Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Ghafir   Aya:
رَبَّنَا وَاَدْخِلْهُمْ جَنّٰتِ عَدْنِ ١لَّتِیْ وَعَدْتَّهُمْ وَمَنْ صَلَحَ مِنْ اٰبَآىِٕهِمْ وَاَزْوَاجِهِمْ وَذُرِّیّٰتِهِمْ ؕ— اِنَّكَ اَنْتَ الْعَزِیْزُ الْحَكِیْمُ ۟ۙ
८) हे हाम्रो पालनकर्ता ! तिमीले उनीहरूलाई सधैं बासको निम्ति स्वर्गहरूमा प्रवेश गराऊ, जसको तिमीले उनीहरूसित वाचा गरेका छौ, र उनीहरूका बाउबाजे र उनीहरूका पत्नीहरू र उनका सन्ततिहरूमध्ये जो असल आचरणवाला छन् उनीहरूलाई पनि । निःसन्देह तिमी अधिपत्यशाली अत्यन्त तत्वदर्शी हौ ।
Tafsiran larabci:
وَقِهِمُ السَّیِّاٰتِ ؕ— وَمَنْ تَقِ السَّیِّاٰتِ یَوْمَىِٕذٍ فَقَدْ رَحِمْتَهٗ ؕ— وَذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟۠
९) र उनीहरूलाई खराबीबाट पनि बचाइराख, सत्य त यो हो कि जसलाई तिमीले त्यस दिनको यातनाबाट बचायौ, त निःसन्देह उसमाथि तिम्रो दया भयो र यही नै ठूलो सफलता हो ।’’
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ كَفَرُوْا یُنَادَوْنَ لَمَقْتُ اللّٰهِ اَكْبَرُ مِنْ مَّقْتِكُمْ اَنْفُسَكُمْ اِذْ تُدْعَوْنَ اِلَی الْاِیْمَانِ فَتَكْفُرُوْنَ ۟
१०) निश्चय नै जुन मानिसहरूले इन्कार गरे उनीहरूलाई पुकारेर भनिनेछः कि ‘‘तिमीहरू स्वयम् आफूसित जुन विद्वेष एवम् क्रोध गर्दथ्यौ, तिमीप्रति अल्लाहको क्रोध त्योभन्दा पनि बढी छ, किनभने जब तिमीलाई ईमानतिर बोलाइन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ ।
Tafsiran larabci:
قَالُوْا رَبَّنَاۤ اَمَتَّنَا اثْنَتَیْنِ وَاَحْیَیْتَنَا اثْنَتَیْنِ فَاعْتَرَفْنَا بِذُنُوْبِنَا فَهَلْ اِلٰی خُرُوْجٍ مِّنْ سَبِیْلٍ ۟
११) उनीहरूले भन्नेछन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई दुईपटक मृत बनायौ र दुईपटक जीवित गर्यौ । अब हामीले आफ्ना गुनाह (अपराधहरू) स्वीकार गर्यौं, त के अब कुनै निस्कने मार्ग पनि छ ?’’
Tafsiran larabci:
ذٰلِكُمْ بِاَنَّهٗۤ اِذَا دُعِیَ اللّٰهُ وَحْدَهٗ كَفَرْتُمْ ۚ— وَاِنْ یُّشْرَكْ بِهٖ تُؤْمِنُوْا ؕ— فَالْحُكْمُ لِلّٰهِ الْعَلِیِّ الْكَبِیْرِ ۟
१२) यो सजाय (अजाब) तिमीलाई यसकारण छ कि जब एक्लो अल्लाहलाई पुकारिन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ । तर यदि ऊसँग अरु साझेदार ठहराइन्थ्यो भने तिमीले मानिहाल्थ्यौ । तसर्थ अब फैसला (निर्णय) अल्लाहकै हो, जो सर्वोच्च र महान् छ ।
Tafsiran larabci:
هُوَ الَّذِیْ یُرِیْكُمْ اٰیٰتِهٖ وَیُنَزِّلُ لَكُمْ مِّنَ السَّمَآءِ رِزْقًا ؕ— وَمَا یَتَذَكَّرُ اِلَّا مَنْ یُّنِیْبُ ۟
१३) उही हो जसले तिमीलाई आफ्नो निशानी देखाउँदछ । र तिम्रो निम्ति आकाशबाट जीविका अवतरित गर्दछ, उपदेश त त्यसैले प्राप्त गर्दछ जो (अल्लाहतिर) प्रवृत्त हुन्छ ।
Tafsiran larabci:
فَادْعُوا اللّٰهَ مُخْلِصِیْنَ لَهُ الدِّیْنَ وَلَوْ كَرِهَ الْكٰفِرُوْنَ ۟
१४) तिमीले अल्लाहलाई पुकार्दै गर, धर्मलाई उसको निम्ति समर्पित गरेर यदि काफिरहरूले नराम्रो नै मान्दछन् भने पनि ।
Tafsiran larabci:
رَفِیْعُ الدَّرَجٰتِ ذُو الْعَرْشِ ۚ— یُلْقِی الرُّوْحَ مِنْ اَمْرِهٖ عَلٰی مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ لِیُنْذِرَ یَوْمَ التَّلَاقِ ۟ۙ
१५) सर्वोच्च दर्जावाला‘‘अर्श’’ को मालिक उसले आफ्नो भक्तहरूमध्ये, जसलाई चाहन्छ, आफ्नो आदेशले वह्य पठाउँदछ, ताकि साक्षात्कारको दिनबाट डराओस् ।
Tafsiran larabci:
یَوْمَ هُمْ بَارِزُوْنَ ۚ۬— لَا یَخْفٰی عَلَی اللّٰهِ مِنْهُمْ شَیْءٌ ؕ— لِمَنِ الْمُلْكُ الْیَوْمَ ؕ— لِلّٰهِ الْوَاحِدِ الْقَهَّارِ ۟
१६) जुनदिन उनीहरू खुल्लारूपले अगाडि उपस्थित हुनेछन् उनीहरूको कुनै कुरा अल्लाहसित लुकेको हुनेछैन, ‘‘आज कसको राज्य छ ?’’ ‘‘अल्लाहको मात्र जो एकलै सबैमाथि शक्ति सम्पन्न छ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Ghafir
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa