Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Hajj   Ayah:
یٰۤاَیُّهَا النَّاسُ ضُرِبَ مَثَلٌ فَاسْتَمِعُوْا لَهٗ ؕ— اِنَّ الَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ لَنْ یَّخْلُقُوْا ذُبَابًا وَّلَوِ اجْتَمَعُوْا لَهٗ ؕ— وَاِنْ یَّسْلُبْهُمُ الذُّبَابُ شَیْـًٔا لَّا یَسْتَنْقِذُوْهُ مِنْهُ ؕ— ضَعُفَ الطَّالِبُ وَالْمَطْلُوْبُ ۟
७३) हे मानिसहरू ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरूले एउटा झिंगा पनि बनाउन सक्दैनन् । यद्यपि त्यसको निम्ति सबै एकत्रित भइहालुन् र यदि झिङ्गाले उनीहरूसित कुनै कुरा खोसेर लिएर जान्छ भने त्यसबाट तिनीहरूले त्यसलाई छोडाउन पनि सक्दैनन् । जो याचक छ ऊ पनि असमर्थ छ र जसबाट (तिनीहरूले) याचना गर्दछन् ऊ पनि असहाय छ ।
Arabic explanations of the Qur’an:
مَا قَدَرُوا اللّٰهَ حَقَّ قَدْرِهٖ ؕ— اِنَّ اللّٰهَ لَقَوِیٌّ عَزِیْزٌ ۟
७४) उनीहरूले अल्लाहको हैसियत अनुसार उसको सम्मान गर्न जानेनन् । अल्लाह निश्चय नै ठूलो बलवान् र अधिपत्यशाली छ ।
Arabic explanations of the Qur’an:
اَللّٰهُ یَصْطَفِیْ مِنَ الْمَلٰٓىِٕكَةِ رُسُلًا وَّمِنَ النَّاسِ ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ بَصِیْرٌ ۟ۚ
७५) अल्लाहले फरिश्ताहरूमध्येबाट र मानिसहरूमध्येबाट सन्देशबाहक रोज्दछ । निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
Arabic explanations of the Qur’an:
یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟
७६) जुन उनको अगाडि छ र जुन उनको पछाडि छ अल्लाह सबै जान्दछ । र सबै कामहरू अल्लाहतिर नै फर्कन्छन् ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا ارْكَعُوْا وَاسْجُدُوْا وَاعْبُدُوْا رَبَّكُمْ وَافْعَلُوا الْخَیْرَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟
७७) हे मोमिनहरू नतमस्तक हुने र ढोग्ने गर र आफ्नो पालनकर्ताको उपासनामा लागिरहनेगर र भलो कार्य गर्नेगर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
Arabic explanations of the Qur’an:
وَجَاهِدُوْا فِی اللّٰهِ حَقَّ جِهَادِهٖ ؕ— هُوَ اجْتَبٰىكُمْ وَمَا جَعَلَ عَلَیْكُمْ فِی الدِّیْنِ مِنْ حَرَجٍ ؕ— مِلَّةَ اَبِیْكُمْ اِبْرٰهِیْمَ ؕ— هُوَ سَمّٰىكُمُ الْمُسْلِمِیْنَ ۙ۬— مِنْ قَبْلُ وَفِیْ هٰذَا لِیَكُوْنَ الرَّسُوْلُ شَهِیْدًا عَلَیْكُمْ وَتَكُوْنُوْا شُهَدَآءَ عَلَی النَّاسِ ۖۚ— فَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ وَاعْتَصِمُوْا بِاللّٰهِ ؕ— هُوَ مَوْلٰىكُمْ ۚ— فَنِعْمَ الْمَوْلٰی وَنِعْمَ النَّصِیْرُ ۟۠
७८) र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियोरूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Hajj
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close