Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ   አንቀጽ:
تِلْكَ الرُّسُلُ فَضَّلْنَا بَعْضَهُمْ عَلٰی بَعْضٍ ۘ— مِنْهُمْ مَّنْ كَلَّمَ اللّٰهُ وَرَفَعَ بَعْضَهُمْ دَرَجٰتٍ ؕ— وَاٰتَیْنَا عِیْسَی ابْنَ مَرْیَمَ الْبَیِّنٰتِ وَاَیَّدْنٰهُ بِرُوْحِ الْقُدُسِ ؕ— وَلَوْ شَآءَ اللّٰهُ مَا اقْتَتَلَ الَّذِیْنَ مِنْ بَعْدِهِمْ مِّنْ بَعْدِ مَا جَآءَتْهُمُ الْبَیِّنٰتُ وَلٰكِنِ اخْتَلَفُوْا فَمِنْهُمْ مَّنْ اٰمَنَ وَمِنْهُمْ مَّنْ كَفَرَ ؕ— وَلَوْ شَآءَ اللّٰهُ مَا اقْتَتَلُوْا ۫— وَلٰكِنَّ اللّٰهَ یَفْعَلُ مَا یُرِیْدُ ۟۠
२५३) यी पैगम्बरहरू हुन् । तिनीहरूमध्ये हामीले केहीमाथि केहीलाई प्रधानता प्रदान गरेका छौं । केही यस्ता छन् जोसित अल्लाहले कुरा गर्यो र केहीका दर्जा उच्च बनायो र मरियमको पुत्र ईसालाई चमत्कारहरू प्रदान गर्यो र रूहुल्कुद्सद्वारा (पवित्र आत्माद्वारा) उनलाई मद्दत पुर्यायो । यदि अल्लाहले चाहेको भए, तिनीभन्दा पहिलेका मानिसहरू आफ्नाछेउ निशानीहरू (प्रमाणहरू) आइसकेपछि आपसमा कदापि युद्ध गर्दैनथे, तर तिनीहरूले मतभेदका कुरा गरे, तिनीहरूमध्ये केही त आस्तिक (मोमिन) भइहाले र केही काफिर (नास्तिक) नै रहे । र यदि अल्लाहले चाहेको भए यी मानिसहरू आपसमा लड्ने थिएनन्, तर अल्लाहले जे चाहन्छ, गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اَنْفِقُوْا مِمَّا رَزَقْنٰكُمْ مِّنْ قَبْلِ اَنْ یَّاْتِیَ یَوْمٌ لَّا بَیْعٌ فِیْهِ وَلَا خُلَّةٌ وَّلَا شَفَاعَةٌ ؕ— وَالْكٰفِرُوْنَ هُمُ الظّٰلِمُوْنَ ۟
२५४) हे ईमानवालाहरू ! जुन हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट त्यो दिन आउँदासम्म खर्च गर्नेगर जब न व्यापार हुनेछ, न मित्रता, र नत कुनै सिफारिश काम लाग्नेछ । र कुफ्र गर्नेहरू नै अत्याचारी हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— اَلْحَیُّ الْقَیُّوْمُ ۚ۬— لَا تَاْخُذُهٗ سِنَةٌ وَّلَا نَوْمٌ ؕ— لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— مَنْ ذَا الَّذِیْ یَشْفَعُ عِنْدَهٗۤ اِلَّا بِاِذْنِهٖ ؕ— یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ ۚ— وَلَا یُحِیْطُوْنَ بِشَیْءٍ مِّنْ عِلْمِهٖۤ اِلَّا بِمَا شَآءَ ۚ— وَسِعَ كُرْسِیُّهُ السَّمٰوٰتِ وَالْاَرْضَ ۚ— وَلَا یَـُٔوْدُهٗ حِفْظُهُمَا ۚ— وَهُوَ الْعَلِیُّ الْعَظِیْمُ ۟
२५५) अल्लाह नै वास्तवमा सत्य पूजनीय छ, उसबाहेक अरु कोही पूज्य छैन । (ऊ) सधैं जीवित रहनेवाला र सबैलाई थाम्न सक्नेवाला छ । उसलाई न अल्छी (ऊँघ) लाग्छ न निद्रा आउँछ, जे जति आकाशमण्डलमा छन् र जे धरतीमा छ, सबै उसैको हो । को छ जसले उसको अनुमति बिना उससँग कसैको सिफारिश गर्न सकोस् । जे जति उनको अगाडि छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, उसलाई सबै थाहा छ, र तिनीहरूले उसको ज्ञानको केही अंशको पनि घेराबन्दी गर्न सक्दैनन्, तर ऊ जति चाहोस् । उसको कुर्सीले आकाशमण्डल र धरतीलाई घेरिराखेको छ र अल्लाहले उनको रक्षा गर्नुबाट थाक्दैन र नत दिक्क मान्छ । ऊ त सबैभन्दा ठूलो र सर्वोच्च छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَاۤ اِكْرَاهَ فِی الدِّیْنِ ۚ— قَدْ تَّبَیَّنَ الرُّشْدُ مِنَ الْغَیِّ ۚ— فَمَنْ یَّكْفُرْ بِالطَّاغُوْتِ وَیُؤْمِنْ بِاللّٰهِ فَقَدِ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقٰی ۗ— لَا انْفِصَامَ لَهَا ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟
२५६) धर्ममा (इस्लाममा) कुनै बलजफ्ती छैन । वास्तवमा कुमार्गबाट सुमार्ग प्रष्ट भइसकेको छ । यसर्थ जसले अल्लाह बाहेक अन्य मूर्तिहरूमा आस्था राख्दैन र अल्लाहमाथि आस्था राख्यो, उसले यस्तो बलियो डोरी समातिसकेको छ, जुन कि कहिल्यै चुँड्ने छैन। अल्लाह सबै कुरा सुन्नेवाला सर्वज्ञ हो।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት