Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'nour   Aya:
وَاِذَا بَلَغَ الْاَطْفَالُ مِنْكُمُ الْحُلُمَ فَلْیَسْتَاْذِنُوْا كَمَا اسْتَاْذَنَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— كَذٰلِكَ یُبَیِّنُ اللّٰهُ لَكُمْ اٰیٰتِهٖ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
५९) र जब तिम्रो बच्चाहरू युवावस्था प्राप्त गर्दछन् तब उनीहरूलाई आवश्यक छ कि अनुमति लिएर (तिम्रो कोठामा) प्रवेश गर्ने गरुन् जुनप्रकारले उनीहरूभन्दा अगाडिका मानिसहरूले अनुमति लिंदै गरेका थिए । यसप्रकार अल्लाहले तिम्रो निम्ति आफ्ना आयतहरू स्पष्ट पार्दछ । अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।
Tafsiran larabci:
وَالْقَوَاعِدُ مِنَ النِّسَآءِ الّٰتِیْ لَا یَرْجُوْنَ نِكَاحًا فَلَیْسَ عَلَیْهِنَّ جُنَاحٌ اَنْ یَّضَعْنَ ثِیَابَهُنَّ غَیْرَ مُتَبَرِّجٰتٍ بِزِیْنَةٍ ؕ— وَاَنْ یَّسْتَعْفِفْنَ خَیْرٌ لَّهُنَّ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟
६०) र ठूलो उमेरकी स्त्रीहरू जसलाई विवाहको आशा र इच्छा छैन, र उनीहरूले लुगा फुकाएर टाउको खुला गर्ने गर्दछिन् भने उनीहरूमाथि कुनै दोष छैन, तर यस शर्तमा कि उनीहरूले आफ्नो श्रृंगारको प्रदर्शन गर्ने होइनन् । तैपनि यदि यसबाट पनि सावधानी राख्छिन भने (यो) उनीहरूको निम्ति राम्रो हुन्छ र अल्लाह राम्ररी सुन्दछ, जान्दछ ।
Tafsiran larabci:
لَیْسَ عَلَی الْاَعْمٰی حَرَجٌ وَّلَا عَلَی الْاَعْرَجِ حَرَجٌ وَّلَا عَلَی الْمَرِیْضِ حَرَجٌ وَّلَا عَلٰۤی اَنْفُسِكُمْ اَنْ تَاْكُلُوْا مِنْ بُیُوْتِكُمْ اَوْ بُیُوْتِ اٰبَآىِٕكُمْ اَوْ بُیُوْتِ اُمَّهٰتِكُمْ اَوْ بُیُوْتِ اِخْوَانِكُمْ اَوْ بُیُوْتِ اَخَوٰتِكُمْ اَوْ بُیُوْتِ اَعْمَامِكُمْ اَوْ بُیُوْتِ عَمّٰتِكُمْ اَوْ بُیُوْتِ اَخْوَالِكُمْ اَوْ بُیُوْتِ خٰلٰتِكُمْ اَوْ مَا مَلَكْتُمْ مَّفَاتِحَهٗۤ اَوْ صَدِیْقِكُمْ ؕ— لَیْسَ عَلَیْكُمْ جُنَاحٌ اَنْ تَاْكُلُوْا جَمِیْعًا اَوْ اَشْتَاتًا ؕ— فَاِذَا دَخَلْتُمْ بُیُوْتًا فَسَلِّمُوْا عَلٰۤی اَنْفُسِكُمْ تَحِیَّةً مِّنْ عِنْدِ اللّٰهِ مُبٰرَكَةً طَیِّبَةً ؕ— كَذٰلِكَ یُبَیِّنُ اللّٰهُ لَكُمُ الْاٰیٰتِ لَعَلَّكُمْ تَعْقِلُوْنَ ۟۠
६१) अन्धाको लागि, लङ्गडोको लागि र रोगीको लागि र तिम्रो आफैको निम्ति कुनै दोष छैन कि आफ्ना घरहरूबाट खान्छौ वा आफ्नो पिताहरूका घरहरूबाट वा आफ्नो आमाको घरबाट वा आफनो दाइभाइहरूका घरहरूबाट वा आफ्नो दिदी बहिनीहरूका घरहरूबाट वा आफ्नो काकाहरूका घरहरूबाट वा आफ्नो फुफूहरूका घरबाट वा आफ्नो मामाहरूका घरहरूबाट वा आफ्नो (खालाहरू) आमाको दिदी बहिनीहरूका घरहरूबाट वा जसको साँचोहरूको तिमी स्वामी भएका छौ वा आफ्नो मित्रहरूकहाँ, यस कुरामा तिमीलाई कुनै दोष छैन, कि तिमी मिलीजुली खान्छौ, अथवा अलग–अलग । र जब तिमी घरहरूमा प्रवेश गर्दछौ, तब आफ्ना घरवालाहरूलाई सलाम गर्नेगर । (यो) अल्लाहको तर्फबाट प्रदान अत्यन्त फाइदावाला पवित्र उपहार हो । यसप्रकार स्पष्टरूपले आफ्नो पवित्र वाणीलाई अल्लाहले वर्णन गर्दछ ताकि तिमी बुद्धिले काम लेऊ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'nour
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa