Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ   አንቀጽ:
وَلَمَّا جَآءَهُمْ كِتٰبٌ مِّنْ عِنْدِ اللّٰهِ مُصَدِّقٌ لِّمَا مَعَهُمْ ۙ— وَكَانُوْا مِنْ قَبْلُ یَسْتَفْتِحُوْنَ عَلَی الَّذِیْنَ كَفَرُوْا ۚ— فَلَمَّا جَآءَهُمْ مَّا عَرَفُوْا كَفَرُوْا بِهٖ ؗ— فَلَعْنَةُ اللّٰهِ عَلَی الْكٰفِرِیْنَ ۟
८९) र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वयम् त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।
የአረብኛ ቁርኣን ማብራሪያ:
بِئْسَمَا اشْتَرَوْا بِهٖۤ اَنْفُسَهُمْ اَنْ یَّكْفُرُوْا بِمَاۤ اَنْزَلَ اللّٰهُ بَغْیًا اَنْ یُّنَزِّلَ اللّٰهُ مِنْ فَضْلِهٖ عَلٰی مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ ۚ— فَبَآءُوْ بِغَضَبٍ عَلٰی غَضَبٍ ؕ— وَلِلْكٰفِرِیْنَ عَذَابٌ مُّهِیْنٌ ۟
९०) त्यो चीज साह्रै नराम्रो छ, जसको सट्टा तिनीहरूले आफूलाई बेचिहाले, त्यो तिनीहरूको अनास्था (इन्कार) हो, अल्लाहको तर्फबाट आएको चीजसंग मात्र यस डाहको कारण कि अल्लाहले आफ्ना भक्तहरूमध्ये जसमाथि चाह्यो आफ्नो कृपा गर्यो, यसकारण तिनीहरू एक क्रोध पछि अर्को क्रोधको पात्र भए । र अनास्थावानहरूको लागि अपमानजनक सजाय छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا قِیْلَ لَهُمْ اٰمِنُوْا بِمَاۤ اَنْزَلَ اللّٰهُ قَالُوْا نُؤْمِنُ بِمَاۤ اُنْزِلَ عَلَیْنَا وَیَكْفُرُوْنَ بِمَا وَرَآءَهٗ ۗ— وَهُوَ الْحَقُّ مُصَدِّقًا لِّمَا مَعَهُمْ ؕ— قُلْ فَلِمَ تَقْتُلُوْنَ اَنْۢبِیَآءَ اللّٰهِ مِنْ قَبْلُ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
९१) र, जब तिनीहरूसित भनिन्छ कि अल्लाहले अवतरित गरेको किताबमाथि आस्था राख, त भन्दछन् कि जुन ग्रन्थ हामीमाथि उतारिसकिएको छ, त्यसमाथि हाम्रो आस्था छ । जबकि त्यसभन्दा पछिल्लो (किताब) जुन कि सत्य हो र तिनको (किताब तौरातको) पुष्टि गर्दछ, त्योसंग अनास्था राख्दछन् । तिनीहरूसित यो सोध कि यदि तिमी अघिल्ला किताबहरूमाथि आस्था राख्दछौ त फेरि तिमीले अल्लाहका दूतहरूको किन हत्या गर्यौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ جَآءَكُمْ مُّوْسٰی بِالْبَیِّنٰتِ ثُمَّ اتَّخَذْتُمُ الْعِجْلَ مِنْ بَعْدِهٖ وَاَنْتُمْ ظٰلِمُوْنَ ۟
९२) मूसाले तिमी नजिक यही तर्क लिएर आए तैपनि तिमीले बाच्छोलाई पूज्न थाल्यौ, तिमी अन्यायी नै हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذْ اَخَذْنَا مِیْثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّوْرَ ؕ— خُذُوْا مَاۤ اٰتَیْنٰكُمْ بِقُوَّةٍ وَّاسْمَعُوْا ؕ— قَالُوْا سَمِعْنَا وَعَصَیْنَا ۗ— وَاُشْرِبُوْا فِیْ قُلُوْبِهِمُ الْعِجْلَ بِكُفْرِهِمْ ؕ— قُلْ بِئْسَمَا یَاْمُرُكُمْ بِهٖۤ اِیْمَانُكُمْ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
९३) जब हामीले तिमीबाट वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि उभ्यायौं । (र आदेश दियौं) कि जुन (किताब) हामीले तिमीलाई दिएका छौं त्यसलाई बेस्सरी समात र (आदेशलाई) सुन, त तिनीहरूले भने कि हामीले सुन्यौं तर मान्दैनौं, र तिनको नास्तिकताको कारणले तिनको हृदयमा बाछोको माया पलाइहाल्यो । (हे मुहम्मद) तिनीहरूलाई भनिदिनु कि तिम्रो ईमानले तिमीलाई नराम्रो आदेश गरिरहेको छ यदि तिमी आस्थावान हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-በቀራህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት