Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Kahf   Ayah:
قَالَ هٰذَا رَحْمَةٌ مِّنْ رَّبِّیْ ۚ— فَاِذَا جَآءَ وَعْدُ رَبِّیْ جَعَلَهٗ دَكَّآءَ ۚ— وَكَانَ وَعْدُ رَبِّیْ حَقًّا ۟ؕ
९८) भने कि यो मेरो पालनकर्ताको कृपा हो । जब मेरो पालनकर्ताको वचन आउँछ तब त्यसले यसलाई ध्वस्त पारिदिने छ । र मेरो पालनकर्ताको वचन सत्य र यथार्थ छ ।
Arabic explanations of the Qur’an:
وَتَرَكْنَا بَعْضَهُمْ یَوْمَىِٕذٍ یَّمُوْجُ فِیْ بَعْضٍ وَّنُفِخَ فِی الصُّوْرِ فَجَمَعْنٰهُمْ جَمْعًا ۟ۙ
९९) त्यस दिन हामीले तिनीहरूलाई एकआपसमा आक्रमण गर्न छाडी दिनेछौं र सूर (तुरही) फूँकिनेछ, अनि हामीले सबैलाई एकत्रित गरी एक ठाउँमा जम्मा गरिहाल्ने छौं ।
Arabic explanations of the Qur’an:
وَّعَرَضْنَا جَهَنَّمَ یَوْمَىِٕذٍ لِّلْكٰفِرِیْنَ عَرْضَا ۟ۙ
१००) त्यस दिन हामीले नर्कलाई काफिरहरूको अगाडि ल्याइदिने छौं ।
Arabic explanations of the Qur’an:
١لَّذِیْنَ كَانَتْ اَعْیُنُهُمْ فِیْ غِطَآءٍ عَنْ ذِكْرِیْ وَكَانُوْا لَا یَسْتَطِیْعُوْنَ سَمْعًا ۟۠
१०१) जसका आँखाहरू मेरो स्मरणबाट ओझलमा थिए, जो कि सुन्न पनि सक्तैनथे ।
Arabic explanations of the Qur’an:
اَفَحَسِبَ الَّذِیْنَ كَفَرُوْۤا اَنْ یَّتَّخِذُوْا عِبَادِیْ مِنْ دُوْنِیْۤ اَوْلِیَآءَ ؕ— اِنَّاۤ اَعْتَدْنَا جَهَنَّمَ لِلْكٰفِرِیْنَ نُزُلًا ۟
१०२) के काफिरहरूले यो ठानिराखेका छन्? कि म बाहेक, तिनीहरूले मेरा भक्तहरूलाई आफ्नो समर्थक बनाइहाल्ने छन् ? (सुनिराख) हामीले त यी कुफ्फारहरूको आतिथ्यको निम्ति नर्कलाई तयार गरिसकेका छौं ।
Arabic explanations of the Qur’an:
قُلْ هَلْ نُنَبِّئُكُمْ بِالْاَخْسَرِیْنَ اَعْمَالًا ۟ؕ
१०३) भनिदिनुस् किः म तिमीलाई बताइदिन्छु कि कर्महरूको दृष्टिले सबैभन्दा बढी घाटामा को छन् ?
Arabic explanations of the Qur’an:
اَلَّذِیْنَ ضَلَّ سَعْیُهُمْ فِی الْحَیٰوةِ الدُّنْیَا وَهُمْ یَحْسَبُوْنَ اَنَّهُمْ یُحْسِنُوْنَ صُنْعًا ۟
१०४) तिनीहरू हुन् जसका सांसारिक जीवनका सम्पूर्ण प्रयासहरू खेर गइहाले र तिनीहरूले यो ठानिराखेछन् कि तिनीहरूले धेरै असल काम गरिराखेका छन् ।
Arabic explanations of the Qur’an:
اُولٰٓىِٕكَ الَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِ رَبِّهِمْ وَلِقَآىِٕهٖ فَحَبِطَتْ اَعْمَالُهُمْ فَلَا نُقِیْمُ لَهُمْ یَوْمَ الْقِیٰمَةِ وَزْنًا ۟
१०५) यी तिनै मानिसहरू हुन्, जसले कि आफ्नो पालनकर्ताका आयतहरू र उसको साक्षात्कारलाई इन्कार गरे, तसर्थ तिनीहरूका कर्महरू खेर गइहाले, अतः कियामतको दिन हामीले तिनीहरूलाई कुनै वजन दिने छैनौं ।
Arabic explanations of the Qur’an:
ذٰلِكَ جَزَآؤُهُمْ جَهَنَّمُ بِمَا كَفَرُوْا وَاتَّخَذُوْۤا اٰیٰتِیْ وَرُسُلِیْ هُزُوًا ۟
१०६) त्यही नर्क तिनीहरूको प्रतिफल हो किनभने तिनीहरूले कुफ्र गरे र हाम्रा आयत र पैगम्बरहरूको उपहास गरे ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ كَانَتْ لَهُمْ جَنّٰتُ الْفِرْدَوْسِ نُزُلًا ۟ۙ
१०७) निःसन्देह जसले ईमान ल्याए र असल कर्महरू गरे निःसन्देह तिनीहरूको आतिथ्यसत्कार स्वर्गका बगैंचाहरूमा हुनेछ ।
Arabic explanations of the Qur’an:
خٰلِدِیْنَ فِیْهَا لَا یَبْغُوْنَ عَنْهَا حِوَلًا ۟
१०८) तिनीहरू सधैं त्यसमा रहनेछन्, र उनीहरू त्यहाँबाट बासस्थान परिवर्तन गर्न कहिले पनि चाहने छैनन् ।
Arabic explanations of the Qur’an:
قُلْ لَّوْ كَانَ الْبَحْرُ مِدَادًا لِّكَلِمٰتِ رَبِّیْ لَنَفِدَ الْبَحْرُ قَبْلَ اَنْ تَنْفَدَ كَلِمٰتُ رَبِّیْ وَلَوْ جِئْنَا بِمِثْلِهٖ مَدَدًا ۟
१०९) भनिदिनुस् कि यदि मेरो पालनकर्ताका कुराहरू लेख्नको निम्ति समुद्र मसी बनिहालोस् तै पनि मेरो पालनकर्ताका कुराहरू सिद्धिनुभन्दा अगाडि नै त्यो सुकिसक्ने छ, यद्यपि त्यो जस्तै अर्को समुद्र पनि हामीले त्यसको सहयोगमा किन नल्याऔं ।
Arabic explanations of the Qur’an:
قُلْ اِنَّمَاۤ اَنَا بَشَرٌ مِّثْلُكُمْ یُوْحٰۤی اِلَیَّ اَنَّمَاۤ اِلٰهُكُمْ اِلٰهٌ وَّاحِدٌ ۚ— فَمَنْ كَانَ یَرْجُوْا لِقَآءَ رَبِّهٖ فَلْیَعْمَلْ عَمَلًا صَالِحًا وَّلَا یُشْرِكْ بِعِبَادَةِ رَبِّهٖۤ اَحَدًا ۟۠
११०) तपाई भनिदिनुस् कि म त तिमीहरू जस्तै एउटा मानिस हूँ तर हो, मतिर ‘‘वह्य’’ अवतरित गरिन्छ कि सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आशा राख्दछ त्यसलाई आवश्यक छ कि असल कर्म गरोस् र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनोओस्
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Kahf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close