Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'a'raf   Aya:
وَمَا كَانَ جَوَابَ قَوْمِهٖۤ اِلَّاۤ اَنْ قَالُوْۤا اَخْرِجُوْهُمْ مِّنْ قَرْیَتِكُمْ ۚ— اِنَّهُمْ اُنَاسٌ یَّتَطَهَّرُوْنَ ۟
८२) तर तिनीहरूबाट यस बाहेक कुनै उत्तर आउन सकेनः कि, ‘‘यिनीहरूलाई (लूत र तिनका घरवालालाई) आफ्नो गाउँबाट निकालिदिनु पर्यो (किनभने) यिनीहरू बडो पवित्र बन्छन् ।’’
Tafsiran larabci:
فَاَنْجَیْنٰهُ وَاَهْلَهٗۤ اِلَّا امْرَاَتَهٗ ۖؗ— كَانَتْ مِنَ الْغٰبِرِیْنَ ۟
८३) अनि हामीले लूतलाई र उनका घरवालाहरूलाई बचाइहाल्यौं, तर तिनको स्वास्नी बच्न सकिन्न, किनभने उनी तिनीहरूमध्येकी थिइन् जो सजायभागी थिए ।
Tafsiran larabci:
وَاَمْطَرْنَا عَلَیْهِمْ مَّطَرًا ؕ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الْمُجْرِمِیْنَ ۟۠
८४) र हामीले तिनीहरूमाथि विशेष प्रकारको (ढुङ्गाको) वर्षा गर्यौं, तसर्थ हेर त ती अत्याचारीहरूको अन्त कस्तो भयो ।
Tafsiran larabci:
وَاِلٰی مَدْیَنَ اَخَاهُمْ شُعَیْبًا ؕ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— قَدْ جَآءَتْكُمْ بَیِّنَةٌ مِّنْ رَّبِّكُمْ فَاَوْفُوا الْكَیْلَ وَالْمِیْزَانَ وَلَا تَبْخَسُوا النَّاسَ اَشْیَآءَهُمْ وَلَا تُفْسِدُوْا فِی الْاَرْضِ بَعْدَ اِصْلَاحِهَا ؕ— ذٰلِكُمْ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟ۚ
८५) र हामीले ‘‘मदयन’’ तिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं । उनले भनेः कि ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कुनै सत्य पूजनीय छैन ।’’ तिमीछेउ तिम्रो पालनकर्ताबाट स्पष्ट निशानी आइसकेको छ, तसर्थ तिमीले नापतौल पूरा–पूर गर्नेगर र मानिसहरूलाई उनीहरूको चिजको मात्रा घटाएर नदेऊ र पृथ्वीमा सुधार पछि खराबी (उपद्रव) उत्पन्न नगर । यदि तिमी ईमानवाला भएका छौ भने बुझिहाल यो तिम्रो हकमा राम्रो छ ।
Tafsiran larabci:
وَلَا تَقْعُدُوْا بِكُلِّ صِرَاطٍ تُوْعِدُوْنَ وَتَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ مَنْ اٰمَنَ بِهٖ وَتَبْغُوْنَهَا عِوَجًا ۚ— وَاذْكُرُوْۤا اِذْ كُنْتُمْ قَلِیْلًا فَكَثَّرَكُمْ ۪— وَانْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الْمُفْسِدِیْنَ ۟
८६) र प्रत्येक बाटोमा यस आसयका साथ बस्ने नगर, कि जो व्यक्ति अल्लाहमाथि आस्था राख्दछ उसलाई तिमीले धम्काऊ र अल्लाहको बाटोबाट रोक, र सिधा बाटोमा बाङ्गोपन खोज्दै गर । र त्यस बेलालाई स्मरण गर, जब तिमी अल्पसंख्यामा थियौ अनि अल्लाहले तिमीहरूलाई ठूलो समूहमा परिणत गरिदियो र हेर कि खराबी (उत्पात) सृजना गर्नेहरूको परिणाम कस्तो भएको छ ।
Tafsiran larabci:
وَاِنْ كَانَ طَآىِٕفَةٌ مِّنْكُمْ اٰمَنُوْا بِالَّذِیْۤ اُرْسِلْتُ بِهٖ وَطَآىِٕفَةٌ لَّمْ یُؤْمِنُوْا فَاصْبِرُوْا حَتّٰی یَحْكُمَ اللّٰهُ بَیْنَنَا ۚ— وَهُوَ خَیْرُ الْحٰكِمِیْنَ ۟
८७) र यदि तिमीहरूमध्येबाट एउटा समूहले त्यस आदेशमाथि ईमान ल्याएका छन् जुन मलाई दिएर पठाइएको छ । र एक समूहले ईमान ल्याएको छैन भने अलि सन्तोष (संयम) गर जबसम्म कि अल्लाहले हाम्रो र तिम्रोबीच कुनै निर्णय गर्दैन र ऊ सबभन्दा राम्रो निर्णयकर्ता हो ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'a'raf
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa