Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Fussilat   Aya:
فَقَضٰىهُنَّ سَبْعَ سَمٰوَاتٍ فِیْ یَوْمَیْنِ وَاَوْحٰی فِیْ كُلِّ سَمَآءٍ اَمْرَهَا وَزَیَّنَّا السَّمَآءَ الدُّنْیَا بِمَصَابِیْحَ ۖۗ— وَحِفْظًا ؕ— ذٰلِكَ تَقْدِیْرُ الْعَزِیْزِ الْعَلِیْمِ ۟
१२) त्यस पश्चात दुई दिनमा सातवटा आकाशहरू बनायो र प्रत्येक आकाशमा त्यसको (काम) को आदेश पठायो, र हामीले संसारीय आकाशलाई दीपहरूले (ताराहरू) सिँगार्यौं, तथा सुरक्षाको उद्देश्यले पनि, यो सर्वशक्ति सम्पन्न (र) सर्वज्ञले निर्धारित गरेका उपाय हुन् ।
Tafsiran larabci:
فَاِنْ اَعْرَضُوْا فَقُلْ اَنْذَرْتُكُمْ صٰعِقَةً مِّثْلَ صٰعِقَةِ عَادٍ وَّثَمُوْدَ ۟ؕ
१३) अब पनि यदि उनीहरूले ध्यान दिदैंनन् भने भनिदिनुस् ! कि म तिमीलाई त्यस्तै प्रकारको चट्याङ्गबाट (आकाशेय यातनाबाट) डराउँछु जस्तो चट्याङ्ग ‘‘आद’’ र ‘‘समूद’’ माथि आएको थियो ।’’
Tafsiran larabci:
اِذْ جَآءَتْهُمُ الرُّسُلُ مِنْ بَیْنِ اَیْدِیْهِمْ وَمِنْ خَلْفِهِمْ اَلَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— قَالُوْا لَوْ شَآءَ رَبُّنَا لَاَنْزَلَ مَلٰٓىِٕكَةً فَاِنَّا بِمَاۤ اُرْسِلْتُمْ بِهٖ كٰفِرُوْنَ ۟
१४) जब उनीतिर अघि र पछिबाट संदेष्टाहरू आए कि तिमीले अल्लाह बाहेक कसैको पूजा नगर, तब उनीहरूले भन्नथाले कि यदि हाम्रो पालनकर्ताले चाहेको भए, फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) अवतरित गर्दथ्यो, तसर्थ जुन कुरा तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्दैनौं ।
Tafsiran larabci:
فَاَمَّا عَادٌ فَاسْتَكْبَرُوْا فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ وَقَالُوْا مَنْ اَشَدُّ مِنَّا قُوَّةً ؕ— اَوَلَمْ یَرَوْا اَنَّ اللّٰهَ الَّذِیْ خَلَقَهُمْ هُوَ اَشَدُّ مِنْهُمْ قُوَّةً ؕ— وَكَانُوْا بِاٰیٰتِنَا یَجْحَدُوْنَ ۟
१५) जो आद थिए, उनीहरू व्यर्थमा धरतीमा घमण्ड गर्न थाले र भने हामीभन्दा बढी शक्तिमान को छ ?’’ के उनीहरूले यो देखेनन् कि अल्लाह, जसले उनीहरूलाई सृष्टि गर्यो, ऊ उनीहरूभन्दा अधिक शक्तिमान छ र उनीहरूले हाम्रा आयतहरूलाई नकारिराखे ।
Tafsiran larabci:
فَاَرْسَلْنَا عَلَیْهِمْ رِیْحًا صَرْصَرًا فِیْۤ اَیَّامٍ نَّحِسَاتٍ لِّنُذِیْقَهُمْ عَذَابَ الْخِزْیِ فِی الْحَیٰوةِ الدُّنْیَا ؕ— وَلَعَذَابُ الْاٰخِرَةِ اَخْزٰی وَهُمْ لَا یُنْصَرُوْنَ ۟
१६) तब हामीले अशुभ दिनहरूमा उनीहरूमाथि शक्तिशाली हावा (हुरी) चलायौं, ताकि उनीहरूलाई सांसारिक जीवनमा अपमानपूर्ण यातनाको स्वाद चखायौं । आखिरतको यातना त यसभन्दा धेरै अपमानजनक हुनेछ । (त्यसदिन) उनीहरूले सहायता पाउने छैनन् ।
Tafsiran larabci:
وَاَمَّا ثَمُوْدُ فَهَدَیْنٰهُمْ فَاسْتَحَبُّوا الْعَمٰی عَلَی الْهُدٰی فَاَخَذَتْهُمْ صٰعِقَةُ الْعَذَابِ الْهُوْنِ بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟ۚ
१७) अब समूद थिए कि उनीहरूलाई पनि हामीले सोझो मार्ग देखाएका थियौं, तर उनीहरूले मार्गदर्शनको सट्टा अन्धा रह्नु नै रुचाए । परिणामस्वरूप उनीहरूले गरेका कामको बदलामा अपमानजनक यातनाको बज्रपातले उनीहरूलाई आइसमात्यो ।
Tafsiran larabci:
وَنَجَّیْنَا الَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟۠
१८) तर जसले ईमान ल्याए र संयम गरे उनीहरूलाई हामीले बचाइहाल्यौं ।
Tafsiran larabci:
وَیَوْمَ یُحْشَرُ اَعْدَآءُ اللّٰهِ اِلَی النَّارِ فَهُمْ یُوْزَعُوْنَ ۟
१९) र जुनदिन अल्लाहका शत्रुहरूलाई नर्कतिर लगिनेछ र उनीहरूलाई एकत्रित गरिनेछ ।
Tafsiran larabci:
حَتّٰۤی اِذَا مَا جَآءُوْهَا شَهِدَ عَلَیْهِمْ سَمْعُهُمْ وَاَبْصَارُهُمْ وَجُلُوْدُهُمْ بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
२०) यहाँसम्म कि जब एकदम नर्कको नजिक पुग्नेछन्, तब उनीहरूका कान र उनीहरूका आँखा र उनीहरूका छालाहरू उनीहरू विरुद्ध ती कुराका साक्षी हुनेछन्, जुन उनीहरूले गरिराखेका थिए ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Fussilat
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa