Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-‘Ankabūt   Ayah:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَنُكَفِّرَنَّ عَنْهُمْ سَیِّاٰتِهِمْ وَلَنَجْزِیَنَّهُمْ اَحْسَنَ الَّذِیْ كَانُوْا یَعْمَلُوْنَ ۟
७) र जुन मानिसहरूले र्इमान ल्याए र उनीहरूले (सुन्नत अनुरूप) उत्तम कर्म गरे, हामीले उनीहरूबाट सबै पापहरू हटाइदिने छौं र उनीहरूलाई अवश्य नै उनका सत्कर्मको राम्रो पुरस्कार प्रदान गर्नेछौं ।
Arabic explanations of the Qur’an:
وَوَصَّیْنَا الْاِنْسَانَ بِوَالِدَیْهِ حُسْنًا ؕ— وَاِنْ جٰهَدٰكَ لِتُشْرِكَ بِیْ مَا لَیْسَ لَكَ بِهٖ عِلْمٌ فَلَا تُطِعْهُمَا ؕ— اِلَیَّ مَرْجِعُكُمْ فَاُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
८) र हामीले हरेक मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । हो यदि तिनीहरूले यो चाहन्छन कि तपाईले मसँग अरुलाई मेरो साझेदार ठहराऊ, जसबारे तपाईलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान । मतिर नै तिमी सबैलाई फर्केर आउनुछ । अनि मैले तिमीलाई त्यो सबै बताउने छु जुन तिमीले गर्ने गर्दथ्यौ ।
Arabic explanations of the Qur’an:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَنُدْخِلَنَّهُمْ فِی الصّٰلِحِیْنَ ۟
९) र जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई हामी आफ्ना असल सेवकहरूमा शम्मिलित गर्नेछौं ।
Arabic explanations of the Qur’an:
وَمِنَ النَّاسِ مَنْ یَّقُوْلُ اٰمَنَّا بِاللّٰهِ فَاِذَاۤ اُوْذِیَ فِی اللّٰهِ جَعَلَ فِتْنَةَ النَّاسِ كَعَذَابِ اللّٰهِ ؕ— وَلَىِٕنْ جَآءَ نَصْرٌ مِّنْ رَّبِّكَ لَیَقُوْلُنَّ اِنَّا كُنَّا مَعَكُمْ ؕ— اَوَلَیْسَ اللّٰهُ بِاَعْلَمَ بِمَا فِیْ صُدُوْرِ الْعٰلَمِیْنَ ۟
१०) र केही मानिसहरू यस्ता पनि छन् जसले मुखले भन्दछन्, कि हामीले अल्लाहमाथि आस्था राख्यौं । तर जब उनीहरूलाई अल्लाहको बाटोमा कुनै कष्ट पुग्दछ त मानिसहरूको कष्टलाई यस्तो ठान्दछन् जस्तो अल्लाहको सजाय होस् र यदि पालनकर्ताको तर्फबाट कुनै सहायता पुग्दछ त भन्दछन्, कि हामी त तिम्रो साथमा थियौं । के जुन कुरो संसारवालाहरूको छातीमा छ, अल्लाह त्यसलाई जान्दैन ?
Arabic explanations of the Qur’an:
وَلَیَعْلَمَنَّ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا وَلَیَعْلَمَنَّ الْمُنٰفِقِیْنَ ۟
११) अल्लाहले उनीहरूलाई अवश्य जानिराख्छ जो सच्चा मोमिन छन् र कप्टीहरूलाई पनि जानिराख्छ ।
Arabic explanations of the Qur’an:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لِلَّذِیْنَ اٰمَنُوا اتَّبِعُوْا سَبِیْلَنَا وَلْنَحْمِلْ خَطٰیٰكُمْ ؕ— وَمَا هُمْ بِحٰمِلِیْنَ مِنْ خَطٰیٰهُمْ مِّنْ شَیْءٍ ؕ— اِنَّهُمْ لَكٰذِبُوْنَ ۟
१२) काफिरहरू ईमानवालाहरूसित भन्दछन्ः कि तिमीहरू हाम्रा मार्गहरूमा हिंड, हामीले तिम्रो पापको भारी बोकिहाल्नेछौं । जबकि उनीहरू उनका पापहरूमध्ये केही पनि बोझ बोक्नेवाला छैनन् । यिनीहरू त मात्र झूठा हुन् ।
Arabic explanations of the Qur’an:
وَلَیَحْمِلُنَّ اَثْقَالَهُمْ وَاَثْقَالًا مَّعَ اَثْقَالِهِمْ ؗ— وَلَیُسْـَٔلُنَّ یَوْمَ الْقِیٰمَةِ عَمَّا كَانُوْا یَفْتَرُوْنَ ۟۠
१३) हो यिनीहरूले आफ्नो भारी बोक्नेछन् र आफ्नो बोझहरूको साथमा अन्य भारी पनि र जुन मनगढन्ते कुराहरू यिनीहरू रचिराखेका छन् कियामतको दिन त्यसको बारेमा उनीहरूसित अवश्य नै सोधपूछ हुनेछ ।
Arabic explanations of the Qur’an:
وَلَقَدْ اَرْسَلْنَا نُوْحًا اِلٰی قَوْمِهٖ فَلَبِثَ فِیْهِمْ اَلْفَ سَنَةٍ اِلَّا خَمْسِیْنَ عَامًا ؕ— فَاَخَذَهُمُ الطُّوْفَانُ وَهُمْ ظٰلِمُوْنَ ۟
१४) र हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ उनको समुदायतिर पठायौं, र उनी नौ सय पचासवर्ष उनीहरूबीच बसे ! अनि उनीहरूलाई हुरीले समात्यो र उनीहरू अत्याचारी नै थिए ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-‘Ankabūt
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close