Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'israa   Aya:
وَمَنْ یَّهْدِ اللّٰهُ فَهُوَ الْمُهْتَدِ ۚ— وَمَنْ یُّضْلِلْ فَلَنْ تَجِدَ لَهُمْ اَوْلِیَآءَ مِنْ دُوْنِهٖ ؕ— وَنَحْشُرُهُمْ یَوْمَ الْقِیٰمَةِ عَلٰی وُجُوْهِهِمْ عُمْیًا وَّبُكْمًا وَّصُمًّا ؕ— مَاْوٰىهُمْ جَهَنَّمُ ؕ— كُلَّمَا خَبَتْ زِدْنٰهُمْ سَعِیْرًا ۟
९७) जुन व्यक्तिलाई अल्लाहले पथप्रदर्शन गर्दछ उसले मार्गदर्शन प्राप्त गर्छ र जसलाई मार्गविचलित गर्दछ, तपाईले अल्लाह बाहेक अरु कसैलाई उसको मित्र पाउने छैनौ र हामीले त्यस्ता मानिसहरूलाई कियामतको दिन घोप्टेको अवस्थामा अन्धो, लाटो र बहिरो बनाएर एकत्रित गर्नेछौं । र तिनीहरूको बासस्थल नर्क हुनेछ । जब त्यसको निभ्ने अवस्था हुन्छ त हामीले त्यसलाई अरु प्रज्वलित गरिदिने छौं ।
Tafsiran larabci:
ذٰلِكَ جَزَآؤُهُمْ بِاَنَّهُمْ كَفَرُوْا بِاٰیٰتِنَا وَقَالُوْۤا ءَاِذَا كُنَّا عِظَامًا وَّرُفَاتًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ خَلْقًا جَدِیْدًا ۟
९८) यो सबै तिनीहरूको सजाय हो । यस कारणले कि तिनीहरूले हाम्रो आयातहरूलाई नकार्दथे र भन्दथेः कि जब हामी (मरेर कुहेका) टुक्रा–टुक्रा हड्डीहरू भइहाल्छौं भने त के फेरि हामीलाई नयाँ जन्ममा उठाएर उभ्याइने छ ?
Tafsiran larabci:
اَوَلَمْ یَرَوْا اَنَّ اللّٰهَ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ قَادِرٌ عَلٰۤی اَنْ یَّخْلُقَ مِثْلَهُمْ وَجَعَلَ لَهُمْ اَجَلًا لَّا رَیْبَ فِیْهِ ؕ— فَاَبَی الظّٰلِمُوْنَ اِلَّا كُفُوْرًا ۟
९९) के तिनीहरूले देखेनन्, कि अल्लाह जसले आकाशहरू र धर्तीको सृष्टि गरेको छ, ऊ यस कुरामा सक्षम छ कि तिनीहरू जस्ता मानिसहरू सृष्टि गर्न सकोस् ? र उसैले तिनीहरूको निम्ति एक यस्तो समय निर्धारित गरिदिएको छ, जसमा कुनै पनि सन्देह छैन । तर अत्याचारीहरूले इन्कार नगरी रहन सक्तैनन् ।
Tafsiran larabci:
قُلْ لَّوْ اَنْتُمْ تَمْلِكُوْنَ خَزَآىِٕنَ رَحْمَةِ رَبِّیْۤ اِذًا لَّاَمْسَكْتُمْ خَشْیَةَ الْاِنْفَاقِ ؕ— وَكَانَ الْاِنْسَانُ قَتُوْرًا ۟۠
१००) भनिदिनुस् कि यदि मेरो पालनकर्ताको दयाका खजानाहरू तिम्रो हातमा भएको भए, त्यस बेला पनि तिमीले खर्च हुने डरले त्यसलाई रोकेर राख्थ्यौ र मानिसको हृदय हुन्छ नै ज्यादै संकुचित ।
Tafsiran larabci:
وَلَقَدْ اٰتَیْنَا مُوْسٰی تِسْعَ اٰیٰتٍۢ بَیِّنٰتٍ فَسْـَٔلْ بَنِیْۤ اِسْرَآءِیْلَ اِذْ جَآءَهُمْ فَقَالَ لَهٗ فِرْعَوْنُ اِنِّیْ لَاَظُنُّكَ یٰمُوْسٰی مَسْحُوْرًا ۟
१०१) हामीले मूसालाई नौवटा स्पष्ट चमत्कारहरू प्रदान गर्यौं, तिमी स्वयम् बनी इस्राईलसित सोध कि, जब उनी तिनीहरूको समक्ष आए त फिरऔनले उनीसित भन्यो कि हे मूसा मलाई लाग्छ कि, तिमीमाथि ठूलो जादू गरिएको छ ।
Tafsiran larabci:
قَالَ لَقَدْ عَلِمْتَ مَاۤ اَنْزَلَ هٰۤؤُلَآءِ اِلَّا رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ بَصَآىِٕرَ ۚ— وَاِنِّیْ لَاَظُنُّكَ یٰفِرْعَوْنُ مَثْبُوْرًا ۟
१०२) मूसाले भनेः कि यो त तिमीलाई थाहा भइसकेको छ कि आकाश र धर्तीको पालनकर्ताले नै तिमीहरूलाई देखाउन र सम्झाउनको निम्ति उतारेको छ र हे फिरऔन म ठान्दछु कि निःसन्देह तिमी नष्ट भइहाल्नेछौ ।
Tafsiran larabci:
فَاَرَادَ اَنْ یَّسْتَفِزَّهُمْ مِّنَ الْاَرْضِ فَاَغْرَقْنٰهُ وَمَنْ مَّعَهٗ جَمِیْعًا ۟ۙ
१०३) तब फिरऔनले पक्का पक्की नीयत गर्यो कि उनलाई (मिस्रको) भूमिबाट निष्कासित गरिदेओस्, त हामीले उसलाई र उसको सबै साथीलाई डुबाइदियौं ।
Tafsiran larabci:
وَّقُلْنَا مِنْ بَعْدِهٖ لِبَنِیْۤ اِسْرَآءِیْلَ اسْكُنُوا الْاَرْضَ فَاِذَا جَآءَ وَعْدُ الْاٰخِرَةِ جِئْنَا بِكُمْ لَفِیْفًا ۟ؕ
१०४) यसपछि हामीले बनी इस्राईलसँग भन्यौं कि तिमी यस मुलुकमा बसोबास गर अनि जब आखिरतको वचन आउँछ, तब हामीले तिमी सबैलाई समेटेर एकत्रित गरिहाल्नेछौं ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'israa
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa