Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ዩሱፍ   አንቀጽ:
فَلَمَّا سَمِعَتْ بِمَكْرِهِنَّ اَرْسَلَتْ اِلَیْهِنَّ وَاَعْتَدَتْ لَهُنَّ مُتَّكَاً وَّاٰتَتْ كُلَّ وَاحِدَةٍ مِّنْهُنَّ سِكِّیْنًا وَّقَالَتِ اخْرُجْ عَلَیْهِنَّ ۚ— فَلَمَّا رَاَیْنَهٗۤ اَكْبَرْنَهٗ وَقَطَّعْنَ اَیْدِیَهُنَّ ؗ— وَقُلْنَ حَاشَ لِلّٰهِ مَا هٰذَا بَشَرًا ؕ— اِنْ هٰذَاۤ اِلَّا مَلَكٌ كَرِیْمٌ ۟
३१) उसले (जुलेखाले) जब यी आईमाईहरूको मक्कारीको कुरा सुन्यो, तब उनलाई बोलाउन सन्देश पठायो, र उनको लागि बैठकको आयोजना गर्याे, र हरेकलाई एउटा एउटा छुरी दियो, र भन्यो कि हे यूसुफ उनको सामुन्ने आऊ, जब आईमाईहरूले देखिन् त आश्चर्यचकित भइन् र आफ्नो हात काटिहालिन् । र उनीहरूले भनिन् कि अल्लाह धन्य छ ! यो मनुष्य होइन, अवश्य कुनै मर्यादित स्वर्गदूत हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَتْ فَذٰلِكُنَّ الَّذِیْ لُمْتُنَّنِیْ فِیْهِ ؕ— وَلَقَدْ رَاوَدْتُّهٗ عَنْ نَّفْسِهٖ فَاسْتَعْصَمَ ؕ— وَلَىِٕنْ لَّمْ یَفْعَلْ مَاۤ اٰمُرُهٗ لَیُسْجَنَنَّ وَلَیَكُوْنًا مِّنَ الصّٰغِرِیْنَ ۟
३२) अनि अजीजे मिस्रकी पत्नीले भनी, यो त्यही हो जसको बारेमा तिमीहरूले मलाई दोष लगाउँदैथ्यौ र निःसन्देह मैले उसलाई आफूतिर प्रवृत्त गर्न खोजेको हो, तर यो विचलित भएन र यदि यसले त्यो काम गर्दैन जुन मैले यसलाई भनें त यो बन्दी बनाइनेछ र अपमानित हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ السِّجْنُ اَحَبُّ اِلَیَّ مِمَّا یَدْعُوْنَنِیْۤ اِلَیْهِ ۚ— وَاِلَّا تَصْرِفْ عَنِّیْ كَیْدَهُنَّ اَصْبُ اِلَیْهِنَّ وَاَكُنْ مِّنَ الْجٰهِلِیْنَ ۟
३३) यूसुफले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! जुन कामतिर यिनीहरूले मलाई बोलाइराखेछिन् त्यसको सट्टामा मलाई कैद स्वीकार छ, र एकदम यदि तिमीले मबाट उनीहरूको षड्यन्त्र हटाएनौ भने म तिनीहरूतिर प्रवृत्त भइहाल्नेछु र अज्ञानीहरूमध्येको भइहाल्नेछु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاسْتَجَابَ لَهٗ رَبُّهٗ فَصَرَفَ عَنْهُ كَیْدَهُنَّ ؕ— اِنَّهٗ هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
३४) अनि अल्लाहले उनको प्रार्थना स्वीकार गरिहाल्यो, र उनीबाट आईमाईहरूको जाल समाप्त गरिहाल्यो । निःसन्देह ऊ सुन्ने (र) जान्नेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ بَدَا لَهُمْ مِّنْ بَعْدِ مَا رَاَوُا الْاٰیٰتِ لَیَسْجُنُنَّهٗ حَتّٰی حِیْنٍ ۟۠
३५) तर यसको बावजूद कि तिनीहरूले धेरै निशानीहरू देखिसकेका थिए तैपनि उनीहरू यसै कुरामा सहमत भएकि केही दिनको लागि (यूसुफलार्इ) कैदमा नै राखियोस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَدَخَلَ مَعَهُ السِّجْنَ فَتَیٰنِ ؕ— قَالَ اَحَدُهُمَاۤ اِنِّیْۤ اَرٰىنِیْۤ اَعْصِرُ خَمْرًا ۚ— وَقَالَ الْاٰخَرُ اِنِّیْۤ اَرٰىنِیْۤ اَحْمِلُ فَوْقَ رَاْسِیْ خُبْزًا تَاْكُلُ الطَّیْرُ مِنْهُ ؕ— نَبِّئْنَا بِتَاْوِیْلِهٖ ۚ— اِنَّا نَرٰىكَ مِنَ الْمُحْسِنِیْنَ ۟
३६) र उनको साथमा अरु दुई युवकहरू पनि जेलमा प्रवेश गरे । तिनीहरूमध्ये एउटाले भन्यो कि मैले सपना देखेको छुः कि म मदिराको निम्ति अंगूर निचोरिराखेको छु । अर्कोले भन्योः कि मैले पनि सपना देखेको छु कि मैले आफ्नो टाउकोमा रोटीहरू बोकेको छु र पंक्षीहरूले त्यसबाट खाइराखेका छन् । तसर्थ हामीलाई यसको अर्थ भनिदिनुस् किनभने हामीले तपाईलाई असल मानिसको रूपमा देखिराखेका छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ لَا یَاْتِیْكُمَا طَعَامٌ تُرْزَقٰنِهٖۤ اِلَّا نَبَّاْتُكُمَا بِتَاْوِیْلِهٖ قَبْلَ اَنْ یَّاْتِیَكُمَا ؕ— ذٰلِكُمَا مِمَّا عَلَّمَنِیْ رَبِّیْ ؕ— اِنِّیْ تَرَكْتُ مِلَّةَ قَوْمٍ لَّا یُؤْمِنُوْنَ بِاللّٰهِ وَهُمْ بِالْاٰخِرَةِ هُمْ كٰفِرُوْنَ ۟
३७) यूसुफले भनेः कि जुन खाना तिमीलाई प्राप्त हुनेवाला छ, त्यो आउनुभन्दा अगाडि नै मैले तिमीलाई त्यसको अर्थ र वास्तविकता भनिदिनेछु । यी ती कुराहरूमध्येका हुन्, जुन मेरो पालनकर्ताले मलाई सिकाउनु भएको छ । जुन मानिसहरू अल्लाहमाथि विश्वास गर्दैनन् र परलोकको दिनलाई नकार्दछन्, मैले तिनीहरूको धर्म छोडिसकेको छु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ዩሱፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት