Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'kahf   Aya:
وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِیْنَ یَدْعُوْنَ رَبَّهُمْ بِالْغَدٰوةِ وَالْعَشِیِّ یُرِیْدُوْنَ وَجْهَهٗ وَلَا تَعْدُ عَیْنٰكَ عَنْهُمْ ۚ— تُرِیْدُ زِیْنَةَ الْحَیٰوةِ الدُّنْیَا ۚ— وَلَا تُطِعْ مَنْ اَغْفَلْنَا قَلْبَهٗ عَنْ ذِكْرِنَا وَاتَّبَعَ هَوٰىهُ وَكَانَ اَمْرُهٗ فُرُطًا ۟
२८) र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।
Tafsiran larabci:
وَقُلِ الْحَقُّ مِنْ رَّبِّكُمْ ۫— فَمَنْ شَآءَ فَلْیُؤْمِنْ وَّمَنْ شَآءَ فَلْیَكْفُرْ ۚ— اِنَّاۤ اَعْتَدْنَا لِلظّٰلِمِیْنَ نَارًا اَحَاطَ بِهِمْ سُرَادِقُهَا ؕ— وَاِنْ یَّسْتَغِیْثُوْا یُغَاثُوْا بِمَآءٍ كَالْمُهْلِ یَشْوِی الْوُجُوْهَ ؕ— بِئْسَ الشَّرَابُ ؕ— وَسَآءَتْ مُرْتَفَقًا ۟
२९) र घोषणा गर्नुस् कि यो कुरआन तिम्रो पालनकर्ताको तर्फबाट सम्पूर्ण सत्य छ, तसर्थ जसले चाहन्छ ईमान ल्याओस् र जो चाहन्छ काफिर रहोस् हामीले अत्याचारीहरूको निम्ति (नर्कको) त्यो आगो तयार गरेका छौं, जसको पर्खाल र ज्वालाहरूले त्यसलाई घेरिराख्ने छन् । र यदि तिनीहरूले मद्दतको याचना गर्नेछन् भने यस्तो पानीबाट मद्दत गरिनेछ जुन कि उम्लेको तेल जस्तै अति गरम हुनेछ, र जसले अनुहारलाई पोलिदिनेछ । त्यो अत्यन्त नराम्रो पानी र अत्यन्त नराम्रो बस्ने ठाउँ पनि हो ।
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ اِنَّا لَا نُضِیْعُ اَجْرَ مَنْ اَحْسَنَ عَمَلًا ۟ۚ
३०) निश्चितरूपले जसले ईमान ल्याए र असल कर्म पनि गरे, भने हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिंदैनौं ।
Tafsiran larabci:
اُولٰٓىِٕكَ لَهُمْ جَنّٰتُ عَدْنٍ تَجْرِیْ مِنْ تَحْتِهِمُ الْاَنْهٰرُ یُحَلَّوْنَ فِیْهَا مِنْ اَسَاوِرَ مِنْ ذَهَبٍ وَّیَلْبَسُوْنَ ثِیَابًا خُضْرًا مِّنْ سُنْدُسٍ وَّاِسْتَبْرَقٍ مُّتَّكِـِٕیْنَ فِیْهَا عَلَی الْاَرَآىِٕكِ ؕ— نِعْمَ الثَّوَابُ ؕ— وَحَسُنَتْ مُرْتَفَقًا ۟۠
३१) यस्ता मानिसहरूको निम्ति सधैं बास गर्नको लागि स्वर्गका बगैंचा छन्, जसमा तिनीहरूमुनि नहरहरू बगिरहने छन् । तिनीहरूलाई त्यहाँ सुनका कंगन पहिराइनेछ । र तिनीहरूले राम्रो रेशमका बाक्लो हरिया लुगा लगाउनेछन् । त्यहाँ आसनहरूमाथि तकिया लगाएर बस्नेछन् । आहा कति राम्रो पुरस्कार छ र कति राम्रो बासस्थान पनि ।
Tafsiran larabci:
وَاضْرِبْ لَهُمْ مَّثَلًا رَّجُلَیْنِ جَعَلْنَا لِاَحَدِهِمَا جَنَّتَیْنِ مِنْ اَعْنَابٍ وَّحَفَفْنٰهُمَا بِنَخْلٍ وَّجَعَلْنَا بَیْنَهُمَا زَرْعًا ۟ؕ
३२) र तिनीहरूलाई ती दुईजना मानिसहरूको कथा पनि सुनाइदिनुस्, जसमध्ये एउटालाई हामीले अंगूरका दुईटा बगैंचा प्रदान गरेका थियौं र तिनीहरूका चारैतिर हामीले खजूरका रुखहरूबाट घेरिराखेका थियौं, र दुवैको माझमा खेती लगाइराखेका थियौं ।
Tafsiran larabci:
كِلْتَا الْجَنَّتَیْنِ اٰتَتْ اُكُلَهَا وَلَمْ تَظْلِمْ مِّنْهُ شَیْـًٔا ۙ— وَّفَجَّرْنَا خِلٰلَهُمَا نَهَرًا ۟ۙ
३३) दुवै बगैंचाले (राम्रा) फल दिए र तिनको पैदावारमा कुनै प्रकारको कमी भएन, र दुवैको माझबाट हामीले एउटा नहर बगाएका थियौं ।
Tafsiran larabci:
وَّكَانَ لَهٗ ثَمَرٌ ۚ— فَقَالَ لِصَاحِبِهٖ وَهُوَ یُحَاوِرُهٗۤ اَنَا اَكْثَرُ مِنْكَ مَالًا وَّاَعَزُّ نَفَرًا ۟
३४) (भनाईको) तात्पर्य यो छ कि तिनीहरूको पासमा मेवाहरू थिए, अनि एकदिन जबकि उसले आफ्नो मित्रसँग कुरै कुरामा भन्न थाल्यो कि म तिमीभन्दा धेरै धनी छु, र मर्यादा र शक्तिको दृष्टिले पनि बढी छु ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'kahf
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa