Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আল-আনআম   আয়াত:
فَاِنْ كَذَّبُوْكَ فَقُلْ رَّبُّكُمْ ذُوْ رَحْمَةٍ وَّاسِعَةٍ ۚ— وَلَا یُرَدُّ بَاْسُهٗ عَنِ الْقَوْمِ الْمُجْرِمِیْنَ ۟
१४७) फेरि यदि तिनीहरूले तपाईलाई झूठा भन्छन् त भनिदिनुस् कि तिम्रो पालनकर्ता अत्यन्त दयावान छ तर अत्याचारीहरूको लागि उसको सजाय अटल छ ।
আৰবী তাফছীৰসমূহ:
سَیَقُوْلُ الَّذِیْنَ اَشْرَكُوْا لَوْ شَآءَ اللّٰهُ مَاۤ اَشْرَكْنَا وَلَاۤ اٰبَآؤُنَا وَلَا حَرَّمْنَا مِنْ شَیْءٍ ؕ— كَذٰلِكَ كَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ حَتّٰی ذَاقُوْا بَاْسَنَا ؕ— قُلْ هَلْ عِنْدَكُمْ مِّنْ عِلْمٍ فَتُخْرِجُوْهُ لَنَا ؕ— اِنْ تَتَّبِعُوْنَ اِلَّا الظَّنَّ وَاِنْ اَنْتُمْ اِلَّا تَخْرُصُوْنَ ۟
१४८) यी मुश्रिकहरूले (उत्तरमा) भन्ने छन्ः कि, यदि अल्लाहले चाहेको भए हामीले अल्लाहको साझेदार ठहराउने थिएनौं र नत हाम्रा बाबु बाजेहरूले नै गर्दथे नत हामीले कुनै कुरालाई त्याज्य ठहराउदथ्यौं, यस्तै यिनीहरूका पूर्वजले पनि सत्य कुरालाई गलत भन्ने गरेका थिए, यहाँसम्म कि हाम्रो सजायको स्वाद तिनीहरूले चाखे । (तिनीहरूलाई) भन्नुस् कि, के ‘‘तिमीहरूसँग कुनै प्रमाण छ, जसलाई हाम्रो सामु प्रस्तुत गर्न सक्छौ ? तिमीहरू त मात्र अनुमानमा हिंड्दछौ र मिथ्या कुरा गर्दछौ ।’’
আৰবী তাফছীৰসমূহ:
قُلْ فَلِلّٰهِ الْحُجَّةُ الْبَالِغَةُ ۚ— فَلَوْ شَآءَ لَهَدٰىكُمْ اَجْمَعِیْنَ ۟
१४९) तपार्इ भन्नुस् कि, पूरै विवाद अल्लाहकै लागि रह्यो यदि उसले चाहेको भए तिमी सबैलाई मार्गदर्शन प्रदान गर्ने थियो ।
আৰবী তাফছীৰসমূহ:
قُلْ هَلُمَّ شُهَدَآءَكُمُ الَّذِیْنَ یَشْهَدُوْنَ اَنَّ اللّٰهَ حَرَّمَ هٰذَا ۚ— فَاِنْ شَهِدُوْا فَلَا تَشْهَدْ مَعَهُمْ ۚ— وَلَا تَتَّبِعْ اَهْوَآءَ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا وَالَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ وَهُمْ بِرَبِّهِمْ یَعْدِلُوْنَ ۟۠
१५०) तपार्इ भन्नुस् कि, आफ्नो साक्षीहरूलाई ल्याऊ, जसले गवाही देउन् कि अल्लाहले यी कुराहरूलाई त्याज्य बनाएको छ । अनि यदि तिनीहरू आएर गवाही दिन्छन् भने तपाई तिनीहरूको साथ साक्षी नबस्नुस् र कदापि तिनीहरूको इच्छाको पछि नहिड्नु जसले हाम्रा आयतहरूलाई गलत भनिराखेका छन् र जो परलोकको दिनमा विश्वास गर्दैनन्, र आफ्नो पालनकर्ताको समकक्ष अरुलाई पनि ठान्दछन् ।
আৰবী তাফছীৰসমূহ:
قُلْ تَعَالَوْا اَتْلُ مَا حَرَّمَ رَبُّكُمْ عَلَیْكُمْ اَلَّا تُشْرِكُوْا بِهٖ شَیْـًٔا وَّبِالْوَالِدَیْنِ اِحْسَانًا ۚ— وَلَا تَقْتُلُوْۤا اَوْلَادَكُمْ مِّنْ اِمْلَاقٍ ؕ— نَحْنُ نَرْزُقُكُمْ وَاِیَّاهُمْ ۚ— وَلَا تَقْرَبُوا الْفَوَاحِشَ مَا ظَهَرَ مِنْهَا وَمَا بَطَنَ ۚ— وَلَا تَقْتُلُوا النَّفْسَ الَّتِیْ حَرَّمَ اللّٰهُ اِلَّا بِالْحَقِّ ؕ— ذٰلِكُمْ وَصّٰىكُمْ بِهٖ لَعَلَّكُمْ تَعْقِلُوْنَ ۟
१५१) (हे नबी) तपार्इ भन्नुस् कि (हे मानिसहरू !) आऊ म तिमीहरूलाई ती कुरा सुनाउँछु जसको (विरोध गर्न) तिम्रो पालनकर्ताले तिम्रो लागि रोक लगाएको छ, ती यी हुन् कि कुनै कुरालाई अल्लाहसँग नदाँज्नु (साझेदार नबाउनु) र आमा–बुवासँग राम्रो व्यवहार गर्नु र दरिद्राताको भयले आफ्नो सन्तानहरूलाई नमार्नु । (किनभने) तिमीलाई र उनलाई हामीले नै जीविका प्रदान गर्दछौं, र हरेक प्रकारको निर्लज्ज कुराको नजिक नजानु, खुल्लारूपमा होस् वा गोप्यरूपमा । र जुन प्राणीको ज्यान मार्न अल्लाहले रोक लगाएको छ, उसको ज्यान नलिनु । तर यस नियमको पालनामा हक–इन्साफको निम्ति गरिएको बाहेक । यी कुराहरूको पालनाको लागि अल्लाहले तिमीलाई सचेत गरेको छ, कि तिमी सम्झ ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আল-আনআম
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ