Check out the new design

அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி * - மொழிபெயர்ப்பு அட்டவணை


மொழிபெயர்ப்பு அத்தியாயம்: அல்ஹஜ்   வசனம்:
اُذِنَ لِلَّذِیْنَ یُقٰتَلُوْنَ بِاَنَّهُمْ ظُلِمُوْا ؕ— وَاِنَّ اللّٰهَ عَلٰی نَصْرِهِمْ لَقَدِیْرُ ۟ۙ
३९) जुन (मुसलमानहरू) सित (काफिरहरू) युद्ध गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू अत्याचार (बाट) पीडीत भइराखेका छन् र निश्चय नै अल्लाह उनीहरूको सहायताको निम्ति पूर्णरूपले सामर्थ्यवान छ ।
அரபு விரிவுரைகள்:
١لَّذِیْنَ اُخْرِجُوْا مِنْ دِیَارِهِمْ بِغَیْرِ حَقٍّ اِلَّاۤ اَنْ یَّقُوْلُوْا رَبُّنَا اللّٰهُ ؕ— وَلَوْلَا دَفْعُ اللّٰهِ النَّاسَ بَعْضَهُمْ بِبَعْضٍ لَّهُدِّمَتْ صَوَامِعُ وَبِیَعٌ وَّصَلَوٰتٌ وَّمَسٰجِدُ یُذْكَرُ فِیْهَا اسْمُ اللّٰهِ كَثِیْرًا ؕ— وَلَیَنْصُرَنَّ اللّٰهُ مَنْ یَّنْصُرُهٗ ؕ— اِنَّ اللّٰهَ لَقَوِیٌّ عَزِیْزٌ ۟
४०) यी ती मानिसहरू हुन् जसलाई आफ्ना घरहरूबाट बिनाकारण निकालियो, मात्र यस कुराको लागि कि तिनीहरू भन्छन् कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो ।’’ यदि अल्लाहले मानिसहरूलाई एक अर्कोबाट नहटाइराखेको भए उपासना स्थलहरू गिर्जाघर र मस्जिद, यहूदी प्रार्थना भवन र ती मस्जिदहरू पनि ढालिने थिए जसमा अल्लाहको बेस्सरी नाम लिइन्छ । अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ, जसले उसको सहायता गर्दछ निश्चय नै अल्लाह ठूलो बलशाली सर्वशक्ति सम्पन्न छ ।
அரபு விரிவுரைகள்:
اَلَّذِیْنَ اِنْ مَّكَّنّٰهُمْ فِی الْاَرْضِ اَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ وَاَمَرُوْا بِالْمَعْرُوْفِ وَنَهَوْا عَنِ الْمُنْكَرِ ؕ— وَلِلّٰهِ عَاقِبَةُ الْاُمُوْرِ ۟
४१) यी ती मानिसहरू हुन् कि यदि धरतीमा हामीले उनीहरूलाई सत्ता प्रदान गर्दछौं भने उनीहरू नमाज कायम गर्नेछन् र जकात दिनेछन् र भलाईको आदेश गर्नेछन् र नराम्रो कामबाट रोक्नेछन्, र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।
அரபு விரிவுரைகள்:
وَاِنْ یُّكَذِّبُوْكَ فَقَدْ كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوْحٍ وَّعَادٌ وَّثَمُوْدُ ۟ۙ
४२) र यदि यिनीहरूले तपाईलाई झूठ्ठो भन्दछन् भने (कुनै आश्चर्य छैन) उनीहरूभन्दा पहिला नूहको कौम र आद र समूद (ले पनि त्यस्तै गरे) ।
அரபு விரிவுரைகள்:
وَقَوْمُ اِبْرٰهِیْمَ وَقَوْمُ لُوْطٍ ۟ۙ
४३) र इब्राहीमको समुदाय र लूतको समुदायले पनि (झूठ ठाने)
அரபு விரிவுரைகள்:
وَّاَصْحٰبُ مَدْیَنَ ۚ— وَكُذِّبَ مُوْسٰی فَاَمْلَیْتُ لِلْكٰفِرِیْنَ ثُمَّ اَخَذْتُهُمْ ۚ— فَكَیْفَ كَانَ نَكِیْرِ ۟
४४) र मद्यनवालाहरूले पनि आ–आफ्ना पैगम्बरहरूलाई झूठ्ठा भनिसकेका छन्, मूसालाई पनि झूठ्ठा भनिसकिएको छ । किन्तु मैले इन्कार गर्नेहरूलाई अलिकति मोहलत दिएँ, अनि तिनीहरूलाई समातिहालें, त (हेरिहाल कि) फेरि मेरो सजाय कस्तो (कठोर) थियो ?
அரபு விரிவுரைகள்:
فَكَاَیِّنْ مِّنْ قَرْیَةٍ اَهْلَكْنٰهَا وَهِیَ ظَالِمَةٌ فَهِیَ خَاوِیَةٌ عَلٰی عُرُوْشِهَا ؗ— وَبِئْرٍ مُّعَطَّلَةٍ وَّقَصْرٍ مَّشِیْدٍ ۟
४५) धेरै बस्तीहरू छन् जसलाई कि हामीले नष्ट गरिहालेका थियौं किनभने तिनीहरू अत्यचारी थिए, ती सबै आफ्नो छतमुनि घोप्टे परेका छन् । र (धेरै) इनारहरू बेकार छन् र (धेरै) पक्की र उच्च महलहरू सुनसान भएका छन् ।
அரபு விரிவுரைகள்:
اَفَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَتَكُوْنَ لَهُمْ قُلُوْبٌ یَّعْقِلُوْنَ بِهَاۤ اَوْ اٰذَانٌ یَّسْمَعُوْنَ بِهَا ۚ— فَاِنَّهَا لَا تَعْمَی الْاَبْصَارُ وَلٰكِنْ تَعْمَی الْقُلُوْبُ الَّتِیْ فِی الصُّدُوْرِ ۟
४६) के तिनीहरूले धरतीमा हिंडडुल गरेनन्, ताकि उनका हृदयले यी कुराहरू बुझ्न सक्थे, अथवा कान (यस्ता) हुन्थे कि जसबाट सुन्नसक्थे । कुरो यो छ कि आँखा मात्र अन्धो हुँदैन बरु ती हृदयहरू पनि, जुन छातीहरूमा छन् अन्धो बन्दछन् ।
அரபு விரிவுரைகள்:
 
மொழிபெயர்ப்பு அத்தியாயம்: அல்ஹஜ்
அத்தியாயங்களின் அட்டவணை பக்க எண்
 
அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி - மொழிபெயர்ப்பு அட்டவணை

நேபாள அஹ்ளுல் ஹதீஸ் மத்திய சங்கத்தால் வெளியிடப்பட்டது.

மூடுக