Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'qasas   Aya:
وَلَمَّا تَوَجَّهَ تِلْقَآءَ مَدْیَنَ قَالَ عَسٰی رَبِّیْۤ اَنْ یَّهْدِیَنِیْ سَوَآءَ السَّبِیْلِ ۟
२२) र जब ‘‘मदयनतिर’’ ध्यान दिए तब भन्नथालेः कि आशा छ कि मेरो पालनकर्ताले मलाई सोझो बाटो देखाउनेछ ।
Tafsiran larabci:
وَلَمَّا وَرَدَ مَآءَ مَدْیَنَ وَجَدَ عَلَیْهِ اُمَّةً مِّنَ النَّاسِ یَسْقُوْنَ ؗ۬— وَوَجَدَ مِنْ دُوْنِهِمُ امْرَاَتَیْنِ تَذُوْدٰنِ ۚ— قَالَ مَا خَطْبُكُمَا ؕ— قَالَتَا لَا نَسْقِیْ حَتّٰی یُصْدِرَ الرِّعَآءُ ٚ— وَاَبُوْنَا شَیْخٌ كَبِیْرٌ ۟
२३) जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्नो चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्नो जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।
Tafsiran larabci:
فَسَقٰی لَهُمَا ثُمَّ تَوَلّٰۤی اِلَی الظِّلِّ فَقَالَ رَبِّ اِنِّیْ لِمَاۤ اَنْزَلْتَ اِلَیَّ مِنْ خَیْرٍ فَقِیْرٌ ۟
२४) तब ‘‘मूसाले’’ स्वयम् उनीहरूको लागि पानी खुवाइदिए, अनि छायाँतिर गइहाले र भन्नथालेः कि हे पालनकर्ता ! तिमीले मेरो लागि जे जति कृपा प्रदान गर्दछौ मलाई त्यसको आवश्यकता छ ।
Tafsiran larabci:
فَجَآءَتْهُ اِحْدٰىهُمَا تَمْشِیْ عَلَی اسْتِحْیَآءٍ ؗ— قَالَتْ اِنَّ اَبِیْ یَدْعُوْكَ لِیَجْزِیَكَ اَجْرَ مَا سَقَیْتَ لَنَا ؕ— فَلَمَّا جَآءَهٗ وَقَصَّ عَلَیْهِ الْقَصَصَ ۙ— قَالَ لَا تَخَفْ ۫— نَجَوْتَ مِنَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟
२५) यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् । जब उनी उनको पासमा आए र उनीसित (आफ्नो) बृतान्त बर्णन गरे, त उनले भने, कि कुनै भय नमान । तिमी अत्याचारीहरूबाट छुटकारा पाइसकेका छौ ।
Tafsiran larabci:
قَالَتْ اِحْدٰىهُمَا یٰۤاَبَتِ اسْتَاْجِرْهُ ؗ— اِنَّ خَیْرَ مَنِ اسْتَاْجَرْتَ الْقَوِیُّ الْاَمِیْنُ ۟
२६) यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।
Tafsiran larabci:
قَالَ اِنِّیْۤ اُرِیْدُ اَنْ اُنْكِحَكَ اِحْدَی ابْنَتَیَّ هٰتَیْنِ عَلٰۤی اَنْ تَاْجُرَنِیْ ثَمٰنِیَ حِجَجٍ ۚ— فَاِنْ اَتْمَمْتَ عَشْرًا فَمِنْ عِنْدِكَ ۚ— وَمَاۤ اُرِیْدُ اَنْ اَشُقَّ عَلَیْكَ ؕ— سَتَجِدُنِیْۤ اِنْ شَآءَ اللّٰهُ مِنَ الصّٰلِحِیْنَ ۟
२७) बृद्ध पुरुषले (मूसासित) भन्योः कि म चाहन्छु आफ्ना यी दुई छोरीहरूमध्ये एउटीसित तपाईको विहे गरिदेऊँ, यस शर्तमा कि तपाई आठ बर्षसम्म मेरो यहाँ कामकाज गर्नुस् र यदि दशसालसम्म काम पूरा गर्नुहुन्छ भने त्यो तपाईको तर्फबाट मलाई हो, म तपाईलाई धेरै कष्टमा पार्न चाहन्न, अल्लाहको इच्छा भए मलाई तपाई असल मानिसहरूमध्येको पाउनुहुनेछ ।
Tafsiran larabci:
قَالَ ذٰلِكَ بَیْنِیْ وَبَیْنَكَ ؕ— اَیَّمَا الْاَجَلَیْنِ قَضَیْتُ فَلَا عُدْوَانَ عَلَیَّ ؕ— وَاللّٰهُ عَلٰی مَا نَقُوْلُ وَكِیْلٌ ۟۠
२८) मूसाले भने कि त्यसो भए यो कुरा मेरो र तपाईंको बीचमा निश्चित भइहाल्यो । मैले जुन पनि अवधि पूरा गरेमा, ममाथि कुनै अन्याय नहोस् । र हामीले जुन सम्झौता गर्दैछौं, अल्लाह त्यसको साक्षी छ र उही सबैको योजनाकार हो ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'qasas
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa