Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: ইয়াছীন   আয়াত:

यासीन

یٰسٓ ۟ۚ
१) यासीन
আৰবী তাফছীৰসমূহ:
وَالْقُرْاٰنِ الْحَكِیْمِ ۟ۙ
२) कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको,
আৰবী তাফছীৰসমূহ:
اِنَّكَ لَمِنَ الْمُرْسَلِیْنَ ۟ۙ
३) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपाईं पैगम्बरहरूमध्येकै हुनुहुन्छ,
আৰবী তাফছীৰসমূহ:
عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟ؕ
४) सोझो मार्गमा हुनुहुन्छ ।
আৰবী তাফছীৰসমূহ:
تَنْزِیْلَ الْعَزِیْزِ الرَّحِیْمِ ۟ۙ
५) (यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।
আৰবী তাফছীৰসমূহ:
لِتُنْذِرَ قَوْمًا مَّاۤ اُنْذِرَ اٰبَآؤُهُمْ فَهُمْ غٰفِلُوْنَ ۟
६) ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् ।
আৰবী তাফছীৰসমূহ:
لَقَدْ حَقَّ الْقَوْلُ عَلٰۤی اَكْثَرِهِمْ فَهُمْ لَا یُؤْمِنُوْنَ ۟
७) उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् ।
আৰবী তাফছীৰসমূহ:
اِنَّا جَعَلْنَا فِیْۤ اَعْنَاقِهِمْ اَغْلٰلًا فَهِیَ اِلَی الْاَذْقَانِ فَهُمْ مُّقْمَحُوْنَ ۟
८) हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् ।
আৰবী তাফছীৰসমূহ:
وَجَعَلْنَا مِنْ بَیْنِ اَیْدِیْهِمْ سَدًّا وَّمِنْ خَلْفِهِمْ سَدًّا فَاَغْشَیْنٰهُمْ فَهُمْ لَا یُبْصِرُوْنَ ۟
९) र हामीले उनीहरूको अगाडि एउटा पर्दा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँकिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् ।
আৰবী তাফছীৰসমূহ:
وَسَوَآءٌ عَلَیْهِمْ ءَاَنْذَرْتَهُمْ اَمْ لَمْ تُنْذِرْهُمْ لَا یُؤْمِنُوْنَ ۟
१०) र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् ।
আৰবী তাফছীৰসমূহ:
اِنَّمَا تُنْذِرُ مَنِ اتَّبَعَ الذِّكْرَ وَخَشِیَ الرَّحْمٰنَ بِالْغَیْبِ ۚ— فَبَشِّرْهُ بِمَغْفِرَةٍ وَّاَجْرٍ كَرِیْمٍ ۟
११) तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डराउँछ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् ।
আৰবী তাফছীৰসমূহ:
اِنَّا نَحْنُ نُحْیِ الْمَوْتٰی وَنَكْتُبُ مَا قَدَّمُوْا وَاٰثَارَهُمْ ؔؕ— وَكُلَّ شَیْءٍ اَحْصَیْنٰهُ فِیْۤ اِمَامٍ مُّبِیْنٍ ۟۠
१२) निःसन्देह हामीले मुर्दाहरूलाई (मृतकहरूलार्इ) जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: ইয়াছীন
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ