Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'hujurat   Aya:
وَلَوْ اَنَّهُمْ صَبَرُوْا حَتّٰی تَخْرُجَ اِلَیْهِمْ لَكَانَ خَیْرًا لَّهُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
५) र यदि उनीहरूले तपाई स्वयम् निस्केर उनी समक्ष नआएसम्म धैर्य गरिराखेको भए यो उनीहरूको निम्ति राम्रो हुनेथियो । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Tafsiran larabci:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ جَآءَكُمْ فَاسِقٌ بِنَبَاٍ فَتَبَیَّنُوْۤا اَنْ تُصِیْبُوْا قَوْمًا بِجَهَالَةٍ فَتُصْبِحُوْا عَلٰی مَا فَعَلْتُمْ نٰدِمِیْنَ ۟
६) हे मोमिनहरू यदि कुनै अवज्ञाकारीले तिमीलाई कुनै खबर लिएर आउँछ भने उसको राम्रोसँग छानबिन गर्नेगर । कहीँ यस्तो नहोस् कि तिमीले कुनै गिरोहलाई अज्ञानतामा कष्ट र नोक्सानी पुर्याइहाल, अनि आफूले गरेको कार्यमाथि पश्चातप गर ।
Tafsiran larabci:
وَاعْلَمُوْۤا اَنَّ فِیْكُمْ رَسُوْلَ اللّٰهِ ؕ— لَوْ یُطِیْعُكُمْ فِیْ كَثِیْرٍ مِّنَ الْاَمْرِ لَعَنِتُّمْ وَلٰكِنَّ اللّٰهَ حَبَّبَ اِلَیْكُمُ الْاِیْمَانَ وَزَیَّنَهٗ فِیْ قُلُوْبِكُمْ وَكَرَّهَ اِلَیْكُمُ الْكُفْرَ وَالْفُسُوْقَ وَالْعِصْیَانَ ؕ— اُولٰٓىِٕكَ هُمُ الرّٰشِدُوْنَ ۟ۙ
७) र जानिराख कि तिम्रोबीचमा अल्लाहका पैगम्बर(संदेष्टा) छन् । यदि धेरै जसो कुराहरूमा उनले तिम्रो कुरा मान्ने गर्दछन् भने तिमी कठिनाईमा पर्नेछौ । तर अल्लाहले तिम्रो निम्ति ईमानलाई प्रिय बनाइदियो र त्यसलाई तिम्रो हृदयमा सुन्दरता प्रदान गरेको छ र इन्कार, उल्लंघन र अवज्ञालाई तिम्रो दृष्टिमा अप्रिय बनाइदिएको छ । यही मान्छेहरू सोझो मार्गवालाहरू हन् ।
Tafsiran larabci:
فَضْلًا مِّنَ اللّٰهِ وَنِعْمَةً ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
८) जुन अल्लाहको कृपा र पुरस्कारबाट हो, र अल्लाह सर्वज्ञ र तत्वदर्शी छ ।
Tafsiran larabci:
وَاِنْ طَآىِٕفَتٰنِ مِنَ الْمُؤْمِنِیْنَ اقْتَتَلُوْا فَاَصْلِحُوْا بَیْنَهُمَا ۚ— فَاِنْ بَغَتْ اِحْدٰىهُمَا عَلَی الْاُخْرٰی فَقَاتِلُوا الَّتِیْ تَبْغِیْ حَتّٰی تَفِیْٓءَ اِلٰۤی اَمْرِ اللّٰهِ ۚ— فَاِنْ فَآءَتْ فَاَصْلِحُوْا بَیْنَهُمَا بِالْعَدْلِ وَاَقْسِطُوْا ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُقْسِطِیْنَ ۟
९) र यदि आस्थावानहरूका कुनै दुई समूह आपसमा लडाइ गर्छन् भने, यिनीहरूमा मेलमिलाप गराइदेऊ, र यदि एउटा समूहले अर्को समूहमाथि ज्यादति (अत्याचार) गर्दछ भने ज्यादति गर्नेवालासित लड, यहाँसम्म कि त्यो अल्लाहको आदेशतिर प्रवृत्तहोस् (फर्कोस्), अनि जब प्रवृत्त हुन्छ भने दुवै समूहमा इन्साफको साथ आपसमा मेलमिलाप गराइदेऊ र न्याय गर्नु । किनकि अल्लाह न्याय गर्नेहरूलाई मन पराउँदछ ।
Tafsiran larabci:
اِنَّمَا الْمُؤْمِنُوْنَ اِخْوَةٌ فَاَصْلِحُوْا بَیْنَ اَخَوَیْكُمْ وَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟۠
१०) सबै आस्थावानहरू एक अर्काका भाइ–भाइ हुन्, तसर्थ आफ्ना दुई भाइहरूमा मेलमिलाप गराउने गर । र अल्लाहसित डर मानिराख ताकि तिमीमाथि दया गरियोस् ।
Tafsiran larabci:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا یَسْخَرْ قَوْمٌ مِّنْ قَوْمٍ عَسٰۤی اَنْ یَّكُوْنُوْا خَیْرًا مِّنْهُمْ وَلَا نِسَآءٌ مِّنْ نِّسَآءٍ عَسٰۤی اَنْ یَّكُنَّ خَیْرًا مِّنْهُنَّ ۚ— وَلَا تَلْمِزُوْۤا اَنْفُسَكُمْ وَلَا تَنَابَزُوْا بِالْاَلْقَابِ ؕ— بِئْسَ الِاسْمُ الْفُسُوْقُ بَعْدَ الْاِیْمَانِ ۚ— وَمَنْ لَّمْ یَتُبْ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟
११) हे आस्थावानहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होउन् र आपसमा एक अर्कालाई आक्षेप (बदनाम) नगर न नराम्रो उपाधिले नै सम्बोधन गर ईमान ल्याइसकेपछि नराम्रो नामाकरण गर्नु पाप हो । (यसबाट) जसले प्रायश्चित गर्दैन, उनीहरू अत्याचारी हुन् ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'hujurat
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa