Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'anfal   Aya:
ذٰلِكَ بِاَنَّ اللّٰهَ لَمْ یَكُ مُغَیِّرًا نِّعْمَةً اَنْعَمَهَا عَلٰی قَوْمٍ حَتّٰی یُغَیِّرُوْا مَا بِاَنْفُسِهِمْ ۙ— وَاَنَّ اللّٰهَ سَمِیْعٌ عَلِیْمٌ ۟ۙ
५३) यो यसकारण भयो कि अल्लाह यस्तो छैन कि कुनै कौममाथि कुनै अनुग्रह गरेर, फेरि त्यसलाई बदलिदेओस् जबसम्मकि आफ्नो अवस्थालाई उनीहरूले नबदलुन्, जुन तिनीहरूको आफ्नो थियो, र यो कि अल्लाह सबैकुरा सुन्नेवाला सर्वज्ञ छ ।
Tafsiran larabci:
كَدَاْبِ اٰلِ فِرْعَوْنَ ۙ— وَالَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— كَذَّبُوْا بِاٰیٰتِ رَبِّهِمْ فَاَهْلَكْنٰهُمْ بِذُنُوْبِهِمْ وَاَغْرَقْنَاۤ اٰلَ فِرْعَوْنَ ۚ— وَكُلٌّ كَانُوْا ظٰلِمِیْنَ ۟
५४) (तिनीहरूको दशा) फिरऔनीहरू र उनीभन्दा पहिलेका मानिसहरूको जस्तो भयो । उनीहरूले आफ्नो पालनकर्ताका कुराहरूलाई भूठ्लाए त हामीले उनीहरूलाई उनीहरूकै पापको बदलामा नष्ट गरिहाल्यौ र फिरऔनीहरूलाई डुबाइदियौं, यी सबै अत्याचारी थिए ।
Tafsiran larabci:
اِنَّ شَرَّ الدَّوَآبِّ عِنْدَ اللّٰهِ الَّذِیْنَ كَفَرُوْا فَهُمْ لَا یُؤْمِنُوْنَ ۟ۖۚ
५५) निश्चय नै सबभन्दा नराम्रा प्राणी अल्लाहको दृष्टिमा ती मानिसहरू हुन्, जसले इन्कार गर्दछन् । अनि उनीहरूह ईमान ल्याउँदैनन् ।
Tafsiran larabci:
اَلَّذِیْنَ عٰهَدْتَّ مِنْهُمْ ثُمَّ یَنْقُضُوْنَ عَهْدَهُمْ فِیْ كُلِّ مَرَّةٍ وَّهُمْ لَا یَتَّقُوْنَ ۟
५६) जसबाट तपाईले वचन लिनुभयो तैपनि उनीहरू हरेक पटक आफ्नो वचन भङ्ग गरिदिन्छन् र उनीहरू एकदमै संयम गर्दैनन् ।
Tafsiran larabci:
فَاِمَّا تَثْقَفَنَّهُمْ فِی الْحَرْبِ فَشَرِّدْ بِهِمْ مَّنْ خَلْفَهُمْ لَعَلَّهُمْ یَذَّكَّرُوْنَ ۟
५७) तसर्थः जहिलेपनि तिमी उनीमाथि युद्धमा नियन्त्रण पाउँछौ, तब उनीहरूमाथि यस्तो प्रहार गर कि उनीहरूको पछिका पनि भागिहालुन्, हुनसक्छ (यसबाट) उनीहरूले शिक्षा ग्रहण गरुन् ।
Tafsiran larabci:
وَاِمَّا تَخَافَنَّ مِنْ قَوْمٍ خِیَانَةً فَانْۢبِذْ اِلَیْهِمْ عَلٰی سَوَآءٍ ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ الْخَآىِٕنِیْنَ ۟۠
५८) र यदि तिमीलाई कुनै समुदायसित विश्वासघातको आशंका छ भने तिमी पनि उस्तै किसिमले त्यस्ता मानिसहरूको साथमा भएको सन्धिलाई भङ्ग गरिदेऊ । अल्लाहलाई विश्वासघात गर्नेहरू प्रिय छैनन् ।
Tafsiran larabci:
وَلَا یَحْسَبَنَّ الَّذِیْنَ كَفَرُوْا سَبَقُوْا ؕ— اِنَّهُمْ لَا یُعْجِزُوْنَ ۟
५९) काफिरहरूले यो नठानुन् कि उनीहरू उम्के । उनीहरू नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् ।
Tafsiran larabci:
وَاَعِدُّوْا لَهُمْ مَّا اسْتَطَعْتُمْ مِّنْ قُوَّةٍ وَّمِنْ رِّبَاطِ الْخَیْلِ تُرْهِبُوْنَ بِهٖ عَدُوَّ اللّٰهِ وَعَدُوَّكُمْ وَاٰخَرِیْنَ مِنْ دُوْنِهِمْ ۚ— لَا تَعْلَمُوْنَهُمْ ۚ— اَللّٰهُ یَعْلَمُهُمْ ؕ— وَمَا تُنْفِقُوْا مِنْ شَیْءٍ فِیْ سَبِیْلِ اللّٰهِ یُوَفَّ اِلَیْكُمْ وَاَنْتُمْ لَا تُظْلَمُوْنَ ۟
६०) तिमी आफ्नो शक्तिले भ्याएसम्म, उनीहरूको मुकाबिलाको निम्ति बल र घोडाहरू तयार राख, ताकि यसद्वारा तिमीहरूले अल्लाहका शत्रुहरू र आफ्ना शत्रुहरू र यिनीहरूका अतिरिक्त अन्य ती मानिसहरूलाई पनि भयभीत पार्न सक्दछौ जसलाई तिमी जान्दैनौ । अल्लाह उनीहरूलाई जान्दछ र अल्लाहको मार्गमा तिमीले जे–जति खर्च गर्नेछौ, त्यो तिमीलाई पूर्णरूपले प्रदान गरिनेछ र तिम्रो हक मारिने छैन ।
Tafsiran larabci:
وَاِنْ جَنَحُوْا لِلسَّلْمِ فَاجْنَحْ لَهَا وَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— اِنَّهٗ هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
६१) यदि उनीहरू सम्झौताको इच्छा गर्दछन् भने तिमी पनि सम्झौताको लागि तयार भइहाल र अल्लाहमाथि भरोसा गर । निःसन्देह ऊ सबैकुरा सुन्नेवाला, जान्नेवाला छ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'anfal
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa