Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Yunus   Aya:

यूनुस

الٓرٰ ۫— تِلْكَ اٰیٰتُ الْكِتٰبِ الْحَكِیْمِ ۟
१) अलिफ–लाम–रा, यो ठूलो बिवेचनाको किताबका आयतहरू हुन् ।
Tafsiran larabci:
اَكَانَ لِلنَّاسِ عَجَبًا اَنْ اَوْحَیْنَاۤ اِلٰی رَجُلٍ مِّنْهُمْ اَنْ اَنْذِرِ النَّاسَ وَبَشِّرِ الَّذِیْنَ اٰمَنُوْۤا اَنَّ لَهُمْ قَدَمَ صِدْقٍ عِنْدَ رَبِّهِمْ ؔؕ— قَالَ الْكٰفِرُوْنَ اِنَّ هٰذَا لَسٰحِرٌ مُّبِیْنٌ ۟
२) के मानिसहरूलाई आश्चर्य लाग्यो कि हामीले तिनीहरूमध्येबाट नै एउटा मानिसलाई आदेश पठायौं कि मानिसहरूलाई चेतावनी सुनाइदेऊ र ईमान भएकाहरूलाई शुभसन्देश दिइहाल कि उनीहरूको पालनकर्ताकहाँ उनीहरूलाई पूरा प्रतिफल र उच्च स्थान प्राप्त हुनेछ । काफिरहरूले भने कि यो मानिस स्पष्टरूपमा जादूगर हो ।
Tafsiran larabci:
اِنَّ رَبَّكُمُ اللّٰهُ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ فِیْ سِتَّةِ اَیَّامٍ ثُمَّ اسْتَوٰی عَلَی الْعَرْشِ یُدَبِّرُ الْاَمْرَ ؕ— مَا مِنْ شَفِیْعٍ اِلَّا مِنْ بَعْدِ اِذْنِهٖ ؕ— ذٰلِكُمُ اللّٰهُ رَبُّكُمْ فَاعْبُدُوْهُ ؕ— اَفَلَا تَذَكَّرُوْنَ ۟
३) निःसन्देह तिम्रो पालनकर्ता त अल्लाह नै हो, जसले आकाश र पृथ्वीलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि आफू सिंहासनमाथि उच्च भयो । उही हरेक कुराको प्रबन्ध र सञ्चालन गर्दछ । कसैले (उसको समीपमा) उसको अनुमति प्राप्त नगरिकन सिफारिश गर्न सक्तैन । यही अल्लाह तिम्रो पालनकर्ता हो, तसर्थ उसैको पूजा गर । के तिमीहरू अझै उपदेश ग्रहण गर्दैनौ ।
Tafsiran larabci:
اِلَیْهِ مَرْجِعُكُمْ جَمِیْعًا ؕ— وَعْدَ اللّٰهِ حَقًّا ؕ— اِنَّهٗ یَبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ لِیَجْزِیَ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ بِالْقِسْطِ ؕ— وَالَّذِیْنَ كَفَرُوْا لَهُمْ شَرَابٌ مِّنْ حَمِیْمٍ وَّعَذَابٌ اَلِیْمٌ بِمَا كَانُوْا یَكْفُرُوْنَ ۟
४) तिमी सबैलार्इ फर्केर उसैको पासमा जानु छ । अल्लाहको वाचा सत्य छ । निःसन्देह उसैले पहिले पटक सृष्टि गरेको छ र उसैले दोस्रो पटक पनि सृष्टि गर्नेछ ताकि ईमानवाला र सत्कर्म गर्नेहरूलाई न्यायोचितरूपले पुरस्कार प्रदान गर्न सकोस् । र जो काफिर छन् तिनीहरूको निम्ति अत्यन्त उम्ली रहेको पिउने पानी र कष्टदायक सजाय हुनेछ त्यस इन्कारको (कुफ्रको) बदलामा जुन उनीहरूले गरे ।
Tafsiran larabci:
هُوَ الَّذِیْ جَعَلَ الشَّمْسَ ضِیَآءً وَّالْقَمَرَ نُوْرًا وَّقَدَّرَهٗ مَنَازِلَ لِتَعْلَمُوْا عَدَدَ السِّنِیْنَ وَالْحِسَابَ ؕ— مَا خَلَقَ اللّٰهُ ذٰلِكَ اِلَّا بِالْحَقِّ ۚ— یُفَصِّلُ الْاٰیٰتِ لِقَوْمٍ یَّعْلَمُوْنَ ۟
५) ऊ अल्लाह नै हो जसले सूर्यलाई प्रकाशमान र चन्द्रलाई ज्योतिमय बनायो र यसको लागि विभिन्न स्थितिहरू स्थापित गर्यो, ताकि तिमीले वर्षहरूको गणना र हिसाब थाहा पाउने गर । यी सबै कुराहरू अल्लाहले सत्यको साथ सृष्टि गरेको छ । बुझ्नेहरूको लागि उसले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गर्दैछ ।
Tafsiran larabci:
اِنَّ فِی اخْتِلَافِ الَّیْلِ وَالنَّهَارِ وَمَا خَلَقَ اللّٰهُ فِی السَّمٰوٰتِ وَالْاَرْضِ لَاٰیٰتٍ لِّقَوْمٍ یَّتَّقُوْنَ ۟
६) निःसन्देह रात र दिनको एक अर्कापछि आगमन र जुन कुराहरू अल्लाहले आकाश र पृथ्वीमा सृष्टि गरेको छ सबैमा अल्लाहसँग डर मान्नेहरूको लागि निशानीहरू छन् ।
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ لَا یَرْجُوْنَ لِقَآءَنَا وَرَضُوْا بِالْحَیٰوةِ الدُّنْیَا وَاطْمَاَنُّوْا بِهَا وَالَّذِیْنَ هُمْ عَنْ اٰیٰتِنَا غٰفِلُوْنَ ۟ۙ
७) जसले हामीसँग साक्षात्कार हुने कुरामा विश्वास राखदैनन् र सांसारिक जीवनमा सन्तुष्ट छन् र हाम्रा निशानीहरूबाट अचेत छन् ।
Tafsiran larabci:
اُولٰٓىِٕكَ مَاْوٰىهُمُ النَّارُ بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟
८) तिनीहरूको बासस्थान, तिनीहरूको क्रियाकलापको (कर्मको) कारण, नर्क (हुने) छ ।
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ یَهْدِیْهِمْ رَبُّهُمْ بِاِیْمَانِهِمْ ۚ— تَجْرِیْ مِنْ تَحْتِهِمُ الْاَنْهٰرُ فِیْ جَنّٰتِ النَّعِیْمِ ۟
९) निःसन्देह जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे तिनीहरूलाई तिनको पालनकर्ताले तिनीहरूको ईमानको कारण मार्ग दिखाउने छन् । र तिनका इच्छा पूर्ण गर्नेछ आनन्दका बगैंचाहरूमा जसमुनि नहरहरू बगिराखेका हुनेछन् ।
Tafsiran larabci:
دَعْوٰىهُمْ فِیْهَا سُبْحٰنَكَ اللّٰهُمَّ وَتَحِیَّتُهُمْ فِیْهَا سَلٰمٌ ۚ— وَاٰخِرُ دَعْوٰىهُمْ اَنِ الْحَمْدُ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟۠
१०) उनीहरूको मुखबाट (प्रार्थना) उच्चारित हुनेछ कि अल्लाह गौरवपूर्ण र पवित्र छ, र आपसमा भेटको बेला दुआ ‘‘सलामुन् अलैकुम’’ हुनेछ, र तिनीहरूको अंतिम भनाई यो हुनेछ किः सम्पूर्ण ब्रह्माण्डको स्वामी र पालनकर्ताको लागि सम्पूर्ण प्रशंसा छ ।
Tafsiran larabci:
وَلَوْ یُعَجِّلُ اللّٰهُ لِلنَّاسِ الشَّرَّ اسْتِعْجَالَهُمْ بِالْخَیْرِ لَقُضِیَ اِلَیْهِمْ اَجَلُهُمْ ؕ— فَنَذَرُ الَّذِیْنَ لَا یَرْجُوْنَ لِقَآءَنَا فِیْ طُغْیَانِهِمْ یَعْمَهُوْنَ ۟
११) र यदि अल्लाहले मानिसहरूको नोक्सानी गर्न हतार गर्ने भए, जुन प्रकारले तिनीहरूले फाइदाको निम्ति हतार गर्दछन्, भने उनको वचन उहिले नै पूरा भइसक्थ्यो । तसर्थ जुन मानिसहरूलाई हामीसम्म आउने कुराको यकीन छैन, त्यस्तालाई हामीले त्यसै छाडी दिन्छौ, ताकि आफ्नो अटेरिपनामा भौतारि रहुन् ।
Tafsiran larabci:
وَاِذَا مَسَّ الْاِنْسَانَ الضُّرُّ دَعَانَا لِجَنْۢبِهٖۤ اَوْ قَاعِدًا اَوْ قَآىِٕمًا ۚ— فَلَمَّا كَشَفْنَا عَنْهُ ضُرَّهٗ مَرَّ كَاَنْ لَّمْ یَدْعُنَاۤ اِلٰی ضُرٍّ مَّسَّهٗ ؕ— كَذٰلِكَ زُیِّنَ لِلْمُسْرِفِیْنَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१२) र मानिसलाई जब कुनै कष्ट पुग्छ त पल्टेको, बसेको र उभेको (अवस्थामा) हामीलाई पुकार्दछ । तर जब हामी उसको कष्ट हटाइदिन्छौं त यस किसिमबाट आफ्नो बाटो लाग्छ मानौं त्यसले हामीलाई कहिल्यै पुकारेकै थिएन । यस प्रकार सीमा उल्लंघनकारीहरूको लागि तिनीहरूका क्रियाकलापहरूलाई आकर्षक बनाइएको छ ।
Tafsiran larabci:
وَلَقَدْ اَهْلَكْنَا الْقُرُوْنَ مِنْ قَبْلِكُمْ لَمَّا ظَلَمُوْا ۙ— وَجَآءَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ وَمَا كَانُوْا لِیُؤْمِنُوْا ؕ— كَذٰلِكَ نَجْزِی الْقَوْمَ الْمُجْرِمِیْنَ ۟
१३) र हामीले तिमीभन्दा अघि अनेक समूहहरूलाई नष्ट गरिसकेका छौं, जब तिनीहरूले अत्याचार गरे र तिनीहरूको पासमा पैगम्बरहरू स्पष्ट प्रमाणहरू लिएर आए, तर तिनीहरूले ईमान ल्याउनेवाला थिएनन् । हामी अपराधीहरूलाई यस्तै सजाय दिने गर्दछौं ।
Tafsiran larabci:
ثُمَّ جَعَلْنٰكُمْ خَلٰٓىِٕفَ فِی الْاَرْضِ مِنْ بَعْدِهِمْ لِنَنْظُرَ كَیْفَ تَعْمَلُوْنَ ۟
१४) अनि हामीले तिनीहरू पछि तिमीलाई धरतीको उत्तराधिकारी बनायौं ताकि हामी हेर्न सकौं कि तिमी कसरी काम गर्दछौ ।
Tafsiran larabci:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیَاتُنَا بَیِّنٰتٍ ۙ— قَالَ الَّذِیْنَ لَا یَرْجُوْنَ لِقَآءَنَا ائْتِ بِقُرْاٰنٍ غَیْرِ هٰذَاۤ اَوْ بَدِّلْهُ ؕ— قُلْ مَا یَكُوْنُ لِیْۤ اَنْ اُبَدِّلَهٗ مِنْ تِلْقَآئِ نَفْسِیْ ۚ— اِنْ اَتَّبِعُ اِلَّا مَا یُوْحٰۤی اِلَیَّ ۚ— اِنِّیْۤ اَخَافُ اِنْ عَصَیْتُ رَبِّیْ عَذَابَ یَوْمٍ عَظِیْمٍ ۟
१५) र जब तिनीहरू सामु हाम्रा आयतहरू पढेर सुनाइन्छ, जुन बिल्कुल स्पष्ट छन् त जसलाई हामीसँग साक्षात्कारको विश्वास छैन, तिनीहरूले भन्दछन्ः कि यस बाहेक अरु कुनै कुरआन (बनाएर) ल्याउनुस् वा यसलाई परिवर्तित गरिहाल्नुस् । तपाई भनिदिनुस् कि मलाई आफ्नो तर्फबाट यसमा परिवर्तन गर्ने अधिकार छैन । म त, त्यही आदेशको पालना गर्दछु जुनकि मलाई वह्य (प्रकाशना) मार्फत पठाईन्छ । यदि म आफ्नो पालनकर्ताको आदेश उल्लंघन गर्दछु भने मलाई ठूलो दिनको सजायको भय छ ।
Tafsiran larabci:
قُلْ لَّوْ شَآءَ اللّٰهُ مَا تَلَوْتُهٗ عَلَیْكُمْ وَلَاۤ اَدْرٰىكُمْ بِهٖ ۖؗۗ— فَقَدْ لَبِثْتُ فِیْكُمْ عُمُرًا مِّنْ قَبْلِهٖ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
१६) तपाई यो पनि भनिदिनुस् कि यदि अल्लाहले चाहेको भए, नत म यो (किताब) तिमीलाई पढेर सुनाउँथे र न उसैले तिमीलाई यस सम्बन्धमा अवगत गराउने थियो । यसभन्दा अगाडि म तिमीहरूको माँझमा जीवनको अधिकांश अवधि बिताइसकेको छु । के तिमीहरू यो कुरा बुझ्दैनौ ?
Tafsiran larabci:
فَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَوْ كَذَّبَ بِاٰیٰتِهٖ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الْمُجْرِمُوْنَ ۟
१७) तसर्थ त्योभन्दा ठूलो अत्याचारी को हुनसक्छ, जसले अल्लाहको बारेमा झूठो भन्छ वा उसको आयतहरूलाई असत्य ठान्दछ । निःसन्देह यस्ता अपराधीहरू सफलता पाउने छैनन् ।
Tafsiran larabci:
وَیَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَضُرُّهُمْ وَلَا یَنْفَعُهُمْ وَیَقُوْلُوْنَ هٰۤؤُلَآءِ شُفَعَآؤُنَا عِنْدَ اللّٰهِ ؕ— قُلْ اَتُنَبِّـُٔوْنَ اللّٰهَ بِمَا لَا یَعْلَمُ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ ؕ— سُبْحٰنَهٗ وَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟
१८) र यी (मानिसहरू) अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन्, जसले तिनीहरूको न केही बिगार्न सक्तछन् र न सपार्न सक्तछन् र भन्दछन् कि यिनीहरूले अल्लाहको पासमा हाम्रो सिफारिश गर्नेछन् । तपाई भनिदिनुस् कि के तिमीले अल्लाहलाई यस्तो खबर भन्दछौ, जसको जानकारी उसलाई छैन र त्यसको अस्तित्व आकाशहरूमा र पृथ्वीमा छैन । ऊ पवित्र छ, र तिनीहरूको शिर्क (अल्लाहसँग अरुलाई दाँज्नु) भन्दा धेरै उच्च छ ।
Tafsiran larabci:
وَمَا كَانَ النَّاسُ اِلَّاۤ اُمَّةً وَّاحِدَةً فَاخْتَلَفُوْا ؕ— وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَّبِّكَ لَقُضِیَ بَیْنَهُمْ فِیْمَا فِیْهِ یَخْتَلِفُوْنَ ۟
१९) र सबै मानिसहरू (अघि) एउटै समुदाय थिए । पछि विवादको सृजना भयो र यदि एउटा कुरो जुन तिम्रो पालनकर्ताबाट पहिला भइसकेको छ, नभएको भए, जुन कुरामा तिनीहरूले विवाद गरिराखेका छन्, त्यसमा तिनीहरूको अन्तिम निर्णय भइसक्ने थियो ।
Tafsiran larabci:
وَیَقُوْلُوْنَ لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ اٰیَةٌ مِّنْ رَّبِّهٖ ۚ— فَقُلْ اِنَّمَا الْغَیْبُ لِلّٰهِ فَانْتَظِرُوْا ۚ— اِنِّیْ مَعَكُمْ مِّنَ الْمُنْتَظِرِیْنَ ۟۠
२०) र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
Tafsiran larabci:
وَاِذَاۤ اَذَقْنَا النَّاسَ رَحْمَةً مِّنْ بَعْدِ ضَرَّآءَ مَسَّتْهُمْ اِذَا لَهُمْ مَّكْرٌ فِیْۤ اٰیَاتِنَا ؕ— قُلِ اللّٰهُ اَسْرَعُ مَكْرًا ؕ— اِنَّ رُسُلَنَا یَكْتُبُوْنَ مَا تَمْكُرُوْنَ ۟
२१) र जब हामीले मानिसहरूलाई दुःख पुगेपछि आफ्नो दयाले सुखको स्वाद चखाइ दिन्छौ, त्यतिखेर तिनीहरूले हाम्रा आयतहरूको बारेमा षड्यन्त्र गर्न थाल्छन् । तपाई भनिदिनुस् कि अल्लाहले छिट्टै आफ्नो योजना सम्पन्न गर्नेवाला छ र जुन षड्यन्त्रपूर्ण योजना तिमीले बनाइराखेका छौ, हाम्रा फरिश्ताहरू ती सबै लेखिराखेका छन् ।
Tafsiran larabci:
هُوَ الَّذِیْ یُسَیِّرُكُمْ فِی الْبَرِّ وَالْبَحْرِ ؕ— حَتّٰۤی اِذَا كُنْتُمْ فِی الْفُلْكِ ۚ— وَجَرَیْنَ بِهِمْ بِرِیْحٍ طَیِّبَةٍ وَّفَرِحُوْا بِهَا جَآءَتْهَا رِیْحٌ عَاصِفٌ وَّجَآءَهُمُ الْمَوْجُ مِنْ كُلِّ مَكَانٍ وَّظَنُّوْۤا اَنَّهُمْ اُحِیْطَ بِهِمْ ۙ— دَعَوُا اللّٰهَ مُخْلِصِیْنَ لَهُ الدِّیْنَ ۚ۬— لَىِٕنْ اَنْجَیْتَنَا مِنْ هٰذِهٖ لَنَكُوْنَنَّ مِنَ الشّٰكِرِیْنَ ۟
२२) ऊ त्यही अल्लाह हो, जसले तिमीलाई सुखा जमिन र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर सबै अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।
Tafsiran larabci:
فَلَمَّاۤ اَنْجٰىهُمْ اِذَا هُمْ یَبْغُوْنَ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ ؕ— یٰۤاَیُّهَا النَّاسُ اِنَّمَا بَغْیُكُمْ عَلٰۤی اَنْفُسِكُمْ ۙ— مَّتَاعَ الْحَیٰوةِ الدُّنْیَا ؗ— ثُمَّ اِلَیْنَا مَرْجِعُكُمْ فَنُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
२३) तर जब अल्लाह तिनीहरूलाई बचाइदिन्छ तब तिनीहरूले तुरुन्तै पृथ्वीमा नाहक उपद्रव गर्न थाल्छन् । मानिसहरू हो ! तिम्रो यो उद्दण्डता तिम्रो लागि नै हानिकारक हुनेछ । सांसारिक जीवनका केही फाइदा छन् तर फेरि तिमीले हाम्रै पासमा फर्केर आउनु पर्नेछ अनि हामीले तिमीलाई तिमीले गरेको सबै देखाउने छौं ।
Tafsiran larabci:
اِنَّمَا مَثَلُ الْحَیٰوةِ الدُّنْیَا كَمَآءٍ اَنْزَلْنٰهُ مِنَ السَّمَآءِ فَاخْتَلَطَ بِهٖ نَبَاتُ الْاَرْضِ مِمَّا یَاْكُلُ النَّاسُ وَالْاَنْعَامُ ؕ— حَتّٰۤی اِذَاۤ اَخَذَتِ الْاَرْضُ زُخْرُفَهَا وَازَّیَّنَتْ وَظَنَّ اَهْلُهَاۤ اَنَّهُمْ قٰدِرُوْنَ عَلَیْهَاۤ ۙ— اَتٰىهَاۤ اَمْرُنَا لَیْلًا اَوْ نَهَارًا فَجَعَلْنٰهَا حَصِیْدًا كَاَنْ لَّمْ تَغْنَ بِالْاَمْسِ ؕ— كَذٰلِكَ نُفَصِّلُ الْاٰیٰتِ لِقَوْمٍ یَّتَفَكَّرُوْنَ ۟
२४) संसारको जीवनको अवस्था यस्तो छ जस्तो कि हामीले आकाशबाट पानी बर्सायौं, अनि त्यसलाई पृथ्वीमा मिसाई त्यसबाट बनस्पति उब्जायौं, जसलाई मानिस र पशुहरूले खान्छन् । यहाँसम्म कि पृथ्वी बनस्पतिले मनोरम र विभूषित भइहाल्यौ र मानिसहरूले ठान्नथाले कि त्यसमाथि तिनीहरूको पूरा अधिकार भइसक्यो । अनि एक्कासि राति वा दिनमा हाम्रो आदेश आइपुग्यो, अनि हामीले त्यसलाई काटेर यस्तो गरिहाल्यौं जस्तो कि त्यहाँ हिजोसम्म केही छँदै थिएन । जो चिन्तन गर्ने मानिसहरू छन् तिनीहरूको निम्ति यसरी नै हामीले आफ्ना निशानीहरू खुलस्तरूपमा वर्णन गर्दछौं ।
Tafsiran larabci:
وَاللّٰهُ یَدْعُوْۤا اِلٰی دَارِ السَّلٰمِ ؕ— وَیَهْدِیْ مَنْ یَّشَآءُ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
२५) र अल्लाह सलामती (शान्ति)को घरतिर तिमीलाई बोलाउँछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ।
Tafsiran larabci:
لِلَّذِیْنَ اَحْسَنُوا الْحُسْنٰی وَزِیَادَةٌ ؕ— وَلَا یَرْهَقُ وُجُوْهَهُمْ قَتَرٌ وَّلَا ذِلَّةٌ ؕ— اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَنَّةِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
२६) जसले असल काम गरे तिनीहरूको निम्ति राम्रो प्रतिफल छ र (केही) बढी पनि । र तिनीहरूको अनुहार न अँध्यारो हुनेछ र न त अपमानित हुनेछ । यिनीहरू स्वर्गबासी हुनेछन् र तिनीहरू सदाको लागि त्यहाँ बास गर्नेछन् ।
Tafsiran larabci:
وَالَّذِیْنَ كَسَبُوا السَّیِّاٰتِ جَزَآءُ سَیِّئَةٍ بِمِثْلِهَا ۙ— وَتَرْهَقُهُمْ ذِلَّةٌ ؕ— مَا لَهُمْ مِّنَ اللّٰهِ مِنْ عَاصِمٍ ۚ— كَاَنَّمَاۤ اُغْشِیَتْ وُجُوْهُهُمْ قِطَعًا مِّنَ الَّیْلِ مُظْلِمًا ؕ— اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
२७) र जसले नराम्रा काम गरे, तिनीहरूको दुष्कर्मको प्रतिफल पनि त्यस्तै नै हुनेछ र अपमानले तिनीहरूको अनुहारलाई ढाक्नेछ, र कोही पनि तिनीहरूलाई अल्लाहको क्रोधबाट बचाउनेवाला हुनेछैन । तिनीहरूको अनुहारको कालोपनको अवस्था यस्तो हुनेछ जस्तो कालो रातिका अनेक परतहरूबाट छोपिएका छन् । यिनीहरू नर्कमा जाने हुन्, र सधैं त्यसैमा रहनेछन् ।
Tafsiran larabci:
وَیَوْمَ نَحْشُرُهُمْ جَمِیْعًا ثُمَّ نَقُوْلُ لِلَّذِیْنَ اَشْرَكُوْا مَكَانَكُمْ اَنْتُمْ وَشُرَكَآؤُكُمْ ۚ— فَزَیَّلْنَا بَیْنَهُمْ وَقَالَ شُرَكَآؤُهُمْ مَّا كُنْتُمْ اِیَّانَا تَعْبُدُوْنَ ۟
२८) र त्यो दिन पनि वर्णन योग्य छ जुनदिन तिनीहरूलाई एकत्रित गर्नेछौं । अनि हामी मुश्रिकहरूसित भन्ने छौः कि तिमी र तिमीले ठहर्याएका साझेदारहरू आ–आफ्ना ठाउँहरूमा उभिराख । अनि हामीले तिनीहरूमा मतभेद गराइदिन्छौं र तिनीहरूका साझेदारहरूले भन्ने छन्ः कि तिमी हाम्रो पूजा त गर्दैनथ्यौ ।
Tafsiran larabci:
فَكَفٰی بِاللّٰهِ شَهِیْدًا بَیْنَنَا وَبَیْنَكُمْ اِنْ كُنَّا عَنْ عِبَادَتِكُمْ لَغٰفِلِیْنَ ۟
२९) अतः हाम्रो तिम्रो बीचमा अल्लाह नै साक्षीको रूपमा पर्याप्त छ । हामी तिम्रो पूजापाटबाट अनभिज्ञ नै थियौं ।
Tafsiran larabci:
هُنَالِكَ تَبْلُوْا كُلُّ نَفْسٍ مَّاۤ اَسْلَفَتْ وَرُدُّوْۤا اِلَی اللّٰهِ مَوْلٰىهُمُ الْحَقِّ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟۠
३०) त्यहाँ प्रत्येक मानिसले आफ्नो पहिलाका कार्यहरूको निरीक्षण गर्नेछ र तिनीहरूले आफ्नो वास्तविक स्वामीतिर फर्काइने छन्, र तिनीहरूले गढेका सबै झूठा कुराहरू हराउने छन् ।
Tafsiran larabci:
قُلْ مَنْ یَّرْزُقُكُمْ مِّنَ السَّمَآءِ وَالْاَرْضِ اَمَّنْ یَّمْلِكُ السَّمْعَ وَالْاَبْصَارَ وَمَنْ یُّخْرِجُ الْحَیَّ مِنَ الْمَیِّتِ وَیُخْرِجُ الْمَیِّتَ مِنَ الْحَیِّ وَمَنْ یُّدَبِّرُ الْاَمْرَ ؕ— فَسَیَقُوْلُوْنَ اللّٰهُ ۚ— فَقُلْ اَفَلَا تَتَّقُوْنَ ۟
३१) तपाई (तिनीहरूसँग) भन्नुस् कि तिमीलाई आकाश र जमिनबाट जीविका कसले प्रदान गर्दछ वा तिम्रो कान र आँखामाथि कसको अख्तियारी छ र मृतकबाट प्राणवाला कसले बनाउँछ र प्राणवानबाट प्राणहीन कसले गर्दछ ? र त्यो को हो जसले सबै कामको योजना बनाउँछ ? त तिनीहरूले अवश्य भन्ने छन् किः ‘‘अल्लाह’’, तसर्थ भन्नुस् कि त्यसो भए तिमी (अल्लाहसँग) किन डराउँदैनौ ?
Tafsiran larabci:
فَذٰلِكُمُ اللّٰهُ رَبُّكُمُ الْحَقُّ ۚ— فَمَاذَا بَعْدَ الْحَقِّ اِلَّا الضَّلٰلُ ۚ— فَاَنّٰی تُصْرَفُوْنَ ۟
३२) यो हो अल्लाह जुन तिम्रो वास्तविक पालनहार हो, र सत्य कुरा प्रकट भइसकेपछि पथभ्रष्टता बाहेक अरु बाँकी नै के रहन्छर ? तसर्थ तिमी किन असल बाटोबाट टाढिदै गएका छौ ?
Tafsiran larabci:
كَذٰلِكَ حَقَّتْ كَلِمَتُ رَبِّكَ عَلَی الَّذِیْنَ فَسَقُوْۤا اَنَّهُمْ لَا یُؤْمِنُوْنَ ۟
३३) यस प्रकार तपार्इको प्रतिपालकका यी शब्दहरू उल्लंघनकारीहरूमाथि प्रमाणित भइसकेको छ, कि उनीहरू ईमान ल्याउने छैनन् ।
Tafsiran larabci:
قُلْ هَلْ مِنْ شُرَكَآىِٕكُمْ مَّنْ یَّبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ ؕ— قُلِ اللّٰهُ یَبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ فَاَنّٰی تُؤْفَكُوْنَ ۟
३४) तपाईले भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये यस्तो को छ ? जसले पहिलो पटक पनि सृष्टिको प्रारम्भ गरोस् र त्यसलाई दोस्रो पटक पनि दोहोरयाओस् (सृष्टि गरेस्)। तपाईले भनिदिनुस् कि त्यो अल्लाह नै हो जसले सृष्टिको शुरूआत गर्दछ र त्यसको पुनरावृति पनि गर्दछ, तसर्थ तिमी कहाँ पथभ्रमित भइराखेका छौ ?
Tafsiran larabci:
قُلْ هَلْ مِنْ شُرَكَآىِٕكُمْ مَّنْ یَّهْدِیْۤ اِلَی الْحَقِّ ؕ— قُلِ اللّٰهُ یَهْدِیْ لِلْحَقِّ ؕ— اَفَمَنْ یَّهْدِیْۤ اِلَی الْحَقِّ اَحَقُّ اَنْ یُّتَّبَعَ اَمَّنْ لَّا یَهِدِّیْۤ اِلَّاۤ اَنْ یُّهْدٰی ۚ— فَمَا لَكُمْ ۫— كَیْفَ تَحْكُمُوْنَ ۟
३५) तपाई भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये कोही यस्तो छ जसले सत्यको मार्ग देखाउन सक्तछ ? तपाई भनिदिनुस् कि अल्लाहले नै सत्यको मार्ग देखाउँछ । अनि के जसले सत्यको मार्ग देखाउँछ, त्यो यस योग्य छ कि त्यसको अनुशरण गरियोस् अथवा त्यो जसलाई जबसम्म मार्ग न देखाइयोस् तबसम्म आफै बाटो पाउँदैन ? तसर्थ तिमीलाई के भएको छ, तिमी कस्तो फैसला गर्दछौ ?
Tafsiran larabci:
وَمَا یَتَّبِعُ اَكْثَرُهُمْ اِلَّا ظَنًّا ؕ— اِنَّ الظَّنَّ لَا یُغْنِیْ مِنَ الْحَقِّ شَیْـًٔا ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌۢ بِمَا یَفْعَلُوْنَ ۟
३६) र तिनीहरूमध्ये धेरै जसोले मात्र अनुमानको भरमा हिड्दैछन् र सत्यको अगाडि अनुमानको कुनै उपादेयता छैन यिनीहरू जे सुकै गरिरहेका छन् अल्लाह ती समस्तलार्इ जान्दछ ।
Tafsiran larabci:
وَمَا كَانَ هٰذَا الْقُرْاٰنُ اَنْ یُّفْتَرٰی مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ تَصْدِیْقَ الَّذِیْ بَیْنَ یَدَیْهِ وَتَفْصِیْلَ الْكِتٰبِ لَا رَیْبَ فِیْهِ مِنْ رَّبِّ الْعٰلَمِیْنَ ۟۫
३७) र यो कुरआन यस्तो छैन कि अल्लाह बाहेक अरु कसैले आफ्नो तर्फबाट रचेर ल्याउन सकोस् । अपितु यसले जुन ग्रन्थहरू यसभन्दा अगाडिका छन् तिनीलाई प्रमाणित गर्दछ र आवश्यक निर्देशनहरूको यसमा विवरण छ । यसमा कुनै शंका छैन कि यो पालनकर्ताबाट प्रदान गरिएको हो ।
Tafsiran larabci:
اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ؕ— قُلْ فَاْتُوْا بِسُوْرَةٍ مِّثْلِهٖ وَادْعُوْا مَنِ اسْتَطَعْتُمْ مِّنْ دُوْنِ اللّٰهِ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
३८) के यिनीहरूले यो भन्दछन्ः कि पैगम्बरले त्यसलाई आफ्नो तर्फबाट रचेका हुन् । भनिदिनुस् कि यदि साँचो हौ भने तिमीले पनि यस्तै प्रकारको एक सूरः बनाएर ल्याऊ, र अल्लाह बाहेक जसलाई तिमी बोलाउन सक्छौ बोलाइहाल यदि तिमी साँचो छौ ।
Tafsiran larabci:
بَلْ كَذَّبُوْا بِمَا لَمْ یُحِیْطُوْا بِعِلْمِهٖ وَلَمَّا یَاْتِهِمْ تَاْوِیْلُهٗ ؕ— كَذٰلِكَ كَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الظّٰلِمِیْنَ ۟
३९) वास्वविकता यो हो कि जुन कुराको ज्ञानमाथि नियन्त्रण प्राप्त गर्न सकेनन् त्यसलाई झूठा भनी आरोप लगाए, र यसैले यसको सत्यता उनीमाथि प्रकट नै भएको छैन । यसैगरी जो मानिसहरू यिनीहरूभन्दा पहिला थिए तिनीहरूले पनि झूठ भनेका थिए, तसर्थ हेर्नुस् ती अत्याचारीहरूको परिणाम कस्तो भयो ?
Tafsiran larabci:
وَمِنْهُمْ مَّنْ یُّؤْمِنُ بِهٖ وَمِنْهُمْ مَّنْ لَّا یُؤْمِنُ بِهٖ ؕ— وَرَبُّكَ اَعْلَمُ بِالْمُفْسِدِیْنَ ۟۠
४०) र यिनीहरूमध्ये केही त यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउनेछन् र केही यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउने छैनन् । र तपाईको पालनकर्ताले उपद्रवीहरूलाई राम्ररी जान्दछ ।
Tafsiran larabci:
وَاِنْ كَذَّبُوْكَ فَقُلْ لِّیْ عَمَلِیْ وَلَكُمْ عَمَلُكُمْ ۚ— اَنْتُمْ بَرِیْٓـُٔوْنَ مِمَّاۤ اَعْمَلُ وَاَنَا بَرِیْٓءٌ مِّمَّا تَعْمَلُوْنَ ۟
४१) र यदि यिनीहरूले तपाईलाई झूठा भन्दछन् भने भनिदिनुस् कि मलाई मेरो कर्म र तिमीलाई तिम्रो कर्म छ । तिमी मेरा कर्महरूको उत्तरदायी छैनौ र ममाथि तिम्रा कर्महरूको जवाफदेही छैन ।
Tafsiran larabci:
وَمِنْهُمْ مَّنْ یَّسْتَمِعُوْنَ اِلَیْكَ ؕ— اَفَاَنْتَ تُسْمِعُ الصُّمَّ وَلَوْ كَانُوْا لَا یَعْقِلُوْنَ ۟
४२) र यिनीहरूमध्ये केही यस्ता छन्, जसले तपाईतिर कान थापि बसेका छन् । त के तपाईले बहिराहरूलाई सुनाउनु हुन्छ, यद्यपि तिनीहरू केही पनि बुझ्ने गर्दैनन् ।
Tafsiran larabci:
وَمِنْهُمْ مَّنْ یَّنْظُرُ اِلَیْكَ ؕ— اَفَاَنْتَ تَهْدِی الْعُمْیَ وَلَوْ كَانُوْا لَا یُبْصِرُوْنَ ۟
४३) र तिनीहरूमध्ये केही यस्ता छन् जसले तपाईतिर हेर्दैछन्, त के तपाईले अन्धाहरूलाई बाटो देखाउनुहुन्छ, यद्यपि उनी केही पनि देख्ने छैनन् ।
Tafsiran larabci:
اِنَّ اللّٰهَ لَا یَظْلِمُ النَّاسَ شَیْـًٔا وَّلٰكِنَّ النَّاسَ اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
४४) यो निश्चित (वास्तविक) कुरा हो कि अल्लाह त मानिसहरूमाथि केही अत्याचार गर्दैन, तर मानिसहरू आफूले नै आफूमाथि अत्याचार गर्दछन् ।
Tafsiran larabci:
وَیَوْمَ یَحْشُرُهُمْ كَاَنْ لَّمْ یَلْبَثُوْۤا اِلَّا سَاعَةً مِّنَ النَّهَارِ یَتَعَارَفُوْنَ بَیْنَهُمْ ؕ— قَدْ خَسِرَ الَّذِیْنَ كَذَّبُوْا بِلِقَآءِ اللّٰهِ وَمَا كَانُوْا مُهْتَدِیْنَ ۟
४५) र जुन दिन अल्लाहले तिनीहरूलाई (आफू समक्ष) एकत्रित गर्नेछ त्यसदिनको स्मरण गराउनुस् कि तिनीहरूलाई यस्तो महसूस हुनेछ जस्तो कि दिनको एक घण्टाभन्दा बढी त्यहाँ थिएनन् (र) आपसमा एक अर्कालाई चिन्न उभिएका (रूकेका) छन् । जुन मानिसहरूले अल्लाहको अगाडि उपस्थित हुने कुरो झूठा भने, तिनीहरू घाटामा परिहाले र तिनीहरू सहि बाटो पाउनेवाला थिएनन् ।
Tafsiran larabci:
وَاِمَّا نُرِیَنَّكَ بَعْضَ الَّذِیْ نَعِدُهُمْ اَوْ نَتَوَفَّیَنَّكَ فَاِلَیْنَا مَرْجِعُهُمْ ثُمَّ اللّٰهُ شَهِیْدٌ عَلٰی مَا یَفْعَلُوْنَ ۟
४६) र मैले जसको वाचा गरेको छु त्यसमध्येबाट केही यदि मैले तपाईलाई देखाऊँ अथवा तपाईलाई मृत्यु दिऊँ भनेपनि मेरो नजिक उनीहरूले आउनु नै पर्नेछ । फेरि अल्लाह उनीहरूको सबै कर्महरूको साक्षी छ ।
Tafsiran larabci:
وَلِكُلِّ اُمَّةٍ رَّسُوْلٌ ۚ— فَاِذَا جَآءَ رَسُوْلُهُمْ قُضِیَ بَیْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
४७) र प्रत्येक समुदायको लागि एउटा पैगम्बर पठाइयो, जब तिनीहरूको पैगम्बर आउँछ त उनीहरूमा न्यायपूर्ण तरिकाले फैसला गरिदिइनेछ र तिनीहरूमाथि कुनै अत्याचार गरिदैन ।
Tafsiran larabci:
وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
४८) र यिनीहरूले भन्दछन् कि यदि तिमी साँचो हौ भने यो वाचा कहिले (पूरा) हुनेछ ।
Tafsiran larabci:
قُلْ لَّاۤ اَمْلِكُ لِنَفْسِیْ ضَرًّا وَّلَا نَفْعًا اِلَّا مَا شَآءَ اللّٰهُ ؕ— لِكُلِّ اُمَّةٍ اَجَلٌ ؕ— اِذَا جَآءَ اَجَلُهُمْ فَلَا یَسْتَاْخِرُوْنَ سَاعَةً وَّلَا یَسْتَقْدِمُوْنَ ۟
४९) तपार्इ भनिदिनुस् कि मलाई त आफ्नो व्यक्तिगत हानि र लाभबारे पनि कुनै अधिकार छैन, त्यस बाहेक जति अल्लाहले इच्छा गर्दछ । प्रत्येक समुदायको लागि (मृत्युको) समय निर्धारित छ । जब निर्धारित समय आइपुग्दछ त एकछिन पनि ढिलो गर्न सक्दैनन् र नत छिटो गर्न सक्तछन् ।
Tafsiran larabci:
قُلْ اَرَءَیْتُمْ اِنْ اَتٰىكُمْ عَذَابُهٗ بَیَاتًا اَوْ نَهَارًا مَّاذَا یَسْتَعْجِلُ مِنْهُ الْمُجْرِمُوْنَ ۟
५०) तपार्इ भनिदिनुस् कि हेर ! उसको दण्ड यदि तिमीमाथि एक्कासी राती वा दिनमा आइपुगोस्, त फेरि सजायमा यस्तो के लाभ छ जुन अपराधीहरूले छिटै माँगिरहेकाछन् ।
Tafsiran larabci:
اَثُمَّ اِذَا مَا وَقَعَ اٰمَنْتُمْ بِهٖ ؕ— آٰلْـٰٔنَ وَقَدْ كُنْتُمْ بِهٖ تَسْتَعْجِلُوْنَ ۟
५१) के त्यो आइसकेपछि मात्र त्यसमथि विश्वास गर्नेछौ ? के अब विश्वास गरिहाल्यौ जबकि यसैको निम्ति त तिमीले हतार गर्ने गर्दथ्यौ ।
Tafsiran larabci:
ثُمَّ قِیْلَ لِلَّذِیْنَ ظَلَمُوْا ذُوْقُوْا عَذَابَ الْخُلْدِ ۚ— هَلْ تُجْزَوْنَ اِلَّا بِمَا كُنْتُمْ تَكْسِبُوْنَ ۟
५२) अनि अत्याचारीहरूसित भनिनेछः कि स्थायी दण्डको स्वाद चाख । तिमी त तिमीले गरेकै कर्महरूको प्रतिफल पाएका छौ ।
Tafsiran larabci:
وَیَسْتَنْۢبِـُٔوْنَكَ اَحَقٌّ هُوَ ؔؕ— قُلْ اِیْ وَرَبِّیْۤ اِنَّهٗ لَحَقٌّ ؔؕ— وَمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ ۟۠
५३) र तिनीहरूले तपाईसँग सोध्छन्ः कि के (यो) सजाय साँचो हो ? तपाई भनिदिनुस् हो, मेरो पालनहारको शपथ छ, त्यो वास्तवमा साँचो हो । र तिमी अल्लाहलाई प्रास्त गर्न सक्ने छैनौ ।
Tafsiran larabci:
وَلَوْ اَنَّ لِكُلِّ نَفْسٍ ظَلَمَتْ مَا فِی الْاَرْضِ لَافْتَدَتْ بِهٖ ؕ— وَاَسَرُّوا النَّدَامَةَ لَمَّا رَاَوُا الْعَذَابَ ۚ— وَقُضِیَ بَیْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
५४) र यदि हरेक (मुश्रिक) उल्लंघनकारीसित धर्तीका सम्पूर्ण कुराहरू छन् भने ती सबै कुरा आफू बच्नको लागि दिन तयार हुनेछ । र जब तिनीहरूले सजाय देख्दछन् त लज्जालाई लुकाउनेछन्, र तिनीहरूमा न्यायपूर्ण रूपले फैसला गरिनेछ, र तिनीहरूमाथि कुनै प्रकारको अत्याचार गरिनेछैन ।
Tafsiran larabci:
اَلَاۤ اِنَّ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— اَلَاۤ اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ وَّلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
५५) सुनिराखः कि जे जति आकाशहरू र पृथ्वीमा छन्, सबै अल्लाहकै साम्राज्य हुन् । र यो पनि सुनिराख कि अल्लाहको वचन साँचो छ, तर तिनीहरूमध्ये धेरैजसोले बुझ्दैनन् ।
Tafsiran larabci:
هُوَ یُحْیٖ وَیُمِیْتُ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟
५६) उसैले जीवन दिन्छ, र उसैले प्राण निकाल्छ, र तिमीहरू सबै उसैतिर ल्याइनेछौ ।
Tafsiran larabci:
یٰۤاَیُّهَا النَّاسُ قَدْ جَآءَتْكُمْ مَّوْعِظَةٌ مِّنْ رَّبِّكُمْ وَشِفَآءٌ لِّمَا فِی الصُّدُوْرِ ۙ۬— وَهُدًی وَّرَحْمَةٌ لِّلْمُؤْمِنِیْنَ ۟
५७) हे मानिसहरू ! तिम्रो पासमा पालनकर्ताको तर्फबाट उपदेश र हृदयका रोगहरूको निम्ति उपचार र मोमिनहरूको लागि मार्गदर्शन र दया आइपुगेको छ ।
Tafsiran larabci:
قُلْ بِفَضْلِ اللّٰهِ وَبِرَحْمَتِهٖ فَبِذٰلِكَ فَلْیَفْرَحُوْا ؕ— هُوَ خَیْرٌ مِّمَّا یَجْمَعُوْنَ ۟
५८) तपाई भनिदिनुस्ः कि यो किताब अल्लाहको कृपा र उसैको दयालुताबाट प्रदान गरिएको छ तसर्थ यसबाट मानिसहरू प्रसन्न हुनुपर्छ । यो त्यसबाट धेरै राम्रो छ जुन तिनीहरूले सम्पत्तिको रूपमा थुपार्छन् ।
Tafsiran larabci:
قُلْ اَرَءَیْتُمْ مَّاۤ اَنْزَلَ اللّٰهُ لَكُمْ مِّنْ رِّزْقٍ فَجَعَلْتُمْ مِّنْهُ حَرَامًا وَّحَلٰلًا ؕ— قُلْ آٰللّٰهُ اَذِنَ لَكُمْ اَمْ عَلَی اللّٰهِ تَفْتَرُوْنَ ۟
५९) तपाई भन्नुस् कि हेर, अल्लाहले तिम्रो निम्ति जुन जीविका प्रदान गरेको थियो, तिमीले तीमध्ये केहीलाई त्याज्य ठहरायौ र केहीलाई ग्रहणीय (हलाल), तिनीहरूसित सोध्नुस्, के अल्लाहले तिमीलाई यसको आदेश दिएको थियो वा तिमी अल्लाहमाथि झूठो दोष लगाइराखेका छौ ?
Tafsiran larabci:
وَمَا ظَنُّ الَّذِیْنَ یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّ اللّٰهَ لَذُوْ فَضْلٍ عَلَی النَّاسِ وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَشْكُرُوْنَ ۟۠
६०) र जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरूले कियामतको दिनको बारेमा के विचार गर्दछन् ? निःसन्देह अल्लाह मानिसहरूमाथि दयावान छ, तर धेरैजसो आभार प्रकट गर्दैनन् ।
Tafsiran larabci:
وَمَا تَكُوْنُ فِیْ شَاْنٍ وَّمَا تَتْلُوْا مِنْهُ مِنْ قُرْاٰنٍ وَّلَا تَعْمَلُوْنَ مِنْ عَمَلٍ اِلَّا كُنَّا عَلَیْكُمْ شُهُوْدًا اِذْ تُفِیْضُوْنَ فِیْهِ ؕ— وَمَا یَعْزُبُ عَنْ رَّبِّكَ مِنْ مِّثْقَالِ ذَرَّةٍ فِی الْاَرْضِ وَلَا فِی السَّمَآءِ وَلَاۤ اَصْغَرَ مِنْ ذٰلِكَ وَلَاۤ اَكْبَرَ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟
६१) र तिमी जुनसुकै अवस्थामा हुन्छौ वा कुरआनबाट केही पाठ गर्छौ वा तिमीहरूले कुनै अन्य कामगर्दा जब त्यसमा संलग्न हुन्छौ, हामी त्यसको जानकारी राख्दछौ र तिम्रो पालनकर्ताबाट कुनै कुरा लेस मात्र पनि लुकेको छैन, न जमिनमा, न आकाशमा र न कुनै कुरा त्यसभन्दा सानो छ वा ठूलो तर यी सबै स्पष्ट किताबमा लेखिएको छ ।
Tafsiran larabci:
اَلَاۤ اِنَّ اَوْلِیَآءَ اللّٰهِ لَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ۚ
६२) सुनिराखः कि अल्लाहका मित्रहरूलाई न कुनै भय–त्रास हुनेछ र नत तिनीहरू दुःखी नै हुनेछन् ।
Tafsiran larabci:
الَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟ؕ
६३) यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे ।
Tafsiran larabci:
لَهُمُ الْبُشْرٰی فِی الْحَیٰوةِ الدُّنْیَا وَفِی الْاٰخِرَةِ ؕ— لَا تَبْدِیْلَ لِكَلِمٰتِ اللّٰهِ ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟ؕ
६४) तिनीहरूको निम्ति सांसारिक जीवनमा पनि शुभसन्देश छ, र परलोकमा पनि । अल्लाहको कुरामा परिवर्तन हुँदैन, यहि त ठूलो सफलता हो ।
Tafsiran larabci:
وَلَا یَحْزُنْكَ قَوْلُهُمْ ۘ— اِنَّ الْعِزَّةَ لِلّٰهِ جَمِیْعًا ؕ— هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
६५) (र हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! ती मानिसहरूका दुर्वचन तिमीलाई दुःखी नपारोस् किनभने सम्पूर्ण मर्यादा अल्लाहकै लागि हो । ऊ सबैकुरा सुन्दछ र जान्दछ ।
Tafsiran larabci:
اَلَاۤ اِنَّ لِلّٰهِ مَنْ فِی السَّمٰوٰتِ وَمَنْ فِی الْاَرْضِ ؕ— وَمَا یَتَّبِعُ الَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ شُرَكَآءَ ؕ— اِنْ یَّتَّبِعُوْنَ اِلَّا الظَّنَّ وَاِنْ هُمْ اِلَّا یَخْرُصُوْنَ ۟
६६) यादराख कि जे जति आकाशहरूमा छन् र जति पृथ्वीमा छन् सबै अल्लाहकै हुन् । र जसले अल्लाह बाहेक आफूले चाहेको साझेदारहरूलाई पुकार्दछन्, उनीहरू कसको अनुशरण गरिरहेका छन् ? ती मात्र अप्रमाणित कुराहरूको अनुशरण गर्दैछन् र अनुमान मात्र लगाउँदै छन् ।
Tafsiran larabci:
هُوَ الَّذِیْ جَعَلَ لَكُمُ الَّیْلَ لِتَسْكُنُوْا فِیْهِ وَالنَّهَارَ مُبْصِرًا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّسْمَعُوْنَ ۟
६७) ऊ नै हो जसले तिम्रो निम्ति राति बनायो ताकि त्यसमा आराम गर, र हेर्नुको लागि उज्यालो दिन बनायो । निस्सन्देह त्यसमा ध्यानबाट सुन्नेहरूको लागि निशानीहरू छन् ।
Tafsiran larabci:
قَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا سُبْحٰنَهٗ ؕ— هُوَ الْغَنِیُّ ؕ— لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— اِنْ عِنْدَكُمْ مِّنْ سُلْطٰنٍ بِهٰذَا ؕ— اَتَقُوْلُوْنَ عَلَی اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
६८) तिनीहरू भन्दछन्ः कि अल्लाह आफनो लागि एउटा पुत्र ग्रहण गरेको छ, त्यो पवित्र छ (यस आरोपबाट) । अल्लाह कसैको मुखापेक्षी (मुहताज) छैन, ऊ स्वयं परिपूर्ण र महान छ । जे जति आकाशहरूमा र जे जति जमिनमा छन् ती सबै उसैको अधीन छन् ! तिमीसित यस झूठो कुराको कुनै प्रमाण छैन । तिमीले अल्लाहको बारेमा यस्तो कुरा भन्दछौ जसको तिमीलार्इ ज्ञान नै छैन ?
Tafsiran larabci:
قُلْ اِنَّ الَّذِیْنَ یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ لَا یُفْلِحُوْنَ ۟ؕ
६९) भनिदिनुस्ः कि जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरू सफलता पाउने छैनन् ।
Tafsiran larabci:
مَتَاعٌ فِی الدُّنْیَا ثُمَّ اِلَیْنَا مَرْجِعُهُمْ ثُمَّ نُذِیْقُهُمُ الْعَذَابَ الشَّدِیْدَ بِمَا كَانُوْا یَكْفُرُوْنَ ۟۠
७०) यस संसारमा तिनीहरूलाई केही फाइदाहरू छन् अन्ततः उनीलार्इ हामीतिरै फर्केर आउनुछ, त्यति बेला हामी तिनीहरूलाई कुफ्र गरेको बदलामा कडा सजायको स्वाद चखाउने छौं ।
Tafsiran larabci:
وَاتْلُ عَلَیْهِمْ نَبَاَ نُوْحٍ ۘ— اِذْ قَالَ لِقَوْمِهٖ یٰقَوْمِ اِنْ كَانَ كَبُرَ عَلَیْكُمْ مَّقَامِیْ وَتَذْكِیْرِیْ بِاٰیٰتِ اللّٰهِ فَعَلَی اللّٰهِ تَوَكَّلْتُ فَاَجْمِعُوْۤا اَمْرَكُمْ وَشُرَكَآءَكُمْ ثُمَّ لَا یَكُنْ اَمْرُكُمْ عَلَیْكُمْ غُمَّةً ثُمَّ اقْضُوْۤا اِلَیَّ وَلَا تُنْظِرُوْنِ ۟
७१) र तपाईले उनीलाई नूहको कथा पढेर सुनाइदिनुस्, जब उनले आफ्नो समुदायसित भनेः हे मेरो कौमका मानिसहरू ! यदि तिमीलाई तिमीहरूको माझमा मेरो बसाई र अल्लाहका आयतहरूबारे स्मरण गराउन नराम्रो लाग्दछ भने, म त अल्लाहमाथि नै भरोसा राख्दछु, तिमीले आफ्ना साझेदारहरूसँग मिलेर आफ्नो उपाय गरिहाल । फेरि तिम्रो उपाय तिम्रो कष्टको कारण नबनोस्, अनि त्यो काम मेरो सम्बन्धमा गरिहाल र मलाई समय नदेऊ ।
Tafsiran larabci:
فَاِنْ تَوَلَّیْتُمْ فَمَا سَاَلْتُكُمْ مِّنْ اَجْرٍ ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی اللّٰهِ ۙ— وَاُمِرْتُ اَنْ اَكُوْنَ مِنَ الْمُسْلِمِیْنَ ۟
७२) फेरि पनि यदि तिमीले विमुख नै हुन्छौ भने मैले तिमीबाट कुनै पारितोषिक त माँगेको छैन । मेरो मजदूरी त मात्र अल्लाहसंग छ, र मलाई आदेश दिइएको छ कि म मुसलमानहरूमध्येबाट रहूँ ।
Tafsiran larabci:
فَكَذَّبُوْهُ فَنَجَّیْنٰهُ وَمَنْ مَّعَهٗ فِی الْفُلْكِ وَجَعَلْنٰهُمْ خَلٰٓىِٕفَ وَاَغْرَقْنَا الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا ۚ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الْمُنْذَرِیْنَ ۟
७३) तर उनीहरूले उनलाई झूठो मानिराखे, त हामीले उनलाई र जो मानिसहरू उनका साथ डुंगामा सवार थिए, सबैलाई बचाइहाल्यौं, र उनलाई (धर्तीको) उत्तराधिकारी बनायौं, र उनीहरूलाई डुबाई दियौं जसले हाम्रो निशानीलाई झूठो मानेका थिए, यो हेर्नु पर्नेछ कि जुन मानिसहरूलाई सावधान गरिएको थियो, तिनीहरूको कस्तो परिणाम भयो ।
Tafsiran larabci:
ثُمَّ بَعَثْنَا مِنْ بَعْدِهٖ رُسُلًا اِلٰی قَوْمِهِمْ فَجَآءُوْهُمْ بِالْبَیِّنٰتِ فَمَا كَانُوْا لِیُؤْمِنُوْا بِمَا كَذَّبُوْا بِهٖ مِنْ قَبْلُ ؕ— كَذٰلِكَ نَطْبَعُ عَلٰی قُلُوْبِ الْمُعْتَدِیْنَ ۟
७४) अनि नूह(अलैहिस्सलाम) पछि हामीले अरु पैगम्बरहरूलाई तिनीहरूको कौमतर्फ पठायौं, त उनीहरूले तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए तर तिनीहरूले अघि अस्वीकार गरिसकेको कुरामा फेरि विश्वास गर्ने थिएनन् । यसै प्रकार हामीले उल्लंघनकारीहरूको हृदयमाथि छाप लगाइदिन्छौं ।
Tafsiran larabci:
ثُمَّ بَعَثْنَا مِنْ بَعْدِهِمْ مُّوْسٰی وَهٰرُوْنَ اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ بِاٰیٰتِنَا فَاسْتَكْبَرُوْا وَكَانُوْا قَوْمًا مُّجْرِمِیْنَ ۟
७५) अनि तिनीहरूपछि (सन्देष्टाहरूपछि) हामीले मूसा (अलैहिस्सलाम) र हारून (अलैहिस्सलाम)लाई आफ्ना निशानीहरू दिएर फिरऔन र त्यसका नायकहरूको पासमा पठायौं तब तिनीहरूले घमण्ड गरे, र तिनीहरू अपराधी सम्प्रदायका नै थिए ।
Tafsiran larabci:
فَلَمَّا جَآءَهُمُ الْحَقُّ مِنْ عِنْدِنَا قَالُوْۤا اِنَّ هٰذَا لَسِحْرٌ مُّبِیْنٌ ۟
७६) तसर्थ जब उनीहरूछेउ हाम्रो तर्फबाट सत्य (प्रमाण) आयो, तब उनीहरू भन्न थाले कि निःसन्देह यो खुल्लमखुल्ला जादू हो ।
Tafsiran larabci:
قَالَ مُوْسٰۤی اَتَقُوْلُوْنَ لِلْحَقِّ لَمَّا جَآءَكُمْ ؕ— اَسِحْرٌ هٰذَا ؕ— وَلَا یُفْلِحُ السّٰحِرُوْنَ ۟
७७) मूसाले भनेः के तिमीले सत्यको बारेमा जब त्यो तिम्रो पासमा आयो, यो भन्छौ कि यो जादू हो ? तर जादूगर सफल हुने छैनन् ।
Tafsiran larabci:
قَالُوْۤا اَجِئْتَنَا لِتَلْفِتَنَا عَمَّا وَجَدْنَا عَلَیْهِ اٰبَآءَنَا وَتَكُوْنَ لَكُمَا الْكِبْرِیَآءُ فِی الْاَرْضِ ؕ— وَمَا نَحْنُ لَكُمَا بِمُؤْمِنِیْنَ ۟
७८) तिनीहरूले भने कि के तिमी हाम्रो पासमा यसकारण आएका छौ कि जुन बाटोमा हामी आफ्ना पूर्वजहरूलाई हिंडेका पाएका छौं त्यसबाट हामीलाई विचलित पारीदेऊ, र यस देशमा तिमी दुवैको प्रशंसा स्थापित भइहालोस् । र हामी तिमी दुवैलाई कहिल्यै मान्नेवाला छैनौं ।
Tafsiran larabci:
وَقَالَ فِرْعَوْنُ ائْتُوْنِیْ بِكُلِّ سٰحِرٍ عَلِیْمٍ ۟
७९) र फिरऔनले आदेश दियोः कि सबै अनुभवी जादूगरहरूलाई मेरो सामु ल्याऊ ।
Tafsiran larabci:
فَلَمَّا جَآءَ السَّحَرَةُ قَالَ لَهُمْ مُّوْسٰۤی اَلْقُوْا مَاۤ اَنْتُمْ مُّلْقُوْنَ ۟
८०) अनि जब जादूगरहरू आए, तब मूसाले तिनीहरूसित भने कि तिमीहरूले जे जादू गर्न चाहन्छौ गर ।
Tafsiran larabci:
فَلَمَّاۤ اَلْقَوْا قَالَ مُوْسٰی مَا جِئْتُمْ بِهِ ۙ— السِّحْرُ ؕ— اِنَّ اللّٰهَ سَیُبْطِلُهٗ ؕ— اِنَّ اللّٰهَ لَا یُصْلِحُ عَمَلَ الْمُفْسِدِیْنَ ۟
८१) जब तिनीहरूले आफ्ना जादूहरू देखाए तब मूसाले भनेः कि जुन कुरो तिमीले बनाएर ल्याएका छौ, जादू हो । निःसन्देह अल्लाह यसलाई (एकैछिनमा) प्रभावहीन पारिदिन्छ । अल्लाहले यस्ता उपद्रवीहरूको कामलाई सफल पार्दैन ।
Tafsiran larabci:
وَیُحِقُّ اللّٰهُ الْحَقَّ بِكَلِمٰتِهٖ وَلَوْ كَرِهَ الْمُجْرِمُوْنَ ۟۠
८२) र अल्लाह आफ्नो आदेशले सत्यलाई नै स्थापित गर्दछ, चाहे अपराधिहरूले त्यसलाई जति नराम्रो माने पनि ।
Tafsiran larabci:
فَمَاۤ اٰمَنَ لِمُوْسٰۤی اِلَّا ذُرِّیَّةٌ مِّنْ قَوْمِهٖ عَلٰی خَوْفٍ مِّنْ فِرْعَوْنَ وَمَلَاۡىِٕهِمْ اَنْ یَّفْتِنَهُمْ ؕ— وَاِنَّ فِرْعَوْنَ لَعَالٍ فِی الْاَرْضِ ۚ— وَاِنَّهٗ لَمِنَ الْمُسْرِفِیْنَ ۟
८३) तर मूसामाथि धेरैले विश्वास गरेनन् तर उनको कौमका केही मानिसहरू मात्र (त्यो पनि) फिरऔन र त्यसका दरबारीयाहरूसँग डराउँदैं कि त्यसले तिनीहरूलाई दुःख नदेओस् । र फिरऔन त्यस देशमा तागत राख्दथ्यो र निःसन्देह ऊ सिमाउल्लन्घन गर्नेमध्येको थियो ।
Tafsiran larabci:
وَقَالَ مُوْسٰی یٰقَوْمِ اِنْ كُنْتُمْ اٰمَنْتُمْ بِاللّٰهِ فَعَلَیْهِ تَوَكَّلُوْۤا اِنْ كُنْتُمْ مُّسْلِمِیْنَ ۟
८४) र मूसाले भनेः हे मेरो कौमका मानिसहरू ! यदि तिमीले अल्लाहमाथि ईमान राख्दछौ भने उसैमाथि भरोसा राख यदि तिमी मुसलमान हौ ।
Tafsiran larabci:
فَقَالُوْا عَلَی اللّٰهِ تَوَكَّلْنَا ۚ— رَبَّنَا لَا تَجْعَلْنَا فِتْنَةً لِّلْقَوْمِ الظّٰلِمِیْنَ ۟ۙ
८५) त तिनीहरूले भनेः कि हामी अल्लाहमाथि भरोसा राख्दछौ, हे हाम्रा पालनकर्ता ! हामीलाई अत्याचारीको परीक्षाको (उपमाको) साधन नबनाऊ ।
Tafsiran larabci:
وَنَجِّنَا بِرَحْمَتِكَ مِنَ الْقَوْمِ الْكٰفِرِیْنَ ۟
८६) र आफ्नो कृपाले काफिरहरूको सम्प्रदायबाट मुक्त गर ।
Tafsiran larabci:
وَاَوْحَیْنَاۤ اِلٰی مُوْسٰی وَاَخِیْهِ اَنْ تَبَوَّاٰ لِقَوْمِكُمَا بِمِصْرَ بُیُوْتًا وَّاجْعَلُوْا بُیُوْتَكُمْ قِبْلَةً وَّاَقِیْمُوا الصَّلٰوةَ ؕ— وَبَشِّرِ الْمُؤْمِنِیْنَ ۟
८७) र हामीले मूसा र उनको भाइको पासमा वह्य पठायौं कि तिमी दुवैले आफ्नो मानिसहरूको निम्ति मिश्रमा केही घर बनाऊ, र आफ्ना घरहरूलाई किब्ला (मास्जिद) बनाऊ र नमाज पढ । र मोमिनहरूलाई शुभसन्देश सुनाइदेऊ ।
Tafsiran larabci:
وَقَالَ مُوْسٰی رَبَّنَاۤ اِنَّكَ اٰتَیْتَ فِرْعَوْنَ وَمَلَاَهٗ زِیْنَةً وَّاَمْوَالًا فِی الْحَیٰوةِ الدُّنْیَا ۙ— رَبَّنَا لِیُضِلُّوْا عَنْ سَبِیْلِكَ ۚ— رَبَّنَا اطْمِسْ عَلٰۤی اَمْوَالِهِمْ وَاشْدُدْ عَلٰی قُلُوْبِهِمْ فَلَا یُؤْمِنُوْا حَتّٰی یَرَوُا الْعَذَابَ الْاَلِیْمَ ۟
८८) र मूसाले भनेः हे हाम्रो पालनकर्ता ! तिमीले फिरऔन र त्यसका नायकहरूलाई सांसारिक जीवनमा (प्रशस्त) शोभनीय सामग्री, धन सम्पत्ति दिएका छौ, हे पालनकर्ता ! यस्तो यसको लागि दिएका छौ कि तिम्रो सही बाटोबाट विचलित गरुन्, हे पालनकर्ता ! यिनीहरूका धन सम्पत्तिलाई नष्ट पारिदेऊ, र यिनीहरूको हृदयलाई कठोर बनाइदेऊ, जसले यिनीहरू ईमान ल्याउन नपाउन् यहाँसम्म कि कष्टदायक सजाय देखुन् ।
Tafsiran larabci:
قَالَ قَدْ اُجِیْبَتْ دَّعْوَتُكُمَا فَاسْتَقِیْمَا وَلَا تَتَّبِعٰٓنِّ سَبِیْلَ الَّذِیْنَ لَا یَعْلَمُوْنَ ۟
८९) अल्लाहले आदेश गर्नुभयोः कि तिमीहरूको प्रार्थना स्वीकार गरियो तसर्थ तिमीहरू दृढ रह र उनीहरूको बाटोमा नलाग जुन अज्ञानी छन् ।
Tafsiran larabci:
وَجٰوَزْنَا بِبَنِیْۤ اِسْرَآءِیْلَ الْبَحْرَ فَاَتْبَعَهُمْ فِرْعَوْنُ وَجُنُوْدُهٗ بَغْیًا وَّعَدْوًا ؕ— حَتّٰۤی اِذَاۤ اَدْرَكَهُ الْغَرَقُ قَالَ اٰمَنْتُ اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّا الَّذِیْۤ اٰمَنَتْ بِهٖ بَنُوْۤا اِسْرَآءِیْلَ وَاَنَا مِنَ الْمُسْلِمِیْنَ ۟
९०) र हामीले बनी इस्राईलको सन्ततिलाई समुन्द्रपार गराइदियौं त फिरऔन र त्यसको सेनाले उनको पछि पछि अत्याचार र अन्यायको इच्छाले हिंडे । यहाँसम्म कि जब ऊ डूबाउन थाल्यो तब भन्न थाल्योः ‘‘म ईमान ल्याएँ जसमाथि बनी इस्राईलले ईमान ल्याएका छन् ऊ बाहेक कोही सत्य पूज्य छैन र म मुसलमानहरू मध्येबाट हूँ ।’’
Tafsiran larabci:
آٰلْـٰٔنَ وَقَدْ عَصَیْتَ قَبْلُ وَكُنْتَ مِنَ الْمُفْسِدِیْنَ ۟
९१) (उत्तर आयो) अहिले र्इमान ल्याउँछौ हुनत तिमी पहिला आदेशको उल्लघंन गर्दथ्यौ र उपद्रवीहरूमध्येका थियौ ।
Tafsiran larabci:
فَالْیَوْمَ نُنَجِّیْكَ بِبَدَنِكَ لِتَكُوْنَ لِمَنْ خَلْفَكَ اٰیَةً ؕ— وَاِنَّ كَثِیْرًا مِّنَ النَّاسِ عَنْ اٰیٰتِنَا لَغٰفِلُوْنَ ۟۠
९२) आज हामी तिम्रो लाशको मात्र उद्धार गर्नेछौं, ताकि तिमी पछि आउनेको निम्ति पाठ होऊ । र वास्तविकता यो छ कि धेरैजसो मानिसहरू हाम्रा निशानीहरूबाट अनभिज्ञ (अचेत) छन् ।
Tafsiran larabci:
وَلَقَدْ بَوَّاْنَا بَنِیْۤ اِسْرَآءِیْلَ مُبَوَّاَ صِدْقٍ وَّرَزَقْنٰهُمْ مِّنَ الطَّیِّبٰتِ ۚ— فَمَا اخْتَلَفُوْا حَتّٰی جَآءَهُمُ الْعِلْمُ ؕ— اِنَّ رَبَّكَ یَقْضِیْ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كَانُوْا فِیْهِ یَخْتَلِفُوْنَ ۟
९३) र हामीले बनी इस्राईललाई बासको निम्ति राम्रो ठाउँको व्यवस्था गर्यौं, र खानाको निम्ति पवित्र कुराहरू प्रदान गर्यौं, तर तिनीहरूले ज्ञान आगमनको बावजूद विरोध गरे । निःसन्देह जुन कुरामा तिनीहरूले विवाद गरिराखेछन्, तिम्रो पालनहारले कियामतको दिन तिनीहरूमा ती कुराहरूको न्याय गर्नेछ ।
Tafsiran larabci:
فَاِنْ كُنْتَ فِیْ شَكٍّ مِّمَّاۤ اَنْزَلْنَاۤ اِلَیْكَ فَسْـَٔلِ الَّذِیْنَ یَقْرَءُوْنَ الْكِتٰبَ مِنْ قَبْلِكَ ۚ— لَقَدْ جَآءَكَ الْحَقُّ مِنْ رَّبِّكَ فَلَا تَكُوْنَنَّ مِنَ الْمُمْتَرِیْنَ ۟ۙ
९४) फेरि यदि तिमीलाई यस (किताबको) बारेमा, जुन हामीले तिमीलाई प्रदान गरेका छौं, केही सन्देह छ भने, जुन मानिसहरूले तिमीभन्दा पहिला (प्रदान गरिएका) किताबहरू पढ्छन्, तिनीहरूसित सोधिहाल, तिम्रो पालनहारको तर्फबाट तिमीलाई सत्य (किताब) आइसकेको छ, तसर्थ तिमी कहिले पनि शंका गर्नेहरूमध्यबाट नहुनु ।
Tafsiran larabci:
وَلَا تَكُوْنَنَّ مِنَ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِ اللّٰهِ فَتَكُوْنَ مِنَ الْخٰسِرِیْنَ ۟
९५) र नत ती मानिसहरूमध्ये हुनु जसले अल्लाहका आयतहरूलाई झूठा भन्दछन् अन्यथा हानिमा पर्नेमध्येका हुनेछौ ।
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ حَقَّتْ عَلَیْهِمْ كَلِمَتُ رَبِّكَ لَا یُؤْمِنُوْنَ ۟ۙ
९६) निश्चयनै जुन मानिसहरूको बारेमा अल्लाहको आदेश निश्चित भइसकेछ, तिनीहरूले ईमान ल्याउने छैनन् ।
Tafsiran larabci:
وَلَوْ جَآءَتْهُمْ كُلُّ اٰیَةٍ حَتّٰی یَرَوُا الْعَذَابَ الْاَلِیْمَ ۟
९७) चाहे तिनीहरूको पासमा प्रत्येक प्रकारको निशानी आइहालोस्, यहाँसम्म कि तिनीहरू कष्टदायक यातना नदेखिहालुन् ।
Tafsiran larabci:
فَلَوْلَا كَانَتْ قَرْیَةٌ اٰمَنَتْ فَنَفَعَهَاۤ اِیْمَانُهَاۤ اِلَّا قَوْمَ یُوْنُسَ ۚؕ— لَمَّاۤ اٰمَنُوْا كَشَفْنَا عَنْهُمْ عَذَابَ الْخِزْیِ فِی الْحَیٰوةِ الدُّنْیَا وَمَتَّعْنٰهُمْ اِلٰی حِیْنٍ ۟
९८) तसर्थ यूनुसको समुदाय बाहेक कुनै बस्तीले ईमान ल्याएन, जबकि ईमान ल्याएबाट तिनलाई फाइदा हुन्थ्यो, हो (‘‘यूनुसको’’ कौमले) जब ईमान ल्याए त हामीले दुनियाँको जिन्दगीमा तिनीहरूबाट तिरस्कारपूर्ण सजाय हटाइहाल्यौं, र एक अवधिसम्म सांसारिक लाभहरू उठाउने तिनीहरूलाई अवसर प्रदान गर्यौं ।
Tafsiran larabci:
وَلَوْ شَآءَ رَبُّكَ لَاٰمَنَ مَنْ فِی الْاَرْضِ كُلُّهُمْ جَمِیْعًا ؕ— اَفَاَنْتَ تُكْرِهُ النَّاسَ حَتّٰی یَكُوْنُوْا مُؤْمِنِیْنَ ۟
९९) र यदि तपाईको पालनकर्ताले चाहेको भए, जति मानिसहरू पृथ्वीमा छन्, सबैले ईमान ल्याउन सक्दथे । अतः के तपाई मानिसहरूमाथि जबरजस्ती गर्नुहुन्छ, यहाँसम्म कि तिनीहरू मोमिन नभइहालुन् ।
Tafsiran larabci:
وَمَا كَانَ لِنَفْسٍ اَنْ تُؤْمِنَ اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— وَیَجْعَلُ الرِّجْسَ عَلَی الَّذِیْنَ لَا یَعْقِلُوْنَ ۟
१००) हुनत कुनै व्यक्तिलाई सामथ्र्य छैन कि अल्लाहको आदेश बिना ईमान लाउन सकोस्, र बुद्धिहीन मानिसहरूलाई अल्लाहले (शिर्कको) फोहोरमा हालिदिन्छ ।
Tafsiran larabci:
قُلِ انْظُرُوْا مَاذَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَمَا تُغْنِی الْاٰیٰتُ وَالنُّذُرُ عَنْ قَوْمٍ لَّا یُؤْمِنُوْنَ ۟
१०१) तपाई भनिदिनुस् कि आकाशहरू र पृथ्वीमा भएका सबै कुराहरू राम्रोसंग हेर । तर जुन मानिसहरू ईमान लाएका छैनन् निशानीहरू र चेतावनीबाट तिनीहरू लाभांवित हुने छैनन् ।
Tafsiran larabci:
فَهَلْ یَنْتَظِرُوْنَ اِلَّا مِثْلَ اَیَّامِ الَّذِیْنَ خَلَوْا مِنْ قَبْلِهِمْ ؕ— قُلْ فَانْتَظِرُوْۤا اِنِّیْ مَعَكُمْ مِّنَ الْمُنْتَظِرِیْنَ ۟
१०२) तसर्थ जुन प्रकारका घटनाहरू तिनीहरूभन्दा पहिलाका मानिसहरूमाथि बितिसकेका छन् त्यस्तै किसिमका घटनाहरूको प्रतीक्षामा यिनीहरू पनि छन् । भनिदिनुस्ः कि ठीक छ तिमी पनि प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
Tafsiran larabci:
ثُمَّ نُنَجِّیْ رُسُلَنَا وَالَّذِیْنَ اٰمَنُوْا كَذٰلِكَ ۚ— حَقًّا عَلَیْنَا نُنْجِ الْمُؤْمِنِیْنَ ۟۠
१०३) फेरि हामीले आफ्ना पैगम्बरहरूलाई र ईमान ल्याएकाहरूलाई छुटकारा दिदै आइराखेका छौं, यसै प्रकार हाम्रो उत्तरदायित्व छ कि मुसलमानहरूलाई छुटकारा प्रदान गर्दैगरौं ।
Tafsiran larabci:
قُلْ یٰۤاَیُّهَا النَّاسُ اِنْ كُنْتُمْ فِیْ شَكٍّ مِّنْ دِیْنِیْ فَلَاۤ اَعْبُدُ الَّذِیْنَ تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ اَعْبُدُ اللّٰهَ الَّذِیْ یَتَوَفّٰىكُمْ ۖۚ— وَاُمِرْتُ اَنْ اَكُوْنَ مِنَ الْمُؤْمِنِیْنَ ۟ۙ
१०४) तपाई भनिदिनुस्ः कि हे मानिसहरू ! यदि तिमीलाई मेरो धर्ममा कुनै प्रकारको शंका छ भने (सुनिराख कि) अल्लाह बाहेक जसको तिमीले पूजा गर्दछौ, म त्यसको पूजा गर्दिन, बरु म उस अल्लाहको पूजा गर्दछु जसले तिम्रो प्राण निकाल्नेछ, र मलाई यो आदेश भएको छ कि ईमान ल्याउनेहरूमध्येबाट रहूँ ।
Tafsiran larabci:
وَاَنْ اَقِمْ وَجْهَكَ لِلدِّیْنِ حَنِیْفًا ۚ— وَلَا تَكُوْنَنَّ مِنَ الْمُشْرِكِیْنَ ۟
१०५) र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु र मुश्रिकहरूमध्येको कहिले नहुनु ।
Tafsiran larabci:
وَلَا تَدْعُ مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَنْفَعُكَ وَلَا یَضُرُّكَ ۚ— فَاِنْ فَعَلْتَ فَاِنَّكَ اِذًا مِّنَ الظّٰلِمِیْنَ ۟
१०६) र अल्लाहलाई छाडेर यस्तो कुनै कुराको उपासना नगर्नु जसले कि नत तिम्रो केही भलो गर्न सकोस् नत केही हानि नोक्सानी गर्न सकोस् । यदि त्यस्तो गर्छौ भने अत्याचारीहरूमध्येको हुनेछौ ।
Tafsiran larabci:
وَاِنْ یَّمْسَسْكَ اللّٰهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهٗۤ اِلَّا هُوَ ۚ— وَاِنْ یُّرِدْكَ بِخَیْرٍ فَلَا رَآدَّ لِفَضْلِهٖ ؕ— یُصِیْبُ بِهٖ مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ ؕ— وَهُوَ الْغَفُوْرُ الرَّحِیْمُ ۟
१०७) र यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याओस् भने उस बाहेक त्यसलाई कसैले हटाउन सक्दैन, र यदि उसले तिम्रो भलो गर्न चाहन्छ भने उसको कृपालाई कसैले रोक्न सक्दैन, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ फाइदा पुर्याउँछ र ऊ बडो क्षमतादाता अत्यन्त दयालु छ ।
Tafsiran larabci:
قُلْ یٰۤاَیُّهَا النَّاسُ قَدْ جَآءَكُمُ الْحَقُّ مِنْ رَّبِّكُمْ ۚ— فَمَنِ اهْتَدٰی فَاِنَّمَا یَهْتَدِیْ لِنَفْسِهٖ ۚ— وَمَنْ ضَلَّ فَاِنَّمَا یَضِلُّ عَلَیْهَا ؕ— وَمَاۤ اَنَا عَلَیْكُمْ بِوَكِیْلٍ ۟ؕ
१०८) तपाई भनिदिनुस् कि हे मानिसहरू तिम्रो पालनकर्ताबाट तिम्रो पासमा सत्य आइसकेको छ, तसर्थ जो मार्गदर्शन प्राप्त गर्न चाहन्छ, उसले पथप्रदर्शनबाट आफ्नै निम्ति भलो गर्नेछ र जसले मार्गविचलनको बाटो अपनाउँछ उसले पथविचलनबाट आफ्नै नोक्सानी गर्दछ र म तिमीहरूमाथि हाकिम होइन ।
Tafsiran larabci:
وَاتَّبِعْ مَا یُوْحٰۤی اِلَیْكَ وَاصْبِرْ حَتّٰی یَحْكُمَ اللّٰهُ ۚ— وَهُوَ خَیْرُ الْحٰكِمِیْنَ ۟۠
१०९) र (हे पैगम्बर) तपाईलाई जुन आदेश पठाइन्छ त्यसको अनुशरण गर्दै जानुस् र (कष्टहरूमा) धैर्य गर्नुस्, यहाँसम्म कि अल्लाहले स्वयं फैसला गरिहालोस् । र ऊ सबैभन्दा राम्रो निर्णयकर्ता हो ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Yunus
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa