Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'ahzab   Aya:
قُلْ لَّنْ یَّنْفَعَكُمُ الْفِرَارُ اِنْ فَرَرْتُمْ مِّنَ الْمَوْتِ اَوِ الْقَتْلِ وَاِذًا لَّا تُمَتَّعُوْنَ اِلَّا قَلِیْلًا ۟
१६) भनिदिनुस् ! कि ‘‘यदि तिमी मर्न वा मारिनुबाट भाग्दछौ त यो भाग्नुबाट तिमीले कदापि लाभ पाउने छैनौ ! र त्यस अवस्थामा पनि तिमीले बहुतै कम फाइदा पाउने छौ ।
Tafsiran larabci:
قُلْ مَنْ ذَا الَّذِیْ یَعْصِمُكُمْ مِّنَ اللّٰهِ اِنْ اَرَادَ بِكُمْ سُوْٓءًا اَوْ اَرَادَ بِكُمْ رَحْمَةً ؕ— وَلَا یَجِدُوْنَ لَهُمْ مِّنْ دُوْنِ اللّٰهِ وَلِیًّا وَّلَا نَصِیْرًا ۟
१७) सोध्नुस् ! ‘‘कि यदि अल्लाहले तिमीमाथि कुनै नराम्रो कुराको विचार गर्दछ वा तिमीमाथि कुनै कृपा गर्न चाहन्छ त को छ जसले तिमीलाई त्यसबाट बचाउन सक्दछ, वा तिमीबाट कृपा रोक्न सक्छ ? यिनीहरूले अल्लाह बाहेक कसैलाई न आफ्नो मित्र पाउनेछन् न सहायक ।
Tafsiran larabci:
قَدْ یَعْلَمُ اللّٰهُ الْمُعَوِّقِیْنَ مِنْكُمْ وَالْقَآىِٕلِیْنَ لِاِخْوَانِهِمْ هَلُمَّ اِلَیْنَا ۚ— وَلَا یَاْتُوْنَ الْبَاْسَ اِلَّا قَلِیْلًا ۟ۙ
१८) अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूलाई (राम्ररी) जान्दछ, जसले (युद्धबाट) अरुलाई रोक्दछन् र आफ्ना भाइहरूसित भन्दछन्ः कि हाम्रो साथमा आइहाल । र लडाईमा कहिलेकाहीँ मात्र आउँछन् ।
Tafsiran larabci:
اَشِحَّةً عَلَیْكُمْ ۖۚ— فَاِذَا جَآءَ الْخَوْفُ رَاَیْتَهُمْ یَنْظُرُوْنَ اِلَیْكَ تَدُوْرُ اَعْیُنُهُمْ كَالَّذِیْ یُغْشٰی عَلَیْهِ مِنَ الْمَوْتِ ۚ— فَاِذَا ذَهَبَ الْخَوْفُ سَلَقُوْكُمْ بِاَلْسِنَةٍ حِدَادٍ اَشِحَّةً عَلَی الْخَیْرِ ؕ— اُولٰٓىِٕكَ لَمْ یُؤْمِنُوْا فَاَحْبَطَ اللّٰهُ اَعْمَالَهُمْ ؕ— وَكَانَ ذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرًا ۟
१९) (यी) तिम्रो सहायतामा पूरै कन्जूस्याई गर्दछन् । अनि जब भय र डरको समय आउँछ त तपाईंले उनलाई हेर्नुहुनेछ कि तपाईंतिर हेरिराखेका हुन्छन्, र उनका आँखाहरू यसरी घुम्छन् जस्तो कि कसैलाई मृत्युको मुर्छा भइराखेको छ । किन्तु जब भय समाप्त हुन्छ तब उनीहरूले आफ्नो तिखो जिब्रोले ठुलठूला कुरा गर्न थाल्छन् । यिनीहरू धनका धेरै लोभी हुन्छन्, यिनीहरूले ईमान ल्याएकै छैनन् । तसर्थ अल्लाहले उनीहरूको सबै कर्मलाई नाश पारिदिएको छ र यो अल्लाहको लागि धेरै सजिलो छ ।
Tafsiran larabci:
یَحْسَبُوْنَ الْاَحْزَابَ لَمْ یَذْهَبُوْا ۚ— وَاِنْ یَّاْتِ الْاَحْزَابُ یَوَدُّوْا لَوْ اَنَّهُمْ بَادُوْنَ فِی الْاَعْرَابِ یَسْاَلُوْنَ عَنْ اَنْۢبَآىِٕكُمْ ؕ— وَلَوْ كَانُوْا فِیْكُمْ مَّا قٰتَلُوْۤا اِلَّا قَلِیْلًا ۟۠
२०) उनीहरूले ठानिराखेका छन् कि (शत्रुका) सैन्यदल अझै गएका छैनन्, र यदि ती सेनाहरू फेरि आउँछन् भने तिनीहरूले चाहन्छन् कि कुनै प्रकार बाहिर (मरुस्थलमा) बद्दूहरूको साथमा भएको भए र त्यहींबाट तिम्रो बारेमा समाचार सोधिराख्ने थिए । र यदि उनीहरू तिम्रो साथमा उपस्थित भएपनि लडाईमा नाममात्रको नै भाग लिन्थे ।
Tafsiran larabci:
لَقَدْ كَانَ لَكُمْ فِیْ رَسُوْلِ اللّٰهِ اُسْوَةٌ حَسَنَةٌ لِّمَنْ كَانَ یَرْجُوا اللّٰهَ وَالْیَوْمَ الْاٰخِرَ وَذَكَرَ اللّٰهَ كَثِیْرًا ۟ؕ
२१) निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।
Tafsiran larabci:
وَلَمَّا رَاَ الْمُؤْمِنُوْنَ الْاَحْزَابَ ۙ— قَالُوْا هٰذَا مَا وَعَدَنَا اللّٰهُ وَرَسُوْلُهٗ وَصَدَقَ اللّٰهُ وَرَسُوْلُهٗ ؗ— وَمَا زَادَهُمْ اِلَّاۤ اِیْمَانًا وَّتَسْلِیْمًا ۟ؕ
२२) र जब ईमानवालाहरूले (कुफ्फारका) सैन्य दलहरूलाई देखे त भन्नथालेः कि ‘‘यसै कुराको वाचा त अल्लाह र उसको रसूलले हामीलाई दिएका थिए । अल्लाह र उसको रसूलले सत्य भनेका थिए । यस कुराले उनीहरूको ईमान र आज्ञाकारीतालाई झनै बढाइदियो ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'ahzab
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa