Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'zumar   Aya:
فَمَنْ اَظْلَمُ مِمَّنْ كَذَبَ عَلَی اللّٰهِ وَكَذَّبَ بِالصِّدْقِ اِذْ جَآءَهٗ ؕ— اَلَیْسَ فِیْ جَهَنَّمَ مَثْوًی لِّلْكٰفِرِیْنَ ۟
३२) अनि त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला, जसले अल्लाहको बारेमा झूठ कुरा गर्यो, र जब सत्य कुरा उसको नजिक आयो तब त्यसलाई झूठो बतायो । के जहन्नममा (नर्कमा) इन्कार गर्नेहरूको लागि बासस्थान छैन ?
Tafsiran larabci:
وَالَّذِیْ جَآءَ بِالصِّدْقِ وَصَدَّقَ بِهٖۤ اُولٰٓىِٕكَ هُمُ الْمُتَّقُوْنَ ۟
३३) र जुन व्यक्तिले सत्य कुरा लिएर आयो र जसले त्यसको पुष्टि गर्यो, ती मानिसहरू नै संयमी (असल) हुन् ।
Tafsiran larabci:
لَهُمْ مَّا یَشَآءُوْنَ عِنْدَ رَبِّهِمْ ؕ— ذٰلِكَ جَزٰٓؤُا الْمُحْسِنِیْنَ ۟ۚۖ
३४) तिनीहरूले जे चाहनेछन्, उनीहरूको निम्ति प्रत्येक चीज उनीहरूको पालनकर्तासँग छ, असल मानिसहरूको यही नै पुरस्कार हो ।
Tafsiran larabci:
لِیُكَفِّرَ اللّٰهُ عَنْهُمْ اَسْوَاَ الَّذِیْ عَمِلُوْا وَیَجْزِیَهُمْ اَجْرَهُمْ بِاَحْسَنِ الَّذِیْ كَانُوْا یَعْمَلُوْنَ ۟
३५) ताकि अल्लाहले उनीहरूका नराम्रा कार्यहरूलाई उनीहरूबाट टाढा हटाइदेओस् । र जुन उत्तम कर्म उनीहरूले गर्दथे, त्यसको उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।
Tafsiran larabci:
اَلَیْسَ اللّٰهُ بِكَافٍ عَبْدَهٗ ؕ— وَیُخَوِّفُوْنَكَ بِالَّذِیْنَ مِنْ دُوْنِهٖ ؕ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَمَا لَهٗ مِنْ هَادٍ ۟ۚ
३६) के अल्लाह आफ्नो भक्तहरूको निम्ति पर्याप्त छैन ? यिनीहरूले तपाईंलाई अल्लाहबाहेक अरुबाट डराइरहेका छन् र जसलाई अल्लाहले मार्गविचलित गरिदेओस्, त्यसलाई कसैले मार्गदर्शन गर्न सक्दैन ।
Tafsiran larabci:
وَمَنْ یَّهْدِ اللّٰهُ فَمَا لَهٗ مِنْ مُّضِلٍّ ؕ— اَلَیْسَ اللّٰهُ بِعَزِیْزٍ ذِی انْتِقَامٍ ۟
३७) र जसलाई अल्लाह मार्गदर्शन गरिदेओस्, त्यसलाई कसैले मार्गविचलित गर्न सक्दैन । के अल्लाह सर्वशक्ति सम्पन्न र बदला लिनेवाला छैन ?
Tafsiran larabci:
وَلَىِٕنْ سَاَلْتَهُمْ مَّنْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ لَیَقُوْلُنَّ اللّٰهُ ؕ— قُلْ اَفَرَءَیْتُمْ مَّا تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ اِنْ اَرَادَنِیَ اللّٰهُ بِضُرٍّ هَلْ هُنَّ كٰشِفٰتُ ضُرِّهٖۤ اَوْ اَرَادَنِیْ بِرَحْمَةٍ هَلْ هُنَّ مُمْسِكٰتُ رَحْمَتِهٖ ؕ— قُلْ حَسْبِیَ اللّٰهُ ؕ— عَلَیْهِ یَتَوَكَّلُ الْمُتَوَكِّلُوْنَ ۟
३८) यदि तपाईं उनीहरूसित सोध्नुहुन्छ कि, ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन्ः कि ‘‘अल्लाहले ।’’ तपाईं भन्नुस् यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने के अल्लाह बाहेक जसलाई तिमीहरूले पुकार्द्छौ उनीहरूले त्यस कष्टलाई हटाउन सक्दछन् ? वा यदि अल्लाहले ममाथि कुनै कृपा गर्न चाहन्छ भने के उनीहरूले उसको कृपालाई रोक्न सक्दछन् ?’’ तपाईं भनिदिनुस्ः ! कि मलाई अल्लाह नै पर्याप्त छ, भरोसा गर्नेहरू उसैमाथि भरोसा गर्दछन् ।
Tafsiran larabci:
قُلْ یٰقَوْمِ اعْمَلُوْا عَلٰی مَكَانَتِكُمْ اِنِّیْ عَامِلٌ ۚ— فَسَوْفَ تَعْلَمُوْنَ ۟ۙ
३९) भनिदिनुस् कि ‘‘हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ । म पनि कर्म गर्दै जान्छु । शीघ्र नै तिमीलाई थाहा भइहाल्नेछ ।
Tafsiran larabci:
مَنْ یَّاْتِیْهِ عَذَابٌ یُّخْزِیْهِ وَیَحِلُّ عَلَیْهِ عَذَابٌ مُّقِیْمٌ ۟
४०) कि कसमाथि अपमानपूर्ण यातना र सधैँको लागि सजाय आउँछ ?
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'zumar
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa