Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Saba’   Ayah:
اَفْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَمْ بِهٖ جِنَّةٌ ؕ— بَلِ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ فِی الْعَذَابِ وَالضَّلٰلِ الْبَعِیْدِ ۟
८) (हामी भन्दैनौं कि) के उसले अल्लाहमाथि झूठो दोषारोपण गरेको छ, वा त्यसलाई केही उन्माद छ ? वास्तविकता यो छ जुन मानिसहरूले आखिरतमा विश्वास गर्दैनन्, उनीहरू सजाय पाउनेवाला र मार्गविचलनमा छन् ।
Arabic explanations of the Qur’an:
اَفَلَمْ یَرَوْا اِلٰی مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ مِّنَ السَّمَآءِ وَالْاَرْضِ ؕ— اِنْ نَّشَاْ نَخْسِفْ بِهِمُ الْاَرْضَ اَوْ نُسْقِطْ عَلَیْهِمْ كِسَفًا مِّنَ السَّمَآءِ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّكُلِّ عَبْدٍ مُّنِیْبٍ ۟۠
९) के उनीहरूले आफ्नो अगाडि पछाडि आकाश र पृथ्वीलाई देखेनन् ? हामीले चाहेको अवस्थामा उनीहरूलाई धरतीमा (धंसाउन) गाड्न सक्छौं वा उनीमाथि आकाशबाट केही टुक्राहरू खसाल्न सक्छौं । निश्चय नै यसमा एउटा प्रमाण छ, प्रत्येक त्यस मानिसको लागि जो हृदयबाट प्रवृत्त हुन्छ ।
Arabic explanations of the Qur’an:
وَلَقَدْ اٰتَیْنَا دَاوٗدَ مِنَّا فَضْلًا ؕ— یٰجِبَالُ اَوِّبِیْ مَعَهٗ وَالطَّیْرَ ۚ— وَاَلَنَّا لَهُ الْحَدِیْدَ ۟ۙ
१०) र हामीले दाऊद (अलैहिस्सलाम) माथि आफ्नो तर्फबाट कृपा गरेका छौं ‘‘हे पर्वतहरू उसको साथमा गुणगानलाई प्रतिध्वनित गर, र पंक्षीहरूले पनि’’ । र हामीले उसको निम्ति फलामलाई नरम बनाइदियौं ।
Arabic explanations of the Qur’an:
اَنِ اعْمَلْ سٰبِغٰتٍ وَّقَدِّرْ فِی السَّرْدِ وَاعْمَلُوْا صَالِحًا ؕ— اِنِّیْ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
११) ताकि तिमी ‘‘पूरा कवचहरू बनाइहाल र कडीहरूलाई सही अनुमानले जोड ।’’ र तिमी सबै राम्रो कर्म गर । निश्चित मान कि जे–जति तिमीले गर्दैछौ, त्यसलाई म हेरिरहेकोछु ।
Arabic explanations of the Qur’an:
وَلِسُلَیْمٰنَ الرِّیْحَ غُدُوُّهَا شَهْرٌ وَّرَوَاحُهَا شَهْرٌ ۚ— وَاَسَلْنَا لَهٗ عَیْنَ الْقِطْرِ ؕ— وَمِنَ الْجِنِّ مَنْ یَّعْمَلُ بَیْنَ یَدَیْهِ بِاِذْنِ رَبِّهٖ ؕ— وَمَنْ یَّزِغْ مِنْهُمْ عَنْ اَمْرِنَا نُذِقْهُ مِنْ عَذَابِ السَّعِیْرِ ۟
१२) र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको आदेशले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।
Arabic explanations of the Qur’an:
یَعْمَلُوْنَ لَهٗ مَا یَشَآءُ مِنْ مَّحَارِیْبَ وَتَمَاثِیْلَ وَجِفَانٍ كَالْجَوَابِ وَقُدُوْرٍ رّٰسِیٰتٍ ؕ— اِعْمَلُوْۤا اٰلَ دَاوٗدَ شُكْرًا ؕ— وَقَلِیْلٌ مِّنْ عِبَادِیَ الشَّكُوْرُ ۟
१३) सुलैमानले चाहेको कुरा जिन्नातहरूले तयार गर्दथे । उदाहरणको लागि किलाहरू र प्रतिमाहरू र ठूलो डेक्चीजस्ता तलाब र चूल्होमा अडी रहने डेक्ची । हे दाऊदका सन्तति मेरो कृतज्ञता ज्ञापन गर्न असल कर्म गर ! र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू थोरै हुन्छन्’’ ।
Arabic explanations of the Qur’an:
فَلَمَّا قَضَیْنَا عَلَیْهِ الْمَوْتَ مَا دَلَّهُمْ عَلٰی مَوْتِهٖۤ اِلَّا دَآبَّةُ الْاَرْضِ تَاْكُلُ مِنْسَاَتَهٗ ۚ— فَلَمَّا خَرَّ تَبَیَّنَتِ الْجِنُّ اَنْ لَّوْ كَانُوْا یَعْلَمُوْنَ الْغَیْبَ مَا لَبِثُوْا فِی الْعَذَابِ الْمُهِیْنِ ۟
१४) अनि जब हामीले उनको मृत्युको निम्ति आदेश दियौं त ती जिन्नहरूलाई उसको मृत्युको समाचार कसैले दिएन घुनकीरा बाहेक जसले उसको लठ्ठीलाई खाइरहेको थियो । अनि जब उनी खसिहाले, तब जिन्नहरूले थाहा पाए कि यदि उनी परोक्षका कुरा जान्नेवाला भएको भए यस अपमानजनक यातनामा परिराख्ने थिएनन् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Saba’
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close