शैतानले मिसाउँछ अल्लाहले त्यसलाई हटाइदिन्छ । अनि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ गरिदिन्छ । अल्लाह सर्वज्ञ, बडो तत्वदर्शी छ ।
அரபு விரிவுரைகள்:
لِّیَجْعَلَ مَا یُلْقِی الشَّیْطٰنُ فِتْنَةً لِّلَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ وَّالْقَاسِیَةِ قُلُوْبُهُمْ ؕ— وَاِنَّ الظّٰلِمِیْنَ لَفِیْ شِقَاقٍ بَعِیْدٍ ۟ۙ
५३) यो यसकारण हो कि जुन (बाधा) शैतानले पुर्याउँछ, त्यसलाई उनीहरूको निम्ति, जसका हृदयहरूमा रोगहरू छन् र जसका हृदय कठोर छन्, अल्लाहले परीक्षाको माध्यम बनाउँछ । निःसन्देह अत्याचारीहरू नितान्त विरोधमा व्यस्त छन् ।
அரபு விரிவுரைகள்:
وَّلِیَعْلَمَ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ اَنَّهُ الْحَقُّ مِنْ رَّبِّكَ فَیُؤْمِنُوْا بِهٖ فَتُخْبِتَ لَهٗ قُلُوْبُهُمْ ؕ— وَاِنَّ اللّٰهَ لَهَادِ الَّذِیْنَ اٰمَنُوْۤا اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
५४) र यसकारण पनि कि जसलाई ज्ञान प्रदान गरिएको छ, तिनीहरू विश्वास गरुन् कि यो तपाईको पालनकर्ताको तर्फबाट नै सत्य छ, । अतः उनीहरू यसमाथि ईमान ल्याउन् र उनीहरूका हृदय अल्लाहको अगाडि नतमस्तक होउन् र जुन मानिसहरूले ईमान ल्याएका छन्, अल्लाहले उनीहरूलाई सोझो बाटोतिर मार्गनिर्देशित गर्दछ ।
அரபு விரிவுரைகள்:
وَلَا یَزَالُ الَّذِیْنَ كَفَرُوْا فِیْ مِرْیَةٍ مِّنْهُ حَتّٰی تَاْتِیَهُمُ السَّاعَةُ بَغْتَةً اَوْ یَاْتِیَهُمْ عَذَابُ یَوْمٍ عَقِیْمٍ ۟
५५) काफिरहरू सदैंव यस अल्लाहको सन्देशतर्फबाट सन्देहमा परिरहनेछन्, यहाँसम्म कि कियामतको समय एक्कासी उनीमाथि आइपर्छ अथवा एउटा अशुभ दिनको यातना उनीमाथि आइपर्छ ।
அரபு விரிவுரைகள்:
 
மொழிபெயர்ப்பு அத்தியாயம்: அல்ஹஜ்
அத்தியாயங்களின் அட்டவணை பக்க எண்
 
அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி - மொழிபெயர்ப்பு அட்டவணை

நேபாள அஹ்ளுல் ஹதீஸ் மத்திய சங்கத்தால் வெளியிடப்பட்டது.

மூடுக