Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Aal'Imran   Aya:
وَاِنَّ مِنْهُمْ لَفَرِیْقًا یَّلْوٗنَ اَلْسِنَتَهُمْ بِالْكِتٰبِ لِتَحْسَبُوْهُ مِنَ الْكِتٰبِ وَمَا هُوَ مِنَ الْكِتٰبِ ۚ— وَیَقُوْلُوْنَ هُوَ مِنْ عِنْدِ اللّٰهِ وَمَا هُوَ مِنْ عِنْدِ اللّٰهِ ۚ— وَیَقُوْلُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ وَهُمْ یَعْلَمُوْنَ ۟
७८) निःसन्देह यिनीहरूमध्ये एउटा समूह यस्तो पनि छ जसले कि किताब पढदा आफ्नो जिब्रो बटारेर पढ्छ, ताकि तिमीलाई आभास होस् कि यिनीहरूले उतारिएको किताब नै पढिरहेका छन्, तर वास्तवमा त्यो किताबबाट हुँदैन, र भन्ने गर्दछन् कि त्यो अल्लाहबाट उतारिएको हो तर त्यो अल्लाहबाट उतारिएको हैन, र तिनीहरूले अल्लाहको विरोधमा जानीजानी असत्य बोल्दछन् ।
Tafsiran larabci:
مَا كَانَ لِبَشَرٍ اَنْ یُّؤْتِیَهُ اللّٰهُ الْكِتٰبَ وَالْحُكْمَ وَالنُّبُوَّةَ ثُمَّ یَقُوْلَ لِلنَّاسِ كُوْنُوْا عِبَادًا لِّیْ مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ كُوْنُوْا رَبّٰنِیّٖنَ بِمَا كُنْتُمْ تُعَلِّمُوْنَ الْكِتٰبَ وَبِمَا كُنْتُمْ تَدْرُسُوْنَ ۟ۙ
७९) कुनै यस्तो मानिस जसलाई कि अल्लाहले किताब, तत्वज्ञान र ‘‘नबूवत’’ (दूतत्व) प्रदान गरेको छ यो ठिक होइन कि उसले मानिसहरूलाई भनोस् कि अल्लाहलाई छोडेर मेरो भक्त भइहाल बरु (उसले के भन्नेछ कि) तिमी सबै अल्लाहको भइहाल, यस कारण कि तिमीले उनीहरूलाई किताब सिकाउने गर्छौ र त्यसलार्इ पढ्ने कारणले पनि ।
Tafsiran larabci:
وَلَا یَاْمُرَكُمْ اَنْ تَتَّخِذُوا الْمَلٰٓىِٕكَةَ وَالنَّبِیّٖنَ اَرْبَابًا ؕ— اَیَاْمُرُكُمْ بِالْكُفْرِ بَعْدَ اِذْ اَنْتُمْ مُّسْلِمُوْنَ ۟۠
८०) र कदापि हुन सक्दैन कि उसले फरिश्ता र पैगम्बरहरूलाई पालनहार बनाउने आदेश देओस् । के तिमी ‘‘मुसलमान’’ भइसकेपछि पनि उसले तिमीलाई काफिर हुन आदेश दिनेछ ?
Tafsiran larabci:
وَاِذْ اَخَذَ اللّٰهُ مِیْثَاقَ النَّبِیّٖنَ لَمَاۤ اٰتَیْتُكُمْ مِّنْ كِتٰبٍ وَّحِكْمَةٍ ثُمَّ جَآءَكُمْ رَسُوْلٌ مُّصَدِّقٌ لِّمَا مَعَكُمْ لَتُؤْمِنُنَّ بِهٖ وَلَتَنْصُرُنَّهٗ ؕ— قَالَ ءَاَقْرَرْتُمْ وَاَخَذْتُمْ عَلٰی ذٰلِكُمْ اِصْرِیْ ؕ— قَالُوْۤا اَقْرَرْنَا ؕ— قَالَ فَاشْهَدُوْا وَاَنَا مَعَكُمْ مِّنَ الشّٰهِدِیْنَ ۟
८१) जब अल्लाहले पैगम्बरहरूसँग वाचा गरायो कि जे जति मैले तिमीलाई किताब र ज्ञान प्रदान गर्दछु, अनि तिम्रो नजिकमा कुनै पैगम्बर आउँछ जसले तिम्रो किताबको पुष्टि गर्दछ त तिमीले अवश्य नै त्यसमाथि विश्वास गर्नुपर्दछ र उसको मद्दत गर्नुपर्ने छ । (वाचा लिएपछि) सोध्यो, के तिमीले वचन दियौ र यस वचनबद्धतामा मलाई संरक्षणको रूपमा ठहरायौ ? तिनीहरूले भने (हो) हामीले वाचा गर्यौं । (अल्लाहले) भन्यो तिमीहरू साक्षी भइराख र म पनि तिम्रो साथमा साक्षी रहनेछु ।
Tafsiran larabci:
فَمَنْ تَوَلّٰی بَعْدَ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْفٰسِقُوْنَ ۟
८२) यसपछि पनि जो विमुख हुन्छन्, तिनी पथभ्रष्ट अवज्ञाकारी हुन् ।
Tafsiran larabci:
اَفَغَیْرَ دِیْنِ اللّٰهِ یَبْغُوْنَ وَلَهٗۤ اَسْلَمَ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ طَوْعًا وَّكَرْهًا وَّاِلَیْهِ یُرْجَعُوْنَ ۟
८३) के तिनीहरू अल्लाहको धर्म बाहेक कुनै अरु धर्मको खोजीमा छन् ? जबकि सबै आकाशहरू र पृथ्वीका सबै प्राणीहरू चाहँदा वा नचाहँदै अल्लाहको आज्ञाकारी हुन्छन् र सबै उसैतिर फर्काइनेछन् ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Aal'Imran
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa