Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Yūsuf   Ayah:
فَلَمَّاۤ اَنْ جَآءَ الْبَشِیْرُ اَلْقٰىهُ عَلٰی وَجْهِهٖ فَارْتَدَّ بَصِیْرًا ۚؕ— قَالَ اَلَمْ اَقُلْ لَّكُمْ ۚ— اِنِّیْۤ اَعْلَمُ مِنَ اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
९६) जब शुभसन्देश दिनेहरू पुगेर उनको मुखमाथि त्यो ‘‘कमिज’’ हालिदिए त्यसै बेला उनका आखाँ ज्योतिमय भए, उनले भने ! के म तिमीसित भन्दैन्थें कि म अल्लाहको तर्फबाट त्यो कुरो जान्दछु जुन तिमीलाई थाहा छैन ।
Arabic explanations of the Qur’an:
قَالُوْا یٰۤاَبَانَا اسْتَغْفِرْ لَنَا ذُنُوْبَنَاۤ اِنَّا كُنَّا خٰطِـِٕیْنَ ۟
९७) उनीहरूले भनेः ‘‘पिताजी ! हाम्रो अपराध क्षमाको लागि (अल्लाहसंग) प्रार्थना गर्नुस् निःसन्देह हामी कसूरवार छौं ।
Arabic explanations of the Qur’an:
قَالَ سَوْفَ اَسْتَغْفِرُ لَكُمْ رَبِّیْ ؕ— اِنَّهٗ هُوَ الْغَفُوْرُ الرَّحِیْمُ ۟
९८) भनेः ‘‘म छिटै तिम्रो लागि आफ्नो पालनहारबाट क्षमादान माँगूला । ऊ ठूलो क्षमादान दिनेवाला र अत्यन्त दया गर्नेवाला छ ।’’
Arabic explanations of the Qur’an:
فَلَمَّا دَخَلُوْا عَلٰی یُوْسُفَ اٰوٰۤی اِلَیْهِ اَبَوَیْهِ وَقَالَ ادْخُلُوْا مِصْرَ اِنْ شَآءَ اللّٰهُ اٰمِنِیْنَ ۟ؕ
९९) जब यो पूरा खानदान यूसुफनिर पुग्यो, तब यूसुफले आफ्नो आमा–बुबालाई आफ्नो नजिक ठाँउ दिए र भने ‘‘कि अल्लाहलाई स्वीकार छ भने तपाईहरू शान्तिको साथ मिश्रमा आउनुहोस्’’ ।
Arabic explanations of the Qur’an:
وَرَفَعَ اَبَوَیْهِ عَلَی الْعَرْشِ وَخَرُّوْا لَهٗ سُجَّدًا ۚ— وَقَالَ یٰۤاَبَتِ هٰذَا تَاْوِیْلُ رُءْیَایَ مِنْ قَبْلُ ؗ— قَدْ جَعَلَهَا رَبِّیْ حَقًّا ؕ— وَقَدْ اَحْسَنَ بِیْۤ اِذْ اَخْرَجَنِیْ مِنَ السِّجْنِ وَجَآءَ بِكُمْ مِّنَ الْبَدْوِ مِنْ بَعْدِ اَنْ نَّزَغَ الشَّیْطٰنُ بَیْنِیْ وَبَیْنَ اِخْوَتِیْ ؕ— اِنَّ رَبِّیْ لَطِیْفٌ لِّمَا یَشَآءُ ؕ— اِنَّهٗ هُوَ الْعَلِیْمُ الْحَكِیْمُ ۟
१००) र आफ्ना बा, आमालाई उच्च आसनमा बसाले र सबै उनका अगाडि नत्मस्तक भइहाले, र भने पिता ज्यू ! ‘‘यो मेरो पहिलेको सपना साकार भएको हो । मेरो प्रतिपालकले उसलाई सत्य साबित गरी देखाइदियो । उसले मेरो साथमा ठूलो उपकार गर्यो, उसले कारागरबाट मलाई निकाल्यो, र तपाईहरूलाई गाँउबस्तीबाट ल्याइदियो, त्यस घटनापछि जो शैतानले ममा र मेरा भाइहरूमा फूट हालेको थियो, मेरो पालनकर्ताले जे चाहन्छ उसको लागि राम्रो उपाय गर्दछ । र ऊ ठूलो ज्ञानी र तत्वदर्शी छ ।
Arabic explanations of the Qur’an:
رَبِّ قَدْ اٰتَیْتَنِیْ مِنَ الْمُلْكِ وَعَلَّمْتَنِیْ مِنْ تَاْوِیْلِ الْاَحَادِیْثِ ۚ— فَاطِرَ السَّمٰوٰتِ وَالْاَرْضِ ۫— اَنْتَ وَلِیّٖ فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۚ— تَوَفَّنِیْ مُسْلِمًا وَّاَلْحِقْنِیْ بِالصّٰلِحِیْنَ ۟
१०१) हे मेरो पलनकर्ता ! तिमीले मलाई राष्ट्र प्रदान गर्यौ, र तिमीले मलाई सपनालाई विश्लेषण गर्न सीप सिकाइदियौ, हे पृथ्वी र आकाशको निर्माता ! तिमी नै दुनियाँ र अन्त्यमा मेरो संरक्षक हौ । तिमी मलाई इस्लामको अवस्था मै मृत्यु देऊ, र सत्कर्मीहरूमा शम्मिलित गर ।
Arabic explanations of the Qur’an:
ذٰلِكَ مِنْ اَنْۢبَآءِ الْغَیْبِ نُوْحِیْهِ اِلَیْكَ ۚ— وَمَا كُنْتَ لَدَیْهِمْ اِذْ اَجْمَعُوْۤا اَمْرَهُمْ وَهُمْ یَمْكُرُوْنَ ۟
१०२) यो गोप्य सूचनाहरूमध्ये हो, जसलाई हामी तपाईतर्फ सन्देशित गरिरहेका छौं, र तपाई उनीहरू नजिक थिएनौ जबकि उनीहरूले आफ्नो सबै उपाय गरेपछि (यूसुफको खिलाफ) षडयंत्र गर्न लागेका थिए ।
Arabic explanations of the Qur’an:
وَمَاۤ اَكْثَرُ النَّاسِ وَلَوْ حَرَصْتَ بِمُؤْمِنِیْنَ ۟
१०३) तपाईले जति चाहे पनि सबै ईमान्दार हुन सक्दैनन् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Yūsuf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close