Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Ghāfir   Ayah:
وَقَالَ فِرْعَوْنُ ذَرُوْنِیْۤ اَقْتُلْ مُوْسٰی وَلْیَدْعُ رَبَّهٗ ۚؕ— اِنِّیْۤ اَخَافُ اَنْ یُّبَدِّلَ دِیْنَكُمْ اَوْ اَنْ یُّظْهِرَ فِی الْاَرْضِ الْفَسَادَ ۟
२६) र फिरऔनले भन्यो कि मलाई छाडिदेऊ ताकि ‘‘मूसालाई’’ मारिहालूँ र उसले आफ्नो पालनहारलाई (सहायताको निम्ति) पुकारोस् । मलाई भय छ कि उसले तिमीहरूको धर्मलाई परिवर्तित नगरोस् वा उसले देशमा ठूलो दंगा नभड्काइदेओस् ।
Arabic explanations of the Qur’an:
وَقَالَ مُوْسٰۤی اِنِّیْ عُذْتُ بِرَبِّیْ وَرَبِّكُمْ مِّنْ كُلِّ مُتَكَبِّرٍ لَّا یُؤْمِنُ بِیَوْمِ الْحِسَابِ ۟۠
२७) त्यसपछि ‘‘मूसाले भनेः कि ‘‘मैले हरेक अहंकारीको खराबीबाट, जसले हिसाबको दिनमाथि ईमान राख्दैन आफ्नो र तिम्रो पालनकर्ताको शरण लिइसकेको छु ।
Arabic explanations of the Qur’an:
وَقَالَ رَجُلٌ مُّؤْمِنٌ ۖۗ— مِّنْ اٰلِ فِرْعَوْنَ یَكْتُمُ اِیْمَانَهٗۤ اَتَقْتُلُوْنَ رَجُلًا اَنْ یَّقُوْلَ رَبِّیَ اللّٰهُ وَقَدْ جَآءَكُمْ بِالْبَیِّنٰتِ مِنْ رَّبِّكُمْ ؕ— وَاِنْ یَّكُ كَاذِبًا فَعَلَیْهِ كَذِبُهٗ ۚ— وَاِنْ یَّكُ صَادِقًا یُّصِبْكُمْ بَعْضُ الَّذِیْ یَعِدُكُمْ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِیْ مَنْ هُوَ مُسْرِفٌ كَذَّابٌ ۟
२८) र फिरऔनका नातेदारमध्ये एउटा मोमिन् व्यक्ति जसले आफ्नो ईमान लुकाएर राख्थ्यो भन्नथाल्यो ‘‘के तिमीले एउटा मानिसलाई यस कारण मार्न चाहन्छौ, कि उसले भन्छ कि मेरो पालनकर्ता अल्लाह हो, र उसले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट प्रमाणहरू पनि लिएर आएको छ ? र यदि त्यो झूठा छ भने उसको झूठको नोक्सान उसैलाई हुनेछ । र यदि सत्य छ भने जुन सजायको उसले तिमीलाई धम्की दिइराखेको छ, त्यसबाट केही न केही त तिमीमाथि आइपर्नेछ । निश्चय नै अल्लाहले त्यस्तालाई मार्ग देखाउँदैन जो अतिक्रमणकारी र बडो झुट्ठो छ ।
Arabic explanations of the Qur’an:
یٰقَوْمِ لَكُمُ الْمُلْكُ الْیَوْمَ ظٰهِرِیْنَ فِی الْاَرْضِ ؗ— فَمَنْ یَّنْصُرُنَا مِنْ بَاْسِ اللّٰهِ اِنْ جَآءَنَا ؕ— قَالَ فِرْعَوْنُ مَاۤ اُرِیْكُمْ اِلَّا مَاۤ اَرٰی وَمَاۤ اَهْدِیْكُمْ اِلَّا سَبِیْلَ الرَّشَادِ ۟
२९) हे मेरा जातिबन्धुका मानिसहरू ! आज त तिम्रो सत्ता छ, तिमी यस धरतीमा प्रभावी छौ तर यदि हामीमाथि अल्लाहको यातना आयो भने हाम्रो सहायता कसले गर्नेछ ?’’ फिरऔनले भन्योः कि ‘‘मैले तिमीलाई त्यही सल्लाह दिइराखेको छु जुन म स्वयम् देखिराखेको छु र मैले तिमीलाई ठीक बाटो नै देखाइराखेको छु“ ।
Arabic explanations of the Qur’an:
وَقَالَ الَّذِیْۤ اٰمَنَ یٰقَوْمِ اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ مِّثْلَ یَوْمِ الْاَحْزَابِ ۟ۙ
३०) तब त्यस मोमिनले भन्नथाल्यो कि हे मेरा जातिबन्धुका मानिसहरू ! मलाई तिम्रो बारेमा भय छ कि तिमीमाथि (विनाशको) त्यस्तो दिन नआओस् जस्तो कि अन्य विगत समुदायहरूमाथि आइपरेको थियो ।
Arabic explanations of the Qur’an:
مِثْلَ دَاْبِ قَوْمِ نُوْحٍ وَّعَادٍ وَّثَمُوْدَ وَالَّذِیْنَ مِنْ بَعْدِهِمْ ؕ— وَمَا اللّٰهُ یُرِیْدُ ظُلْمًا لِّلْعِبَادِ ۟
३१) जस्तो नूहको कौम र ‘‘आद’’ र ‘‘समूद’’ र उनीहरूपछिका समुदायहरूको अवस्था भयो र अल्लाह त आफ्ना भक्तहरूमाथि अत्याचार गर्न चाहदैन ।
Arabic explanations of the Qur’an:
وَیٰقَوْمِ اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ یَوْمَ التَّنَادِ ۟ۙ
३२) र हे मेरा जातिबन्धुका मानिसहरू मलाई तिम्रो बारेमा हाँक–पुकारको दिन (कियामत) को पनि भय छ ।
Arabic explanations of the Qur’an:
یَوْمَ تُوَلُّوْنَ مُدْبِرِیْنَ ۚ— مَا لَكُمْ مِّنَ اللّٰهِ مِنْ عَاصِمٍ ۚ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَمَا لَهٗ مِنْ هَادٍ ۟
३३) जुन दिन तिमी पिठ्युँ फर्काएर भाग्नेछौ, तिमीलाई कसैले पनि अल्लाहको (अजाब) बाट बचाउनेवाला हुनेछैन र जसलाई अल्लाहले मार्गविचलित गर्दछ, त्यसलाई कसैले पनि मार्गदर्शन गर्नेवाला हुनेछैन ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Ghāfir
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close