Check out the new design

《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 * - 译解目录


含义的翻译 章: 优努斯   段:
وَمِنْهُمْ مَّنْ یَّنْظُرُ اِلَیْكَ ؕ— اَفَاَنْتَ تَهْدِی الْعُمْیَ وَلَوْ كَانُوْا لَا یُبْصِرُوْنَ ۟
४३) र तिनीहरूमध्ये केही यस्ता छन् जसले तपाईतिर हेर्दैछन्, त के तपाईले अन्धाहरूलाई बाटो देखाउनुहुन्छ, यद्यपि उनी केही पनि देख्ने छैनन् ।
阿拉伯语经注:
اِنَّ اللّٰهَ لَا یَظْلِمُ النَّاسَ شَیْـًٔا وَّلٰكِنَّ النَّاسَ اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
४४) यो निश्चित (वास्तविक) कुरा हो कि अल्लाह त मानिसहरूमाथि केही अत्याचार गर्दैन, तर मानिसहरू आफूले नै आफूमाथि अत्याचार गर्दछन् ।
阿拉伯语经注:
وَیَوْمَ یَحْشُرُهُمْ كَاَنْ لَّمْ یَلْبَثُوْۤا اِلَّا سَاعَةً مِّنَ النَّهَارِ یَتَعَارَفُوْنَ بَیْنَهُمْ ؕ— قَدْ خَسِرَ الَّذِیْنَ كَذَّبُوْا بِلِقَآءِ اللّٰهِ وَمَا كَانُوْا مُهْتَدِیْنَ ۟
४५) र जुन दिन अल्लाहले तिनीहरूलाई (आफू समक्ष) एकत्रित गर्नेछ त्यसदिनको स्मरण गराउनुस् कि तिनीहरूलाई यस्तो महसूस हुनेछ जस्तो कि दिनको एक घण्टाभन्दा बढी त्यहाँ थिएनन् (र) आपसमा एक अर्कालाई चिन्न उभिएका (रूकेका) छन् । जुन मानिसहरूले अल्लाहको अगाडि उपस्थित हुने कुरो झूठा भने, तिनीहरू घाटामा परिहाले र तिनीहरू सहि बाटो पाउनेवाला थिएनन् ।
阿拉伯语经注:
وَاِمَّا نُرِیَنَّكَ بَعْضَ الَّذِیْ نَعِدُهُمْ اَوْ نَتَوَفَّیَنَّكَ فَاِلَیْنَا مَرْجِعُهُمْ ثُمَّ اللّٰهُ شَهِیْدٌ عَلٰی مَا یَفْعَلُوْنَ ۟
४६) र मैले जसको वाचा गरेको छु त्यसमध्येबाट केही यदि मैले तपाईलाई देखाऊँ अथवा तपाईलाई मृत्यु दिऊँ भनेपनि मेरो नजिक उनीहरूले आउनु नै पर्नेछ । फेरि अल्लाह उनीहरूको सबै कर्महरूको साक्षी छ ।
阿拉伯语经注:
وَلِكُلِّ اُمَّةٍ رَّسُوْلٌ ۚ— فَاِذَا جَآءَ رَسُوْلُهُمْ قُضِیَ بَیْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
४७) र प्रत्येक समुदायको लागि एउटा पैगम्बर पठाइयो, जब तिनीहरूको पैगम्बर आउँछ त उनीहरूमा न्यायपूर्ण तरिकाले फैसला गरिदिइनेछ र तिनीहरूमाथि कुनै अत्याचार गरिदैन ।
阿拉伯语经注:
وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
४८) र यिनीहरूले भन्दछन् कि यदि तिमी साँचो हौ भने यो वाचा कहिले (पूरा) हुनेछ ।
阿拉伯语经注:
قُلْ لَّاۤ اَمْلِكُ لِنَفْسِیْ ضَرًّا وَّلَا نَفْعًا اِلَّا مَا شَآءَ اللّٰهُ ؕ— لِكُلِّ اُمَّةٍ اَجَلٌ ؕ— اِذَا جَآءَ اَجَلُهُمْ فَلَا یَسْتَاْخِرُوْنَ سَاعَةً وَّلَا یَسْتَقْدِمُوْنَ ۟
४९) तपार्इ भनिदिनुस् कि मलाई त आफ्नो व्यक्तिगत हानि र लाभबारे पनि कुनै अधिकार छैन, त्यस बाहेक जति अल्लाहले इच्छा गर्दछ । प्रत्येक समुदायको लागि (मृत्युको) समय निर्धारित छ । जब निर्धारित समय आइपुग्दछ त एकछिन पनि ढिलो गर्न सक्दैनन् र नत छिटो गर्न सक्तछन् ।
阿拉伯语经注:
قُلْ اَرَءَیْتُمْ اِنْ اَتٰىكُمْ عَذَابُهٗ بَیَاتًا اَوْ نَهَارًا مَّاذَا یَسْتَعْجِلُ مِنْهُ الْمُجْرِمُوْنَ ۟
५०) तपार्इ भनिदिनुस् कि हेर ! उसको दण्ड यदि तिमीमाथि एक्कासी राती वा दिनमा आइपुगोस्, त फेरि सजायमा यस्तो के लाभ छ जुन अपराधीहरूले छिटै माँगिरहेकाछन् ।
阿拉伯语经注:
اَثُمَّ اِذَا مَا وَقَعَ اٰمَنْتُمْ بِهٖ ؕ— آٰلْـٰٔنَ وَقَدْ كُنْتُمْ بِهٖ تَسْتَعْجِلُوْنَ ۟
५१) के त्यो आइसकेपछि मात्र त्यसमथि विश्वास गर्नेछौ ? के अब विश्वास गरिहाल्यौ जबकि यसैको निम्ति त तिमीले हतार गर्ने गर्दथ्यौ ।
阿拉伯语经注:
ثُمَّ قِیْلَ لِلَّذِیْنَ ظَلَمُوْا ذُوْقُوْا عَذَابَ الْخُلْدِ ۚ— هَلْ تُجْزَوْنَ اِلَّا بِمَا كُنْتُمْ تَكْسِبُوْنَ ۟
५२) अनि अत्याचारीहरूसित भनिनेछः कि स्थायी दण्डको स्वाद चाख । तिमी त तिमीले गरेकै कर्महरूको प्रतिफल पाएका छौ ।
阿拉伯语经注:
وَیَسْتَنْۢبِـُٔوْنَكَ اَحَقٌّ هُوَ ؔؕ— قُلْ اِیْ وَرَبِّیْۤ اِنَّهٗ لَحَقٌّ ؔؕ— وَمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ ۟۠
५३) र तिनीहरूले तपाईसँग सोध्छन्ः कि के (यो) सजाय साँचो हो ? तपाई भनिदिनुस् हो, मेरो पालनहारको शपथ छ, त्यो वास्तवमा साँचो हो । र तिमी अल्लाहलाई प्रास्त गर्न सक्ने छैनौ ।
阿拉伯语经注:
 
含义的翻译 章: 优努斯
章节目录 页码
 
《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 - 译解目录

由尼泊尔圣训中心协会发布。

关闭