Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'ra'ad   Aya:
مَثَلُ الْجَنَّةِ الَّتِیْ وُعِدَ الْمُتَّقُوْنَ ؕ— تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ؕ— اُكُلُهَا دَآىِٕمٌ وَّظِلُّهَا ؕ— تِلْكَ عُقْبَی الَّذِیْنَ اتَّقَوْا ۖۗ— وَّعُقْبَی الْكٰفِرِیْنَ النَّارُ ۟
३५) त्यस जन्नत (स्वर्ग) जसको वाचा संयमीहरूलाई दिइएको छ । विशेषता यो हो कि त्यसको तलबाट नहरहरू बगीरहेका छन् । उसका मिष्ठान (फलहरू) सधै रहनेवाला छन् र त्यसको छायाँ पनि । यो नतिजा (परिणाम) छ, सहनशीलहरूको र काफिरहरूको नतीजा नर्क छ ।
Tafsiran larabci:
وَالَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ یَفْرَحُوْنَ بِمَاۤ اُنْزِلَ اِلَیْكَ وَمِنَ الْاَحْزَابِ مَنْ یُّنْكِرُ بَعْضَهٗ ؕ— قُلْ اِنَّمَاۤ اُمِرْتُ اَنْ اَعْبُدَ اللّٰهَ وَلَاۤ اُشْرِكَ بِهٖ ؕ— اِلَیْهِ اَدْعُوْا وَاِلَیْهِ مَاٰبِ ۟
३६) जसलाई हामीले पुस्तक दिएका छौं, त्योमध्ये केही तपाईमाथि जे उतारिएको छ उसबाट प्रसन्न हुन्छन्, र अर्को समुदाय उसको केही कुराको विपरीत छन् । तपाई घोषणा गरिदिनुस् किः मलाई त यही नै हुकुम दिइएको छ, कि म अल्लाहको इबादत गरूँ र कसैलार्इ उसको साझेदार न बनाऊँ । मैले त उसैतर्फ बोलाइरहेको छु, र उसैतर्फ मलाई फर्किनुछ ।
Tafsiran larabci:
وَكَذٰلِكَ اَنْزَلْنٰهُ حُكْمًا عَرَبِیًّا ؕ— وَلَىِٕنِ اتَّبَعْتَ اَهْوَآءَهُمْ بَعْدَ مَا جَآءَكَ مِنَ الْعِلْمِ ۙ— مَا لَكَ مِنَ اللّٰهِ مِنْ وَّلِیٍّ وَّلَا وَاقٍ ۟۠
३७) यस्तै मैले यस ‘‘कुरआनलाई’’ अरबी भाषामा आदेश उत्तारेको छुँ । यदि तपाईले ज्ञान आइसकेपछि उनको इच्छाहरूको परीपूर्ति गर्नु भयो तब अल्लाहको (सजाय) बाट तपाईंलाई न कोही सहयोगी भेटिनेछ र नत कोही बचाउनेवाला ।
Tafsiran larabci:
وَلَقَدْ اَرْسَلْنَا رُسُلًا مِّنْ قَبْلِكَ وَجَعَلْنَا لَهُمْ اَزْوَاجًا وَّذُرِّیَّةً ؕ— وَمَا كَانَ لِرَسُوْلٍ اَنْ یَّاْتِیَ بِاٰیَةٍ اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— لِكُلِّ اَجَلٍ كِتَابٌ ۟
३८) हामीले तपाईभन्दा पहिला पनि धेरै पैगम्बरहरू पठाइसकेका छौं । र हामीले उनीसबैलाई बाल बच्चावाला बनाएका थियौं । कुनै रसूलबाट हुन सक्दैन्थ्यो कि कुनै निशानी बिना अल्लाहको इजाजत लिएर आओस् । हरेक निश्चित वचनको एउटा लिखत छ ।
Tafsiran larabci:
یَمْحُوا اللّٰهُ مَا یَشَآءُ وَیُثْبِتُ ۖۚ— وَعِنْدَهٗۤ اُمُّ الْكِتٰبِ ۟
३९) अल्लाहले जो चाहन्छ मेटाइदिन्छ र जो चाहन्छ ठीकठाक राख्दछ, र ‘‘लौहे महफूज’’ (मूल किताब) उसैको साथमा छ ।
Tafsiran larabci:
وَاِنْ مَّا نُرِیَنَّكَ بَعْضَ الَّذِیْ نَعِدُهُمْ اَوْ نَتَوَفَّیَنَّكَ فَاِنَّمَا عَلَیْكَ الْبَلٰغُ وَعَلَیْنَا الْحِسَابُ ۟
४०) उनीसंग गरीएका वाचाहरूमध्ये यदि तपाईंलाई हामीले कुनै देखाइदिएँ अथवा तपाईलाई मृत्यु नै दिएं, त तपाईंमाथि त मात्र पुर्याइदिनु नै छ, (सत्य–असत्य) छुट्याउने त हाम्रो जिम्मामै छ ।
Tafsiran larabci:
اَوَلَمْ یَرَوْا اَنَّا نَاْتِی الْاَرْضَ نَنْقُصُهَا مِنْ اَطْرَافِهَا ؕ— وَاللّٰهُ یَحْكُمُ لَا مُعَقِّبَ لِحُكْمِهٖ ؕ— وَهُوَ سَرِیْعُ الْحِسَابِ ۟
४१) के उनीहरूले देख्दैनन् ? ‘‘कि हामी पृथ्वीलाई उसको छेउबाट घटाउँदै आइरहेका छौं, अल्लाहले आदेश गर्दछ, कोही उसको आदेशहरूलाई पछाडि गर्नेवाला छैन, उसले छिटै हिसाब लिनेवाला छ ।
Tafsiran larabci:
وَقَدْ مَكَرَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَلِلّٰهِ الْمَكْرُ جَمِیْعًا ؕ— یَعْلَمُ مَا تَكْسِبُ كُلُّ نَفْسٍ ؕ— وَسَیَعْلَمُ الْكُفّٰرُ لِمَنْ عُقْبَی الدَّارِ ۟
४२) उनीभन्दा पहिलाका मन्छेहरूले पनि आफ्नो ढाट्ने कुकृत्यलाई कम गरेका थिएनन्, परन्तु समस्त उपायहरू अल्लाहकै हुन्, जुन व्यक्ति जे पनि गरिरहेको छ, अल्लाहको दृष्टिमा छ, काफिरहरूलाई अहिले थाहा भइहाल्छ कि परलोकको पारितोषिक कसको लागि छ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'ra'ad
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa