Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Qasas   Ayah:
قُلْ اَرَءَیْتُمْ اِنْ جَعَلَ اللّٰهُ عَلَیْكُمُ الَّیْلَ سَرْمَدًا اِلٰی یَوْمِ الْقِیٰمَةِ مَنْ اِلٰهٌ غَیْرُ اللّٰهِ یَاْتِیْكُمْ بِضِیَآءٍ ؕ— اَفَلَا تَسْمَعُوْنَ ۟
७१) भन्नुस्ः कि तिमीले विचार त गर कि यदि अल्लाहले कियामतको दिनसम्म सधैंको लागि तिमीलाई अँध्यारो गरिदियो भने अल्लाह बाहेक अर्को कोही पूजनीय छ, जसले तिमीलाई दिनको प्रकाश ल्याइदिनेछ, के तिमी सुन्दैनौ ?
Arabic explanations of the Qur’an:
قُلْ اَرَءَیْتُمْ اِنْ جَعَلَ اللّٰهُ عَلَیْكُمُ النَّهَارَ سَرْمَدًا اِلٰی یَوْمِ الْقِیٰمَةِ مَنْ اِلٰهٌ غَیْرُ اللّٰهِ یَاْتِیْكُمْ بِلَیْلٍ تَسْكُنُوْنَ فِیْهِ ؕ— اَفَلَا تُبْصِرُوْنَ ۟
७२) भन्नुस्ः कि के तिमीले विचार गर्यौ ? यदि अल्लाहले कियामतको दिनसम्म सधैंको निम्ति तिम्रो लागि दिन गरिदिएको भए के अल्लाह बाहेक अर्को कोही पूजनीय छ जसले तिम्रो निम्ति रात ल्याइदेओस्, जसमा तिमीले विश्राम प्राप्त गर्दछौ ? के तिमी देख्दैनौं ?
Arabic explanations of the Qur’an:
وَمِنْ رَّحْمَتِهٖ جَعَلَ لَكُمُ الَّیْلَ وَالنَّهَارَ لِتَسْكُنُوْا فِیْهِ وَلِتَبْتَغُوْا مِنْ فَضْلِهٖ وَلَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
७३) उसैले त आफ्नो दयालुताले तिम्रो निम्ति रात र दिन बनायो, ताकि तिमीले रातमा विश्राम प्राप्त गर र दिनमा उसले दिएको रोजी (जीविका) खोज, ताकि तिमीले कृतज्ञता व्यक्त गर ।
Arabic explanations of the Qur’an:
وَیَوْمَ یُنَادِیْهِمْ فَیَقُوْلُ اَیْنَ شُرَكَآءِیَ الَّذِیْنَ كُنْتُمْ تَزْعُمُوْنَ ۟
७४) र जुन दिन उसले तिनीहरूलाई बोलाएर सोध्नेछः कि मेरो ती साझेदारहरू, जसको बारेमा तिमीले दावी गथ्र्यौ, कहाँ छन् ?
Arabic explanations of the Qur’an:
وَنَزَعْنَا مِنْ كُلِّ اُمَّةٍ شَهِیْدًا فَقُلْنَا هَاتُوْا بُرْهَانَكُمْ فَعَلِمُوْۤا اَنَّ الْحَقَّ لِلّٰهِ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟۠
७५) र हामीले प्रत्येक समुदायहरूबाट एउटा साक्षी निकाल्नेछौं र भन्नेछौं कि आफ्नो प्रमाण प्रस्तुत गर त्यतिखेर उनीहरूले थाहा पाइहाल्नेछन् कि सत्य कुरा अल्लाहकै लागि हो र जे जति उनीहरूले झूठो कुरा रच्दथे, ती सबै उनीहरूबाट हराइहाल्नेछ ।’’
Arabic explanations of the Qur’an:
اِنَّ قَارُوْنَ كَانَ مِنْ قَوْمِ مُوْسٰی فَبَغٰی عَلَیْهِمْ ۪— وَاٰتَیْنٰهُ مِنَ الْكُنُوْزِ مَاۤ اِنَّ مَفَاتِحَهٗ لَتَنُوْٓاُ بِالْعُصْبَةِ اُولِی الْقُوَّةِ ۗ— اِذْ قَالَ لَهٗ قَوْمُهٗ لَا تَفْرَحْ اِنَّ اللّٰهَ لَا یُحِبُّ الْفَرِحِیْنَ ۟
७६) निश्चय नै ‘‘कारून’’ मुसाको कौममध्येको थियो, तर उसले उनको विरुद्ध अत्याचार गर्न थालेको थियो । र हामीले उसलाई यति खजाना दिएका थियौं कि त्यसको साँचोहरू अनेक बलशालीहरूका लागि पनि उचाल्न गाह्रो थियो । एकचोटी जब उससित उसको समूहका मानिसले भने कि उन्मत नहोऊ किनभने अल्लाहले उन्मादीहरूलाई रुचाउँदैनन् ।
Arabic explanations of the Qur’an:
وَابْتَغِ فِیْمَاۤ اٰتٰىكَ اللّٰهُ الدَّارَ الْاٰخِرَةَ وَلَا تَنْسَ نَصِیْبَكَ مِنَ الدُّنْیَا وَاَحْسِنْ كَمَاۤ اَحْسَنَ اللّٰهُ اِلَیْكَ وَلَا تَبْغِ الْفَسَادَ فِی الْاَرْضِ ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ الْمُفْسِدِیْنَ ۟
७७) र जुन (सम्पत्ति) तिमीलाई अल्लाहले प्रदान गरेको छ, त्यसबाट आखिरतको घरको निर्माण गर र संसारिक भाग पनि नबिर्स, र जस्तो कि अल्लाहले तिमीलाई भलो गरेको छ तिमी पनि राम्रो व्यवहार गर र धरतीमा उपद्रव नचाह किनभने अल्लाह उपद्रवीहरूलाई मनपराउँदैन ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Qasas
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close