Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Ibrahim   Aya:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ ؕ— اِنْ یَّشَاْ یُذْهِبْكُمْ وَیَاْتِ بِخَلْقٍ جَدِیْدٍ ۟ۙ
१९) के तिमीले देखेनौ कि अल्लाहले आकाशहरू र पृथ्वीलाई अत्यन्त कौशलको साथ बनाएको छ । यदि उसले चाह्यो भने तिमी सबैलाई नष्ट गरिदिन्छ र नयाँ प्राणीहरू ल्याइदिन्छ ।
Tafsiran larabci:
وَّمَا ذٰلِكَ عَلَی اللّٰهِ بِعَزِیْزٍ ۟
२०) अल्लाहको लागि यो कार्य केही पनि कठिन छैन ।
Tafsiran larabci:
وَبَرَزُوْا لِلّٰهِ جَمِیْعًا فَقَالَ الضُّعَفٰٓؤُا لِلَّذِیْنَ اسْتَكْبَرُوْۤا اِنَّا كُنَّا لَكُمْ تَبَعًا فَهَلْ اَنْتُمْ مُّغْنُوْنَ عَنَّا مِنْ عَذَابِ اللّٰهِ مِنْ شَیْءٍ ؕ— قَالُوْا لَوْ هَدٰىنَا اللّٰهُ لَهَدَیْنٰكُمْ ؕ— سَوَآءٌ عَلَیْنَاۤ اَجَزِعْنَاۤ اَمْ صَبَرْنَا مَا لَنَا مِنْ مَّحِیْصٍ ۟۠
२१) सबै अल्लाहको सामु प्रत्यक्षरूपले उभिने छन् त्यस बेला दुर्बल मान्छेहरू सवल मान्छेसँग भन्ने छन्ः कि हामी त तिम्रा अधीनस्थ थियौं । त के तिमी अल्लाहको सजायमध्येबाट केही सजाय घटाउन सक्छौ’’ ? उनी उत्तर दिनेछन् ‘‘कि यदि अल्लाहले हामीलाई मार्गदर्शन गरेको भए हामी पनि तिम्रो अवश्य नेतृत्व गथ्र्यौं’’ । अब त हामीमाथि बेचैनी र सन्तोष गर्नु दुवै एउटै छ, र हाम्रो लागि कुनै मुक्ति छैन ।
Tafsiran larabci:
وَقَالَ الشَّیْطٰنُ لَمَّا قُضِیَ الْاَمْرُ اِنَّ اللّٰهَ وَعَدَكُمْ وَعْدَ الْحَقِّ وَوَعَدْتُّكُمْ فَاَخْلَفْتُكُمْ ؕ— وَمَا كَانَ لِیَ عَلَیْكُمْ مِّنْ سُلْطٰنٍ اِلَّاۤ اَنْ دَعَوْتُكُمْ فَاسْتَجَبْتُمْ لِیْ ۚ— فَلَا تَلُوْمُوْنِیْ وَلُوْمُوْۤا اَنْفُسَكُمْ ؕ— مَاۤ اَنَا بِمُصْرِخِكُمْ وَمَاۤ اَنْتُمْ بِمُصْرِخِیَّ ؕ— اِنِّیْ كَفَرْتُ بِمَاۤ اَشْرَكْتُمُوْنِ مِنْ قَبْلُ ؕ— اِنَّ الظّٰلِمِیْنَ لَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
२२) र जब हिसाबकिताबको फैसला गरिदिइनेछ, तब शैतानले भन्ने छः ‘‘कि वास्तवमा अल्लाहले त तिमीलाई सत्य वाचा गरेको थियो । तर मैले तिमीबाट जुन वाचाहरू गरेको थिएँ, त्यो मैले पूरा गरिनँ, मेरो तिमीमाथि कुनै दबाव त थिएन, हो मैले, तिमीलाई बोलाएँ र तिमीले मेरो कुरा मान्यौ । तिमीले ममाथि आरोप नलगाऊ बरु तिमीहरू आफूलाई नै धिक्कृत गर, म तिमीहरूलाई कुनै सहयोग गर्न सक्दिन, न तिमीहरू नै मलाई सहयोग गर्न सक्छौ । म त प्रारम्भदेखि मान्दिन कि तिमीले यस अघि मलाई अल्लाहको साझेदार ठहराइरहेका थियौ । निःसन्देह अपराधीहरूको लागि धेरै कष्टप्रद सजाय छ ।
Tafsiran larabci:
وَاُدْخِلَ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا بِاِذْنِ رَبِّهِمْ ؕ— تَحِیَّتُهُمْ فِیْهَا سَلٰمٌ ۟
२३) जुन मानिसहरूले ईमान ल्याए र असल कार्य गरे, तिनीहरू जन्नतमा (स्वर्गमा) प्रवेश गर्नेछन्, जसको तल झरनाहरू फुटेका छन् । जहाँ उनीहरू आफ्नो पालनकर्ताको आज्ञाले सधैं रहनेछन् । जहाँ उनको स्वागत ‘‘सलाम’’बाट हुनेछ ।
Tafsiran larabci:
اَلَمْ تَرَ كَیْفَ ضَرَبَ اللّٰهُ مَثَلًا كَلِمَةً طَیِّبَةً كَشَجَرَةٍ طَیِّبَةٍ اَصْلُهَا ثَابِتٌ وَّفَرْعُهَا فِی السَّمَآءِ ۟ۙ
२४) के तपाईंले देख्नु भएन कि महान अल्लाहले पवित्र कुरोको उदाहरण कुन किसिमले वर्णन गरेको छ ? एउटा पवित्र वृक्षको जस्तै जसको जरो बलियो छ र जसका हाँगाहरू अकाशमा छन् ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Ibrahim
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa