Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ዩሱፍ   አንቀጽ:
فَلَمَّا ذَهَبُوْا بِهٖ وَاَجْمَعُوْۤا اَنْ یَّجْعَلُوْهُ فِیْ غَیٰبَتِ الْجُبِّ ۚ— وَاَوْحَیْنَاۤ اِلَیْهِ لَتُنَبِّئَنَّهُمْ بِاَمْرِهِمْ هٰذَا وَهُمْ لَا یَشْعُرُوْنَ ۟
१५) फेरि जब तिनीहरूले उनलाई लगे, र सबै एकमत भए कि उनलाई एउटा एकान्तको गहिरो इनारमा हालिदियौ, त हामीले यूसुफ (अलैस्सिलाम) तिर त्यही सन्देश पठायाैं कि एक समय यस्तो आउँनेछ कि तिमीले तिनीहरूसित यसको बारेमा भन्नेछौ र तिनीहरूलाई तिम्रो बारेमा कुनै ज्ञान हुनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَآءُوْۤ اَبَاهُمْ عِشَآءً یَّبْكُوْنَ ۟ؕ
१६) तिनीहरू रातिको समयमा पिताको समीपमा रुँदै आए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا یٰۤاَبَانَاۤ اِنَّا ذَهَبْنَا نَسْتَبِقُ وَتَرَكْنَا یُوْسُفَ عِنْدَ مَتَاعِنَا فَاَكَلَهُ الذِّئْبُ ۚ— وَمَاۤ اَنْتَ بِمُؤْمِنٍ لَّنَا وَلَوْ كُنَّا صٰدِقِیْنَ ۟
१७) र भन्नथालेः ‘‘कि पिताज्यू ! हामी त परस्पर दगुर्नुमा एक अर्कासित अगाडि हुनुमा लागिहाल्यौं, र यूसुफलाई आफ्नो सामानको नजिकमा छाड्दियौं, अनि ब्वाँसोले उसलाई खाइहाल्यो हाम्रो कुरालाई तपाईले पत्याउनुहुन्न, जबकि हामीले सत्य भनिराखेका छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَآءُوْ عَلٰی قَمِیْصِهٖ بِدَمٍ كَذِبٍ ؕ— قَالَ بَلْ سَوَّلَتْ لَكُمْ اَنْفُسُكُمْ اَمْرًا ؕ— فَصَبْرٌ جَمِیْلٌ ؕ— وَاللّٰهُ الْمُسْتَعَانُ عَلٰی مَا تَصِفُوْنَ ۟
१८) र यूसुफको कमिजमा झूठो रगतको दागपनि लगाएर ल्याएका थिए । पिताले भने यो होइन, बरु तिमीहरू आफैंले मनगढन्ते कुरा बनाएर ल्याएका छौ । त राम्रो धैर्य नै उचित छ र जे तिमीले भनिराखेका छौ त्यस सम्बन्धमा अल्लाहबाट नै मद्दत चाहिन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَآءَتْ سَیَّارَةٌ فَاَرْسَلُوْا وَارِدَهُمْ فَاَدْلٰی دَلْوَهٗ ؕ— قَالَ یٰبُشْرٰی هٰذَا غُلٰمٌ ؕ— وَاَسَرُّوْهُ بِضَاعَةً ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِمَا یَعْمَلُوْنَ ۟
१९) एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُوْدَةٍ ۚ— وَكَانُوْا فِیْهِ مِنَ الزَّاهِدِیْنَ ۟۠
२०) र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِی اشْتَرٰىهُ مِنْ مِّصْرَ لِامْرَاَتِهٖۤ اَكْرِمِیْ مَثْوٰىهُ عَسٰۤی اَنْ یَّنْفَعَنَاۤ اَوْ نَتَّخِذَهٗ وَلَدًا ؕ— وَكَذٰلِكَ مَكَّنَّا لِیُوْسُفَ فِی الْاَرْضِ ؗ— وَلِنُعَلِّمَهٗ مِنْ تَاْوِیْلِ الْاَحَادِیْثِ ؕ— وَاللّٰهُ غَالِبٌ عَلٰۤی اَمْرِهٖ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟
२१) र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाको कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَمَّا بَلَغَ اَشُدَّهٗۤ اٰتَیْنٰهُ حُكْمًا وَّعِلْمًا ؕ— وَكَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟
२२) र जब उनले आफ्नो वयस्क अवस्थामा प्रवेश गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ዩሱፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት