Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Yusuf   Aya:
قَالَ مَعَاذَ اللّٰهِ اَنْ نَّاْخُذَ اِلَّا مَنْ وَّجَدْنَا مَتَاعَنَا عِنْدَهٗۤ ۙ— اِنَّاۤ اِذًا لَّظٰلِمُوْنَ ۟۠
७९) यूसुफले भने कि मैले जससँग आफ्नो वस्तु पाएको छुं उस वाहेक कसैलाई गिरफ्तारी गर्नाले अल्लाहको आज्ञा उल्लघंनबाट बच्न चाहन्छु । यदि यस्तै गरेको भए म निःसन्देह अन्यायकारी हुनेछु ।
Tafsiran larabci:
فَلَمَّا اسْتَیْـَٔسُوْا مِنْهُ خَلَصُوْا نَجِیًّا ؕ— قَالَ كَبِیْرُهُمْ اَلَمْ تَعْلَمُوْۤا اَنَّ اَبَاكُمْ قَدْ اَخَذَ عَلَیْكُمْ مَّوْثِقًا مِّنَ اللّٰهِ وَمِنْ قَبْلُ مَا فَرَّطْتُّمْ فِیْ یُوْسُفَ ۚ— فَلَنْ اَبْرَحَ الْاَرْضَ حَتّٰی یَاْذَنَ لِیْۤ اَبِیْۤ اَوْ یَحْكُمَ اللّٰهُ لِیْ ۚ— وَهُوَ خَیْرُ الْحٰكِمِیْنَ ۟
८०) जब यसबाट उनी निराश भए, तब एकान्तमा बसेर सल्लाह गर्न लागे त्यसमध्ये जो सबैमा जेष्ठ थियो त्यसले भन्यो’’ तिमीलाई थाहा छैन कि पिताले तिमीबाट अल्लाहको कसम लिएर पुनः प्रतिज्ञा गराएका छन्, र त्यसभन्दा अगाडि यूसुफको बारेमा तिमी भूल गरिसकेका छौ । फेरि म त्यस राष्ट्रबाट जाँदिन जबसम्मकि पिताजी आफै मलाई इजाजत नदिउन, वा अल्लाह नै मेरो बारेमा फैसला गरोस् । त्यो नै असल फैसला गर्नेवाला हो ।
Tafsiran larabci:
اِرْجِعُوْۤا اِلٰۤی اَبِیْكُمْ فَقُوْلُوْا یٰۤاَبَانَاۤ اِنَّ ابْنَكَ سَرَقَ ۚ— وَمَا شَهِدْنَاۤ اِلَّا بِمَا عَلِمْنَا وَمَا كُنَّا لِلْغَیْبِ حٰفِظِیْنَ ۟
८१) तिमी सबै पिताजीको सेवामा फिर्ता वापस जाऊ र भनः ‘‘कि पिताजी ! तपाईको पुत्रले चोरी गर्यो र हामीले त्यही गवाही दिएका थियौ जुन हामीलाई थाहा थियो हामीलाई आन्तरीक कुरो ज्ञात थिएन’’ ।
Tafsiran larabci:
وَسْـَٔلِ الْقَرْیَةَ الَّتِیْ كُنَّا فِیْهَا وَالْعِیْرَ الَّتِیْۤ اَقْبَلْنَا فِیْهَا ؕ— وَاِنَّا لَصٰدِقُوْنَ ۟
८२) तपाई त्यस नगरका नगरवासीहरूसित सोधपूछ गरीलिनुहोस् जहाँ हामी थियौं र त्यस समूहसित पनि सोधिलिनुहोस् जससँग हामी आएका छौं र वस्तुतः हामी बिल्कुलै सत्यनिष्ठि छौं ।
Tafsiran larabci:
قَالَ بَلْ سَوَّلَتْ لَكُمْ اَنْفُسُكُمْ اَمْرًا ؕ— فَصَبْرٌ جَمِیْلٌ ؕ— عَسَی اللّٰهُ اَنْ یَّاْتِیَنِیْ بِهِمْ جَمِیْعًا ؕ— اِنَّهٗ هُوَ الْعَلِیْمُ الْحَكِیْمُ ۟
८३) (यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’
Tafsiran larabci:
وَتَوَلّٰی عَنْهُمْ وَقَالَ یٰۤاَسَفٰی عَلٰی یُوْسُفَ وَابْیَضَّتْ عَیْنٰهُ مِنَ الْحُزْنِ فَهُوَ كَظِیْمٌ ۟
८४) फेरि उनीबाट आफ्नो मुख फर्काइलिए, र भनेः हाय यसुफ ! हार्दिक शोक र दुःखको कारण उनको आँखा एकदमै सेतो भइसकेका थिए र उनी शोकलाई थिचिराखेका थिए ।
Tafsiran larabci:
قَالُوْا تَاللّٰهِ تَفْتَؤُا تَذْكُرُ یُوْسُفَ حَتّٰی تَكُوْنَ حَرَضًا اَوْ تَكُوْنَ مِنَ الْهٰلِكِیْنَ ۟
८५) छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागिरहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।
Tafsiran larabci:
قَالَ اِنَّمَاۤ اَشْكُوْا بَثِّیْ وَحُزْنِیْۤ اِلَی اللّٰهِ وَاَعْلَمُ مِنَ اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
८६) उहाँले भन्नु भयोः कि, मैले त आफ्नो शोक र कठिनाईको अल्लाहसँग पुकार गरिरहेको छुँ, मलाई अल्लाहको तर्फबाट त्यो कुरो ज्ञात छ, जुन तिमीलाई थाहा छैन ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Yusuf
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa