Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আল-আহযাব   আয়াত:
وَمَا كَانَ لِمُؤْمِنٍ وَّلَا مُؤْمِنَةٍ اِذَا قَضَی اللّٰهُ وَرَسُوْلُهٗۤ اَمْرًا اَنْ یَّكُوْنَ لَهُمُ الْخِیَرَةُ مِنْ اَمْرِهِمْ ؕ— وَمَنْ یَّعْصِ اللّٰهَ وَرَسُوْلَهٗ فَقَدْ ضَلَّ ضَلٰلًا مُّبِیْنًا ۟
३६) र हेर कुनै मोमिन् पुरुष र मोमिन स्त्रीलाई जब अल्लाहले र उसको रसूलले कुनै कुराको फैसला निर्धारित गरिदिन्छन्, त उनीहरूको यस काममा अन्यथा केही हक बाँकी रहँदैन । जोसुकैले अल्लाह र उसको रसूलको अवज्ञा गर्नेछ, त्यो स्पष्टरूपले मार्गविचलित भइहाल्यो ।
আৰবী তাফছীৰসমূহ:
وَاِذْ تَقُوْلُ لِلَّذِیْۤ اَنْعَمَ اللّٰهُ عَلَیْهِ وَاَنْعَمْتَ عَلَیْهِ اَمْسِكْ عَلَیْكَ زَوْجَكَ وَاتَّقِ اللّٰهَ وَتُخْفِیْ فِیْ نَفْسِكَ مَا اللّٰهُ مُبْدِیْهِ وَتَخْشَی النَّاسَ ۚ— وَاللّٰهُ اَحَقُّ اَنْ تَخْشٰىهُ ؕ— فَلَمَّا قَضٰی زَیْدٌ مِّنْهَا وَطَرًا زَوَّجْنٰكَهَا لِكَیْ لَا یَكُوْنَ عَلَی الْمُؤْمِنِیْنَ حَرَجٌ فِیْۤ اَزْوَاجِ اَدْعِیَآىِٕهِمْ اِذَا قَضَوْا مِنْهُنَّ وَطَرًا ؕ— وَكَانَ اَمْرُ اللّٰهِ مَفْعُوْلًا ۟
३७) (हे नबी) स्मरण गर्नुस् जबकि तपाईंले त्यस व्यक्तिसँग भनिराख्नु भएको थियो जसमाथि अल्लाहले अनुकम्पा गर्यो, र जसमाथि तपाईंले पनि अनुकम्पा गर्नु भयो कि ‘‘आफ्नो पत्नीलाई आफूसँग राख र अल्लाहसित डर र तपाईं आफ्नो मनमा त्यस कुरालाई लुकाइराख्नु भएको थियो, जसलाई अल्लाह प्रकट गर्नेवाला थियो । तपाईं मानिसहरूसँग भय खानु हुन्थ्यौ, जबकि अल्लाह त्यस कुराको अधिक हकदार थियो कि तिमी ऊसित डर’’ । अतः जब जैदले ऊसित (स्त्रीसित) आफ्नो आवश्यकता पूरा गरिसक्यो त हामीले तिमीसित उसको विवाह गरिदियौं, ताकि ईमानवालाहरूलाई आफ्ना धर्मपुत्रहरूको पत्नीहरूको सम्बन्धमा कुनै प्रकारको अपठ्यारो नरहोस् जबकि उनीहरूले तिनीहरूसित आफ्नो आवश्यकता पूरा गरिसकेका हुन्छन् । अल्लाहको आदेश त पूरा भएर रहनेछ ।
আৰবী তাফছীৰসমূহ:
مَا كَانَ عَلَی النَّبِیِّ مِنْ حَرَجٍ فِیْمَا فَرَضَ اللّٰهُ لَهٗ ؕ— سُنَّةَ اللّٰهِ فِی الَّذِیْنَ خَلَوْا مِنْ قَبْلُ ؕ— وَكَانَ اَمْرُ اللّٰهِ قَدَرًا مَّقْدُوْرَا ۟ؗۙ
३८) जुन कुराहरू अल्लाहले आफ्नो नबीको लागि निर्धारित गरेको छ, तिनीहरूमा नबीको लागि कुनै हर्ज छैन । अल्लाहको यही स्वीकृत मान्यता ती मानिसहरूको सम्बन्धमा पनि रहेको छ, जुन पहिला गुज्रिसकेका छन् र अल्लाहको आदेश निश्चित भएको हुन्छ ।
আৰবী তাফছীৰসমূহ:
١لَّذِیْنَ یُبَلِّغُوْنَ رِسٰلٰتِ اللّٰهِ وَیَخْشَوْنَهٗ وَلَا یَخْشَوْنَ اَحَدًا اِلَّا اللّٰهَ ؕ— وَكَفٰی بِاللّٰهِ حَسِیْبًا ۟
३९) उनीहरूले अल्लाहको सन्देश पुर्याउँदथे र उसैसित डर मान्दथे र अल्लाह बाहेक कसैसित डराउन्नथे । र हिसाब लिनुको निम्ति अल्लाह नै पर्याप्त छ ।
আৰবী তাফছীৰসমূহ:
مَا كَانَ مُحَمَّدٌ اَبَاۤ اَحَدٍ مِّنْ رِّجَالِكُمْ وَلٰكِنْ رَّسُوْلَ اللّٰهِ وَخَاتَمَ النَّبِیّٖنَ ؕ— وَكَانَ اللّٰهُ بِكُلِّ شَیْءٍ عَلِیْمًا ۟۠
४०) (मानिसहरू हो ! ) मुहम्मद तिम्रा पुरुषहरूमध्ये कसैको पिता होइनन्, बरु उनी अल्लाहका रसूल र नबीहरूका समापक (अन्तिम नबी) हुन् । र अल्लाहलाई प्रत्येक कुराको पूर्ण ज्ञान छ ।
আৰবী তাফছীৰসমূহ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اذْكُرُوا اللّٰهَ ذِكْرًا كَثِیْرًا ۟ۙ
४१) हे आस्थावानहरू ! अल्लाहलाई धेरै स्मरण गर्नेगर ।
আৰবী তাফছীৰসমূহ:
وَّسَبِّحُوْهُ بُكْرَةً وَّاَصِیْلًا ۟
४२) र बिहान र बेलुका उसको गुणगान गर्नेगर ।
আৰবী তাফছীৰসমূহ:
هُوَ الَّذِیْ یُصَلِّیْ عَلَیْكُمْ وَمَلٰٓىِٕكَتُهٗ لِیُخْرِجَكُمْ مِّنَ الظُّلُمٰتِ اِلَی النُّوْرِ ؕ— وَكَانَ بِالْمُؤْمِنِیْنَ رَحِیْمًا ۟
४३) उही त हो, जसले तिमीमाथि रहमत (कृपा) पठाउँछ र उसका स्वर्गदूतहरूले पनि (तिम्रो लागि शान्ति र अनुकम्पाको प्रार्थना गर्दछन्) ताकि उसले तिमीलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लगोस् र अल्लाह आस्थावानहरूमाथि धेरै कृपालु छ ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আল-আহযাব
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ