Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: تەۋبە   ئايەت:
یٰۤاَیُّهَا النَّبِیُّ جَاهِدِ الْكُفَّارَ وَالْمُنٰفِقِیْنَ وَاغْلُظْ عَلَیْهِمْ ؕ— وَمَاْوٰىهُمْ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
७३) हे नबी ! इन्कार गर्ने (काफिर) र मुनाफिकहरू (कपटीहरू) सित धर्म युद्ध निरंतर (जारी) राख । र उनीहरूसित कडाईकासाथ व्यवहार गर । अन्ततः उनीहरूको ठेगाना नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
ئەرەپچە تەپسىرلەر:
یَحْلِفُوْنَ بِاللّٰهِ مَا قَالُوْا ؕ— وَلَقَدْ قَالُوْا كَلِمَةَ الْكُفْرِ وَكَفَرُوْا بَعْدَ اِسْلَامِهِمْ وَهَمُّوْا بِمَا لَمْ یَنَالُوْا ۚ— وَمَا نَقَمُوْۤا اِلَّاۤ اَنْ اَغْنٰىهُمُ اللّٰهُ وَرَسُوْلُهٗ مِنْ فَضْلِهٖ ۚ— فَاِنْ یَّتُوْبُوْا یَكُ خَیْرًا لَّهُمْ ۚ— وَاِنْ یَّتَوَلَّوْا یُعَذِّبْهُمُ اللّٰهُ عَذَابًا اَلِیْمًا فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۚ— وَمَا لَهُمْ فِی الْاَرْضِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟
७४) उनीहरू अल्लाहको शपथ खाएर भन्दछन् कि उनीहरूले भनेनन्, जबकि उनीहरूले अवश्य नै कुफ्रको कुरा गरेका छन् । र आफूले इस्लाम स्वीकार गरेपश्चात इन्कार (कुफ्र) गरे, र उनीहरूले त्यस कामको इच्छा पनि गरे, जुन पूरा गर्न सकेनन् । र उनीहरूको प्रतिशोधको कारण त यो हो कि अल्लाह आफ्नो कृपाले र उसको रसूलले उनीहरूलाई समृद्ध गरिहाले । यदि उनीहरू अहिले पनि प्रायश्चित गरे भने उनीहरूकै लागि राम्रो हुनेछ र यदि उनीहरू विमुख भए भने अल्लाहले उनीहरूलाई दुनियाँ र आखिरतमा दुःखद यातना दिनेछ र धर्तीमा उनीहरूको न कोही मित्र हुनेछ र न त सहायक ।
ئەرەپچە تەپسىرلەر:
وَمِنْهُمْ مَّنْ عٰهَدَ اللّٰهَ لَىِٕنْ اٰتٰىنَا مِنْ فَضْلِهٖ لَنَصَّدَّقَنَّ وَلَنَكُوْنَنَّ مِنَ الصّٰلِحِیْنَ ۟
७५) उनीहरूमध्ये केही यस्ता व्यक्तिहरू पनि छन् जसले अल्लाहसंग वचन दिएका थिए कि यदि उसले हामीलाई आफ्नो कृपाले (धन) दियो भने हामी अवश्य नै दान गर्नेछौं र पक्कापक्की सदाचारीमध्येका हुनेछौं ।
ئەرەپچە تەپسىرلەر:
فَلَمَّاۤ اٰتٰىهُمْ مِّنْ فَضْلِهٖ بَخِلُوْا بِهٖ وَتَوَلَّوْا وَّهُمْ مُّعْرِضُوْنَ ۟
७६) तर जब अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले दियो त उनीहरूले त्यसमा कन्जूस्याई गर्नथाले र आलटाल गरी विमुख भइहाले ।
ئەرەپچە تەپسىرلەر:
فَاَعْقَبَهُمْ نِفَاقًا فِیْ قُلُوْبِهِمْ اِلٰی یَوْمِ یَلْقَوْنَهٗ بِمَاۤ اَخْلَفُوا اللّٰهَ مَا وَعَدُوْهُ وَبِمَا كَانُوْا یَكْذِبُوْنَ ۟
७७) अनि त्यसको सजायमा अल्लाहले उनीहरूका हृदयमा त्यस दिनसम्मको लागि कप्टाचार हालिदियो, जबकि उनीहरू ऊसित भेट्नेछन् किनभने उनीहरूले अल्लाहसित जुन प्रतिज्ञा गरेका थिए, त्यसलाई भङ्ग गरिदिए र यसकारण पनि कि उनीहरू झूठ बोल्दै रहे ।
ئەرەپچە تەپسىرلەر:
اَلَمْ یَعْلَمُوْۤا اَنَّ اللّٰهَ یَعْلَمُ سِرَّهُمْ وَنَجْوٰىهُمْ وَاَنَّ اللّٰهَ عَلَّامُ الْغُیُوْبِ ۟ۚ
७८) के उनीहरूलाई थाहा छैन कि अल्लाह उनीहरूको मनको रहस्य र उनीहरूको कानेखुसीलाई राम्ररी जान्दछ र यो कि अल्लाह अदृश्यका सम्पूर्ण कुराहरू राम्ररी जान्दछ ।
ئەرەپچە تەپسىرلەر:
اَلَّذِیْنَ یَلْمِزُوْنَ الْمُطَّوِّعِیْنَ مِنَ الْمُؤْمِنِیْنَ فِی الصَّدَقٰتِ وَالَّذِیْنَ لَا یَجِدُوْنَ اِلَّا جُهْدَهُمْ فَیَسْخَرُوْنَ مِنْهُمْ ؕ— سَخِرَ اللّٰهُ مِنْهُمْ ؗ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
७९) जुन मानिसहरूले उदारतापूर्वक दान गर्ने मोमिनहरूमाथि उनीहरूको दानको विषयमा कटाक्ष गर्दछन् र उनीहरूको उपहास गर्दछन् जसको पासमा उनीहरूको परिश्रम बाहेक अरु केही छैन, त तिनीहरूको उपहास अल्लाहले गर्दछ र उनीहरूको निम्ति दुःखद यातना छ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: تەۋبە
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش