Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আল-আ'ৰাফ   আয়াত:
وَلَقَدْ ذَرَاْنَا لِجَهَنَّمَ كَثِیْرًا مِّنَ الْجِنِّ وَالْاِنْسِ ۖؗ— لَهُمْ قُلُوْبٌ لَّا یَفْقَهُوْنَ بِهَا ؗ— وَلَهُمْ اَعْیُنٌ لَّا یُبْصِرُوْنَ بِهَا ؗ— وَلَهُمْ اٰذَانٌ لَّا یَسْمَعُوْنَ بِهَا ؕ— اُولٰٓىِٕكَ كَالْاَنْعَامِ بَلْ هُمْ اَضَلُّ ؕ— اُولٰٓىِٕكَ هُمُ الْغٰفِلُوْنَ ۟
१७९) र हामीले यस्ता धेरै जिन्न (दानव) र मानिसहरू नर्कको निम्ति सृष्टि गरेका छौं, तिनीहरूको हृदय छन् तर त्यसबाट बुझ्दैनन्, र तिनीहरूको आँखा छन्, तर त्यसबाट देख्दैनन्, र उनीहरूको कान छन्, जसबाट सुन्दैनन् । यी मानिसहरू पशु समान छन् बरु त्यसभन्दा पनि बढी (पथभ्रष्ट) छन्, यिनीहरू नै अचेत छन् ।
আৰবী তাফছীৰসমূহ:
وَلِلّٰهِ الْاَسْمَآءُ الْحُسْنٰی فَادْعُوْهُ بِهَا ۪— وَذَرُوا الَّذِیْنَ یُلْحِدُوْنَ فِیْۤ اَسْمَآىِٕهٖ ؕ— سَیُجْزَوْنَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१८०) र राम्रा–राम्रा नाम अल्लाहकै लागि हुन् । यसर्थ ती नामहरूद्वारा नै उसलाई पुकार र यस्ता मानिससित सम्बन्ध पनि नराख जो उसको नामको सम्बन्धमा कुटिलता गर्छन् । यिनीहरू यसको निम्ति अवश्य नै दण्ड पाउनेछन् ।
আৰবী তাফছীৰসমূহ:
وَمِمَّنْ خَلَقْنَاۤ اُمَّةٌ یَّهْدُوْنَ بِالْحَقِّ وَبِهٖ یَعْدِلُوْنَ ۟۠
१८१) हामीले सृष्टि गरेका प्राणीहरूमध्ये एउटा यस्तो समूह पनि छ, जसले सत्य अनुसार मार्ग देखाउँछ र त्यसै बमोजिम न्याय पनि गर्दछ ।
আৰবী তাফছীৰসমূহ:
وَالَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا سَنَسْتَدْرِجُهُمْ مِّنْ حَیْثُ لَا یَعْلَمُوْنَ ۟ۚ
१८२) र जसले हाम्रा आयतहरूलाई झूठो ठान्दछन्, हामीले उनीहरूलाई क्रमशः आफ्नो पकडमा लिइराखेका छौं । यस्तो तरीकाबाट जुन उनीहरू जान्दैनन् ।
আৰবী তাফছীৰসমূহ:
وَاُمْلِیْ لَهُمْ ؕ— اِنَّ كَیْدِیْ مَتِیْنٌ ۟
१८३) (म त) उनीहरूलाई छूट दिइराखेको छु । निश्चय नै मेरो योजना अत्यन्त सुदृढ छ ।
আৰবী তাফছীৰসমূহ:
اَوَلَمْ یَتَفَكَّرُوْا ٚ— مَا بِصَاحِبِهِمْ مِّنْ جِنَّةٍ ؕ— اِنْ هُوَ اِلَّا نَذِیْرٌ مُّبِیْنٌ ۟
१८४) के उनीहरूले यस कुराको विचार गरेनन् कि उनको साथीलाई उन्माद छैन । उनी त मात्र एउटा स्पष्टरूपले सचेत गराउनेवाला हुन् ।
আৰবী তাফছীৰসমূহ:
اَوَلَمْ یَنْظُرُوْا فِیْ مَلَكُوْتِ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا خَلَقَ اللّٰهُ مِنْ شَیْءٍ ۙ— وَّاَنْ عَسٰۤی اَنْ یَّكُوْنَ قَدِ اقْتَرَبَ اَجَلُهُمْ ۚ— فَبِاَیِّ حَدِیْثٍ بَعْدَهٗ یُؤْمِنُوْنَ ۟
१८५) र के उनीहरूले विचार पुर्याएनन् आकाश र धर्तीको राज्यमा, जुन कुरो अल्लाहले सृष्टि गरेको छ, र यस कुरोमाथि पनि कि सम्भव छ उनको (मृत्युको) अवधि नजिक आइपुगेको छ । फेरि कुरआन पश्चात कुन कुरोमाथि यिनीहरूले ईमान ल्याउनेछन् ।
আৰবী তাফছীৰসমূহ:
مَنْ یُّضْلِلِ اللّٰهُ فَلَا هَادِیَ لَهٗ ؕ— وَیَذَرُهُمْ فِیْ طُغْیَانِهِمْ یَعْمَهُوْنَ ۟
१८६) जसलाई अल्लाहले विचलित गर्दछ, उसलाई कसैले सही बाटोमा ल्याउन सक्दैन, र अल्लाहले उनीहरूलाई मार्ग विचलनमा छाडिदिन्छन् ।
আৰবী তাফছীৰসমূহ:
یَسْـَٔلُوْنَكَ عَنِ السَّاعَةِ اَیَّانَ مُرْسٰىهَا ؕ— قُلْ اِنَّمَا عِلْمُهَا عِنْدَ رَبِّیْ ۚ— لَا یُجَلِّیْهَا لِوَقْتِهَاۤ اِلَّا هُوَ ؔؕۘ— ثَقُلَتْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— لَا تَاْتِیْكُمْ اِلَّا بَغْتَةً ؕ— یَسْـَٔلُوْنَكَ كَاَنَّكَ حَفِیٌّ عَنْهَا ؕ— قُلْ اِنَّمَا عِلْمُهَا عِنْدَ اللّٰهِ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟
१८७) यिनीहरूले तपाईसित कियामतको सम्बन्धमा प्रश्न गर्दछन्ः कि ‘‘यो कहिले आउनेछ’’ ? तपाई भनिदिनुस्ः कि ‘‘यसको ज्ञान मात्र मेरो पालनकर्तासँग छ’’ । अतः अल्लाह बाहेक अरु कसैले त्यसलाई त्यसको समय प्रकटगर्न सक्दैन । त्यो आकाश र धर्तीमा अत्यन्त ठूलो (घटना) हुनेछ र त्यो एक्कासी तिमीमाथि आइलाग्नेछ । उनीहरू तपाईसित यस प्रकार सोध्छन् जस्तो कि त्यसको बारेमा तपाईलाई राम्ररी थाहा छ । भनिदिनुस्ः यसको ज्ञान खास अल्लाहसित नै छ, तर यो कुरा धेरैले बुझ्दैनन् ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আল-আ'ৰাফ
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ