Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Fussilat   Ayah:
اِلَیْهِ یُرَدُّ عِلْمُ السَّاعَةِ ؕ— وَمَا تَخْرُجُ مِنْ ثَمَرٰتٍ مِّنْ اَكْمَامِهَا وَمَا تَحْمِلُ مِنْ اُ وَلَا تَضَعُ اِلَّا بِعِلْمِهٖ ؕ— وَیَوْمَ یُنَادِیْهِمْ اَیْنَ شُرَكَآءِیْ ۙ— قَالُوْۤا اٰذَنّٰكَ ۙ— مَا مِنَّا مِنْ شَهِیْدٍ ۟ۚ
४७) कयामतको ज्ञान उसैतिर फेरिन्छ (फर्काइन्छ) ! र जुन फल आफ्ना कोषबाट निस्कन्छन् र जुन महिला गर्भवती हुन्छिन् र जुन बच्चा जन्माउँछिन्, उसलाई यी सबैको ज्ञान हुन्छ । र जुनदिन उसले यी मुश्रिकहरूलाई बोलाएर सोध्ने छ, ‘‘कहाँ छन् मेरा साझेदारहरू ?’’ उनीहरूले भन्नेछन् कि ‘‘हामीले त तिमीलाई स्पष्टरूपले भनिसकेका छौं कि हामीमध्ये कोही पनि यसको साक्षी छैन ।’’
Arabic explanations of the Qur’an:
وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَدْعُوْنَ مِنْ قَبْلُ وَظَنُّوْا مَا لَهُمْ مِّنْ مَّحِیْصٍ ۟
४८) र ज–जसलाई उनीहरूले पूज्ने गर्थे, उनीहरू तिनीहरूको दृष्टिबाट हराइसकेका हुनेछन् । र उनीहरूले बुझिहाल्नेछन् कि उनीहरूको निम्ति कुनै पनि भाग्ने ठाउँ छैन ।
Arabic explanations of the Qur’an:
لَا یَسْـَٔمُ الْاِنْسَانُ مِنْ دُعَآءِ الْخَیْرِ ؗ— وَاِنْ مَّسَّهُ الشَّرُّ فَیَـُٔوْسٌ قَنُوْطٌ ۟
४९) मानिस भलाई माँग्नुबाट थाक्दैन, तर यदि उसलाई कुनै कष्ट पुग्दछ भने ऊ निराश र उदास भइदिन्छ ।
Arabic explanations of the Qur’an:
وَلَىِٕنْ اَذَقْنٰهُ رَحْمَةً مِّنَّا مِنْ بَعْدِ ضَرَّآءَ مَسَّتْهُ لَیَقُوْلَنَّ هٰذَا لِیْ ۙ— وَمَاۤ اَظُنُّ السَّاعَةَ قَآىِٕمَةً ۙ— وَّلَىِٕنْ رُّجِعْتُ اِلٰی رَبِّیْۤ اِنَّ لِیْ عِنْدَهٗ لَلْحُسْنٰی ۚ— فَلَنُنَبِّئَنَّ الَّذِیْنَ كَفَرُوْا بِمَا عَمِلُوْا ؗ— وَلَنُذِیْقَنَّهُمْ مِّنْ عَذَابٍ غَلِیْظٍ ۟
५०) र जुन दुःख उसले भोगिसकेको छ, त्यस पश्चात उसलाई यदि हामीले आफ्नो दयालुताको रसास्वादन गराउँछौं भने उसले निश्चय नै भन्दछ कि ‘‘यो त मेरो हक नै हो । म त यो ठान्दिन कि त्यो, कियामत हुनेछ र यदि म आफ्नो रबतिर फर्कें तै पनि अवश्य नै उसको पासमा मेरो निम्ति राम्रो पारितोषिक हुनेछ ।’’ निश्चय नै हामीले उनीहरूलाई जसले इन्कार गरे अवश्य बताएर नै छाड्छौं, जे–जति उनीहरूले गरेका छन । र हामीले उनीहरूलाई अवश्य नै कठोर यातनाको स्वाद चखाउने छौं ।
Arabic explanations of the Qur’an:
وَاِذَاۤ اَنْعَمْنَا عَلَی الْاِنْسَانِ اَعْرَضَ وَنَاٰ بِجَانِبِهٖ ۚ— وَاِذَا مَسَّهُ الشَّرُّ فَذُوْ دُعَآءٍ عَرِیْضٍ ۟
५१) जब हामीले मानिसमाथि अनुकम्पा गर्छौं, तब उसले मुख फेरिदिन्छ र टाढिँदै जान्छ । तर जब उसलाई कष्ट पुग्दछ, तब उसले लामो–लामो प्रार्थना गर्नथाल्छ ।
Arabic explanations of the Qur’an:
قُلْ اَرَءَیْتُمْ اِنْ كَانَ مِنْ عِنْدِ اللّٰهِ ثُمَّ كَفَرْتُمْ بِهٖ مَنْ اَضَلُّ مِمَّنْ هُوَ فِیْ شِقَاقٍ بَعِیْدٍ ۟
५२) भनिदिनुस् कि तिमीले यो बताऊ, कि यदि यो कुरआन अल्लाहको तर्फबाट आएको छ र तिमीले उसको इन्कार गर्यौ भने त्यसभन्दा बढि बहकिएको अरु को हुनेछ, जो विरोधमा धेरै टाढा गइसकेको होस् ?’’
Arabic explanations of the Qur’an:
سَنُرِیْهِمْ اٰیٰتِنَا فِی الْاٰفَاقِ وَفِیْۤ اَنْفُسِهِمْ حَتّٰی یَتَبَیَّنَ لَهُمْ اَنَّهُ الْحَقُّ ؕ— اَوَلَمْ یَكْفِ بِرَبِّكَ اَنَّهٗ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟
५३) शीघ्र नै हामीले उनीहरूलाई आफ्ना निशानीहरू दुनियामा देखाउनेछौं र स्वयम् उनीहरूको आफैभित्र पनि, यहाँसम्म कि उनीहरूलाई स्पष्ट भइहाल्नेछ कि त्यो (कुरआन) सत्य छ । के तपाईको पालनाकर्ता यस दृष्टिले पर्याप्त छैन कि त्यो हरेक कुराको जानकार छ ।
Arabic explanations of the Qur’an:
اَلَاۤ اِنَّهُمْ فِیْ مِرْیَةٍ مِّنْ لِّقَآءِ رَبِّهِمْ ؕ— اَلَاۤ اِنَّهٗ بِكُلِّ شَیْءٍ مُّحِیْطٌ ۟۠
५४) यकीन जान कि यिनीहरू आफ्नो पालनकर्तासँगको साक्षातकारको बारेमा सन्देहमा परेका छन् । जानिराख, कि अल्लाहले हरेक कुरालाई आफ्नो घेरामा लिएको छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Fussilat
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close