Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Muhammad   Aya:
اِنَّ اللّٰهَ یُدْخِلُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ؕ— وَالَّذِیْنَ كَفَرُوْا یَتَمَتَّعُوْنَ وَیَاْكُلُوْنَ كَمَا تَاْكُلُ الْاَنْعَامُ وَالنَّارُ مَثْوًی لَّهُمْ ۟
१२) जसले ईमान ल्याए, र असल कर्म गरे उनीहरूलाई अल्लाहले निःसन्देह यस्तो बगैंचाहरूमा प्रवेश गराउने छ जसमुनि नहरहरू बगिरहेका छन् । र ती मानिसहरू जसले इन्कार गरे उनीहरूले दुनियाको नै फाइदा उठाइरहेका छन् । र पशु जस्तै खाइरहन्छन् र उनीहरूको असली बासस्थान नर्क हो ।
Tafsiran larabci:
وَكَاَیِّنْ مِّنْ قَرْیَةٍ هِیَ اَشَدُّ قُوَّةً مِّنْ قَرْیَتِكَ الَّتِیْۤ اَخْرَجَتْكَ ۚ— اَهْلَكْنٰهُمْ فَلَا نَاصِرَ لَهُمْ ۟
१३) हामीले कति बस्तीलाई जुन बलमा तिम्रो गाउँ बस्तीभन्दा बढी थिए जसबाट तिमीलाई निकालेको हो उनीहरूको विनाश गरिदिएका छौं, जसको सहायक कोही पनि भएन ।
Tafsiran larabci:
اَفَمَنْ كَانَ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّهٖ كَمَنْ زُیِّنَ لَهٗ سُوْٓءُ عَمَلِهٖ وَاتَّبَعُوْۤا اَهْوَآءَهُمْ ۟
१४) तसर्थ त्यो व्यक्ति जो आफ्नो पालनकर्ताको तर्फबाट प्रमाणमा होस्, त्यस व्यक्ति जस्तो हुनसक्छ जसको लागि उसको नराम्रा कार्यहरू सुसज्जित गरिदिइएको छ, र ऊ आफ्नो जैविक इच्छाको अधीनस्थ होस् ?
Tafsiran larabci:
مَثَلُ الْجَنَّةِ الَّتِیْ وُعِدَ الْمُتَّقُوْنَ ؕ— فِیْهَاۤ اَنْهٰرٌ مِّنْ مَّآءٍ غَیْرِ اٰسِنٍ ۚ— وَاَنْهٰرٌ مِّنْ لَّبَنٍ لَّمْ یَتَغَیَّرْ طَعْمُهٗ ۚ— وَاَنْهٰرٌ مِّنْ خَمْرٍ لَّذَّةٍ لِّلشّٰرِبِیْنَ ۚ۬— وَاَنْهٰرٌ مِّنْ عَسَلٍ مُّصَفًّی ؕ— وَلَهُمْ فِیْهَا مِنْ كُلِّ الثَّمَرٰتِ وَمَغْفِرَةٌ مِّنْ رَّبِّهِمْ ؕ— كَمَنْ هُوَ خَالِدٌ فِی النَّارِ وَسُقُوْا مَآءً حَمِیْمًا فَقَطَّعَ اَمْعَآءَهُمْ ۟
१५) यस स्वर्गको विशेषता जसको परहेजगारहरूलाई वचन दिइएको छ यो हो कि यसमा पानीका नहरहरू छन् जुनकि प्रदुषित हुँदैनन् । र यस्ता दूधका नहरहरू हुनेछन् जसको स्वादमा अलिकति पनि अन्तर परेको हुँदैन र यस्ता पेयपदार्थका नहरहरू हुनेछन् जसले पिउनेहरूलाई अत्यन्त आनन्द प्रदान गर्नेछन् । र शुद्ध मधुको नहरहरू छन् र उनीहरूका निम्ति त्यहाँ हरेक प्रकारका फल हुनेछन्, र उनको पालनकर्ताबाट क्षमा छ । (के यी संयमीहरू) उनीहरू सरह हुन सक्दछन् जो सधैं नर्कमा रहनेछन् ? र जसलाई उम्लिराखेको पानी खुवाइने छ जसले उनको आन्द्राहरूलाई छिया–छिया पारिदिनेछ ।
Tafsiran larabci:
وَمِنْهُمْ مَّنْ یَّسْتَمِعُ اِلَیْكَ ۚ— حَتّٰۤی اِذَا خَرَجُوْا مِنْ عِنْدِكَ قَالُوْا لِلَّذِیْنَ اُوْتُوا الْعِلْمَ مَاذَا قَالَ اٰنِفًا ۫— اُولٰٓىِٕكَ الَّذِیْنَ طَبَعَ اللّٰهُ عَلٰی قُلُوْبِهِمْ وَاتَّبَعُوْۤا اَهْوَآءَهُمْ ۟
१६) र उनीहरूमध्ये (केही यस्ता पनि छन्) जसले तिमीतिर कान थापेको हुन्छन् यहाँसम्म कि (सबै कुरा सुन्दछन् तर) जब तिम्रो पासबाट निस्केर जान्छन् तब जुन मानिसहरूलाई ज्ञान छ उनीसित सोध्छन्, उनले अहिले के भनेका छन् ? यी नै मानिसहरू हुन् जसका हृदयहरूमा अल्लाहले मोहर (छाप) लगाइदिएको छ र उनीहरूले आफ्ना इच्छाहरूको पछि हिंडिराखेका छन् ।
Tafsiran larabci:
وَالَّذِیْنَ اهْتَدَوْا زَادَهُمْ هُدًی وَّاٰتٰىهُمْ تَقْوٰىهُمْ ۟
१७) र जुन मानिसहरूले मार्गदर्शन प्राप्त गर्छन् । अल्लाह उनीहरूलाई झन् बढी मार्गदर्शन प्रदान गर्दछ र उनीहरूलाई बढी संयम प्रदान गर्दछ ।
Tafsiran larabci:
فَهَلْ یَنْظُرُوْنَ اِلَّا السَّاعَةَ اَنْ تَاْتِیَهُمْ بَغْتَةً ۚ— فَقَدْ جَآءَ اَشْرَاطُهَا ۚ— فَاَنّٰی لَهُمْ اِذَا جَآءَتْهُمْ ذِكْرٰىهُمْ ۟
१८) अब के उनीहरूले कियामतको प्रतीक्षा गरिराखेका छन् कि कियामत उनीहरूमाथि एक्कासी आइहालोस्, निःसन्देह उसको लक्षणहरू त आइसकेका छन्, फेरि जब कियामत आइपुग्छ उनीहरूलाई उपदेश प्राप्त गर्न मिल्दैन ।
Tafsiran larabci:
فَاعْلَمْ اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّا اللّٰهُ وَاسْتَغْفِرْ لِذَنْۢبِكَ وَلِلْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ ؕ— وَاللّٰهُ یَعْلَمُ مُتَقَلَّبَكُمْ وَمَثْوٰىكُمْ ۟۠
१९) अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन, र आफ्ना त्रुटिहरूको क्षमाको लागि याचना गर्नुस्, र मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूको निम्ति पनि । र अल्लाहले तपाईहरूको हिंड्डुल गर्ने र बासस्थानहरूलाई राम्ररी जान्दछ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Muhammad
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa