Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Alhadid   Aya:
یَوْمَ تَرَی الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ یَسْعٰی نُوْرُهُمْ بَیْنَ اَیْدِیْهِمْ وَبِاَیْمَانِهِمْ بُشْرٰىكُمُ الْیَوْمَ جَنّٰتٌ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟ۚ
१२) कियामतको (महाप्रलयको) दिन तिमीले मोमिन पुरुषहरूलाई र मोमिन स्त्रीहरूलाई उनको प्रकाश उनीहरूको अगाडि अगाडि र दायाँतिर हिंडिराखेको देख्नेछौ । (उनीसित भनिने छ कि) तिमीलाई शुभसमाचार छ आज तिम्रो निम्ति यस्ता बगैंचाहरूको, जसका धरातलमा नहरहरू बगिराखेका छन्, तिनीहरूमा सदैंव रहनेछौं यही ठूलो सफलता हो ।
Tafsiran larabci:
یَوْمَ یَقُوْلُ الْمُنٰفِقُوْنَ وَالْمُنٰفِقٰتُ لِلَّذِیْنَ اٰمَنُوا انْظُرُوْنَا نَقْتَبِسْ مِنْ نُّوْرِكُمْ ۚ— قِیْلَ ارْجِعُوْا وَرَآءَكُمْ فَالْتَمِسُوْا نُوْرًا ؕ— فَضُرِبَ بَیْنَهُمْ بِسُوْرٍ لَّهٗ بَابٌ ؕ— بَاطِنُهٗ فِیْهِ الرَّحْمَةُ وَظَاهِرُهٗ مِنْ قِبَلِهِ الْعَذَابُ ۟ؕ
१३) त्यसदिन कपटी पुरुष र स्त्रीहरू मोमिनहरूसित भन्नेछन् कि हाम्रो प्रतीक्षा त गर कि हामीले पनि तिम्रो प्रकाशबाट केही प्रकाश हासिल गरौं त उनीहरूसित भनिने छ कि तिमी पछाडि फर्केर जाऊ, (त्यहाँ) अरु प्रकाश खोज, अनि उनीहरूको बीचमा एउटा पर्खाल उभ्याइनेछ, जसमा ढोका पनि हुनेछ उसको भित्री भागमा (अल्लाहको) कृपा हुनेछ र बाहिर सजाय हुनेछ ।
Tafsiran larabci:
یُنَادُوْنَهُمْ اَلَمْ نَكُنْ مَّعَكُمْ ؕ— قَالُوْا بَلٰی وَلٰكِنَّكُمْ فَتَنْتُمْ اَنْفُسَكُمْ وَتَرَبَّصْتُمْ وَارْتَبْتُمْ وَغَرَّتْكُمُ الْاَمَانِیُّ حَتّٰی جَآءَ اَمْرُ اللّٰهِ وَغَرَّكُمْ بِاللّٰهِ الْغَرُوْرُ ۟
१४) यिनीहरूले (कपटाचारीहरूले मोमिनहरूसित) कराएर भन्नेछन् कि के हामी तिम्रो साथमा थिएनौं, उनीहरूले भन्नेछन् किन थिएनौ, तर तिमीले स्वयं आफूले नै आफूलाई विचलनमा पार्यौ र प्रतीक्षा गरिराख्यौ र सन्देहमा परिरह्यौ र तिम्रा व्यर्थका कामनाहरूले तिमीलाई धोकामा राखे, यहाँसम्म कि अल्लाहको फैसला आइपुग्यो र तिमीलाई अल्लाहको बारेमा धोका दिनेले धोकामै राखिराख्यो ।
Tafsiran larabci:
فَالْیَوْمَ لَا یُؤْخَذُ مِنْكُمْ فِدْیَةٌ وَّلَا مِنَ الَّذِیْنَ كَفَرُوْا ؕ— مَاْوٰىكُمُ النَّارُ ؕ— هِیَ مَوْلٰىكُمْ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
१५) तसर्थ आज नत तिमीबाट कुनै फिदिया (बदला) स्वीकार गरिनेछ र न काफिरहरूबाट । तिमी सबैको ठेगाना नर्क हो त्यो नै तिमीहरूको साथी हो र त्यो नराम्रो ठेगाना हो ।
Tafsiran larabci:
اَلَمْ یَاْنِ لِلَّذِیْنَ اٰمَنُوْۤا اَنْ تَخْشَعَ قُلُوْبُهُمْ لِذِكْرِ اللّٰهِ وَمَا نَزَلَ مِنَ الْحَقِّ ۙ— وَلَا یَكُوْنُوْا كَالَّذِیْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلُ فَطَالَ عَلَیْهِمُ الْاَمَدُ فَقَسَتْ قُلُوْبُهُمْ ؕ— وَكَثِیْرٌ مِّنْهُمْ فٰسِقُوْنَ ۟
१६) के मोमिनहरूको निम्ति अहिले पनि यस्तो समय अएको छैन कि उनीहरूका हृदय अल्लाहको लागि र जुन सत्य अवतरित भयो त्यसको लागि नर्म (कोमल) होस् ? र उनीहरू जस्तो नभइहालोस् जसलाई उनीभन्दा अगाडि किताब प्रदान गरेको थियो । अनि त्यस पश्चात लामो कालखण्ड बीत्यो । अनी उनीहरूका हृदय कठोर भइहाले र उनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।
Tafsiran larabci:
اِعْلَمُوْۤا اَنَّ اللّٰهَ یُحْیِ الْاَرْضَ بَعْدَ مَوْتِهَا ؕ— قَدْ بَیَّنَّا لَكُمُ الْاٰیٰتِ لَعَلَّكُمْ تَعْقِلُوْنَ ۟
१७) जानिराख कि अल्लाह नै धरतीलाई उसको मृत्यु पश्चात जीवन प्रदान गर्दछ । हामीले तिम्रो निम्ति हाम्रा आयतहरूलाई स्पष्टरूपले वर्णन गरिदिएका छौं, ताकि तिमीहरू बुझ ।
Tafsiran larabci:
اِنَّ الْمُصَّدِّقِیْنَ وَالْمُصَّدِّقٰتِ وَاَقْرَضُوا اللّٰهَ قَرْضًا حَسَنًا یُّضٰعَفُ لَهُمْ وَلَهُمْ اَجْرٌ كَرِیْمٌ ۟
१८) निःसंदेह खैरात (दान) गर्नेवाला, पुरुषहरू र स्त्रीहरू र जसले अल्लाहलाई राम्रो ऋण दिन्छन्, त्यसलाई उनको निम्ति कैयौं गुणा प्रदान गरिनेछ र उनीहरूको निम्ति सम्मानित प्रतिफल छ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Alhadid
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa