Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আলে ইমৰাণ   আয়াত:
فَانْقَلَبُوْا بِنِعْمَةٍ مِّنَ اللّٰهِ وَفَضْلٍ لَّمْ یَمْسَسْهُمْ سُوْٓءٌ ۙ— وَّاتَّبَعُوْا رِضْوَانَ اللّٰهِ ؕ— وَاللّٰهُ ذُوْ فَضْلٍ عَظِیْمٍ ۟
१७४) (परिणाम यो भयो कि) अल्लाहको उपहार र कृपाका साथ फर्के, तिनीलाई कुनै हानि पुगेन र तिनीहरू अल्लाहको प्रसन्नताको निम्ति नतमस्तक रहे र अल्लाह अपार दानशील छ ।
আৰবী তাফছীৰসমূহ:
اِنَّمَا ذٰلِكُمُ الشَّیْطٰنُ یُخَوِّفُ اَوْلِیَآءَهٗ ۪— فَلَا تَخَافُوْهُمْ وَخَافُوْنِ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
१७५) यो समाचार दिने त शैतान नै हो; जसले कि आफ्ना मतियारहरूबाट भय सृजना गराउँदछ । तिमीहरू उसबाट नडर, तिमी यदि साँच्चै मोमिन हौ भने मसित नै डर्नेगर ।
আৰবী তাফছীৰসমূহ:
وَلَا یَحْزُنْكَ الَّذِیْنَ یُسَارِعُوْنَ فِی الْكُفْرِ ۚ— اِنَّهُمْ لَنْ یَّضُرُّوا اللّٰهَ شَیْـًٔا ؕ— یُرِیْدُ اللّٰهُ اَلَّا یَجْعَلَ لَهُمْ حَظًّا فِی الْاٰخِرَةِ ۚ— وَلَهُمْ عَذَابٌ عَظِیْمٌ ۟
१७६) र जुन मानिसहरू कुफ्रतिर तीव्र गतिले बढिराखेका छन्, तिनले तिमीलाई भयभीत नगरुन्, निश्चितरूपले स्वीकार गर कि यिनले अल्लाहको केही हानि नोक्सानी गर्न सक्दैनन् । अल्लाह चाहन्छ कि आखिरतको दिनमा तिनलाई अंश नदेओस् र तिनको निम्ति ठूलो सजाय तयार छ ।
আৰবী তাফছীৰসমূহ:
اِنَّ الَّذِیْنَ اشْتَرَوُا الْكُفْرَ بِالْاِیْمَانِ لَنْ یَّضُرُّوا اللّٰهَ شَیْـًٔا ۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
१७७) ईमानको बदलामा कुफ्र किन्नेहरूले कदापि अल्लाहको केही बिगार्न सक्दैनन् र तिनकै लागि कष्टदायक सजाय हुनेछ ।
আৰবী তাফছীৰসমূহ:
وَلَا یَحْسَبَنَّ الَّذِیْنَ كَفَرُوْۤا اَنَّمَا نُمْلِیْ لَهُمْ خَیْرٌ لِّاَنْفُسِهِمْ ؕ— اِنَّمَا نُمْلِیْ لَهُمْ لِیَزْدَادُوْۤا اِثْمًا ۚ— وَلَهُمْ عَذَابٌ مُّهِیْنٌ ۟
१७८) काफिरहरूले हामीले तिनलाई दिएको छूटलाई आफ्नो पक्षमा राम्रो नठानुन् । बरु हामीले तिनलाई यो छूट यसकारणले दिइराखेका छौं कि तिनीहरू बढी पाप गरिहालुन् । अन्ततः तिनलाई अपमानजनक सजाय हुनेछ ।
আৰবী তাফছীৰসমূহ:
مَا كَانَ اللّٰهُ لِیَذَرَ الْمُؤْمِنِیْنَ عَلٰی مَاۤ اَنْتُمْ عَلَیْهِ حَتّٰی یَمِیْزَ الْخَبِیْثَ مِنَ الطَّیِّبِ ؕ— وَمَا كَانَ اللّٰهُ لِیُطْلِعَكُمْ عَلَی الْغَیْبِ وَلٰكِنَّ اللّٰهَ یَجْتَبِیْ مِنْ رُّسُلِهٖ مَنْ یَّشَآءُ ۪— فَاٰمِنُوْا بِاللّٰهِ وَرُسُلِهٖ ۚ— وَاِنْ تُؤْمِنُوْا وَتَتَّقُوْا فَلَكُمْ اَجْرٌ عَظِیْمٌ ۟
१७९) जबसम्म अल्लाहले अपवित्रलाई पवित्रबाट अलग गर्दैन, मोमिनहरूलाई यस अवस्थामा जसमा कि तिमी छौ, कहिल्यै रहन दिनेछैन । अल्लाहले तिमीलाई अदृश्य कुराबाट पनि अवगत गराउँदैन । (तर) हो, अल्लाहले आफ्ना रसूलहरूमध्ये जसलाई चाहन्छ रोज्दछ । तसर्थ तिमीले अल्लाह र उसका रसूलहरूमाथि आस्था राख, यदि आस्था राख्दछौ र आत्मसंयमी हुन्छौ भने त्यसको अति ठूलो प्रतिफल प्राप्त गर्ने छौ ।
আৰবী তাফছীৰসমূহ:
وَلَا یَحْسَبَنَّ الَّذِیْنَ یَبْخَلُوْنَ بِمَاۤ اٰتٰىهُمُ اللّٰهُ مِنْ فَضْلِهٖ هُوَ خَیْرًا لَّهُمْ ؕ— بَلْ هُوَ شَرٌّ لَّهُمْ ؕ— سَیُطَوَّقُوْنَ مَا بَخِلُوْا بِهٖ یَوْمَ الْقِیٰمَةِ ؕ— وَلِلّٰهِ مِیْرَاثُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟۠
१८०) जुन मानिसहरूलाई जे जति धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, तिनले त्यसमा कञ्जूस्यायीलाई आफ्नो हकमा राम्रो नठानुन् बरु (त्यो) तिनको निम्ति अहितकर छ । तिनीहरूले जुन धनमा कञ्जूसी गर्दछन् कियामतको दिन त्यसको तौक (पांग्रा) पहिराइने छन् । आकाशहरू र पृथ्वीको वेरासतको वास्तविक मालिक अल्लाह नै हो । र जुन क्रियाकलाप तिमीले गर्दछौ, अल्लाहलाई राम्री थाहा छ ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আলে ইমৰাণ
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ