Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: ئەنئام   ئايەت:
وَقَالُوْا هٰذِهٖۤ اَنْعَامٌ وَّحَرْثٌ حِجْرٌ ۖۗ— لَّا یَطْعَمُهَاۤ اِلَّا مَنْ نَّشَآءُ بِزَعْمِهِمْ وَاَنْعَامٌ حُرِّمَتْ ظُهُوْرُهَا وَاَنْعَامٌ لَّا یَذْكُرُوْنَ اسْمَ اللّٰهِ عَلَیْهَا افْتِرَآءً عَلَیْهِ ؕ— سَیَجْزِیْهِمْ بِمَا كَانُوْا یَفْتَرُوْنَ ۟
१३८) तिनीहरूले आफ्नो विचारमा यो पनि भन्दै छन्ः कि ‘‘यो जनावर र खेती वर्जित र सुरक्षित छन् जसको उपभोग सबैको लागि जायज छैन केवल त्यस व्यक्तिले उपभोग गर्न सक्छ जसलाई हामीले चाहनेछौं ।’’ र केही चौपाया यस्ता छन् कि तिनको पिठ्युँमा चढ्न वा केही कुरा बोकाउन रोक लगाइएको छ । र केही पशुहरू यस्ता छन् जसमाथि (काट्ने जब्ह गर्ने बेला) अल्लाहको नाम लिदैनन् । यी सबै अल्लाहमाथि यिनीहरूले रचेका असत्य कुरा हुन् । अल्लाहले तिनीहरूलाई तिनको झूठको प्रतिफल छिटै नै दिनेछ ।
ئەرەپچە تەپسىرلەر:
وَقَالُوْا مَا فِیْ بُطُوْنِ هٰذِهِ الْاَنْعَامِ خَالِصَةٌ لِّذُكُوْرِنَا وَمُحَرَّمٌ عَلٰۤی اَزْوَاجِنَا ۚ— وَاِنْ یَّكُنْ مَّیْتَةً فَهُمْ فِیْهِ شُرَكَآءُ ؕ— سَیَجْزِیْهِمْ وَصْفَهُمْ ؕ— اِنَّهٗ حَكِیْمٌ عَلِیْمٌ ۟
१३९) यो पनि भन्छन्ः कि, जुन कुरा (बच्चा) यी चौपायहरूको पेटमा छन् त्यो विशेषरूपले हाम्रा पुरुषहरूको लागि हो र हाम्रा स्वास्नी मानिसहरूको लागि त्यो हराम छ । यदि त्यो बच्चा मृत जन्मन्छ भने त्यसमा सबैको साझेदारी छ (सबैले खान सक्छन्) । छिट्टै अल्लाहले तिनीहरूलाई तिनका मनगढन्त कपोलकल्पित कुराको सजाय दिनेछ । निःसन्देह ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
ئەرەپچە تەپسىرلەر:
قَدْ خَسِرَ الَّذِیْنَ قَتَلُوْۤا اَوْلَادَهُمْ سَفَهًا بِغَیْرِ عِلْمٍ وَّحَرَّمُوْا مَا رَزَقَهُمُ اللّٰهُ افْتِرَآءً عَلَی اللّٰهِ ؕ— قَدْ ضَلُّوْا وَمَا كَانُوْا مُهْتَدِیْنَ ۟۠
१४०) निःसन्देह ती मानिसहरू घाटामा परीहाले जुन आफ्नो सन्तानलाई मूर्खता र अज्ञानताको कारणले हत्या गरे र अल्लाहमाथि मिथ्या कुरागर्दा उसले प्रदान गरेको जीविकालाई वर्जित बनाए । वास्तवमा तिनीहरू पथविचलित भइहाले र कहिले पनि उनीहरू सत्य मार्गदर्शन प्राप्त गर्नेमध्येका हुने छैनन् ।
ئەرەپچە تەپسىرلەر:
وَهُوَ الَّذِیْۤ اَنْشَاَ جَنّٰتٍ مَّعْرُوْشٰتٍ وَّغَیْرَ مَعْرُوْشٰتٍ وَّالنَّخْلَ وَالزَّرْعَ مُخْتَلِفًا اُكُلُهٗ وَالزَّیْتُوْنَ وَالرُّمَّانَ مُتَشَابِهًا وَّغَیْرَ مُتَشَابِهٍ ؕ— كُلُوْا مِنْ ثَمَرِهٖۤ اِذَاۤ اَثْمَرَ وَاٰتُوْا حَقَّهٗ یَوْمَ حَصَادِهٖ ۖؗ— وَلَا تُسْرِفُوْا ؕ— اِنَّهٗ لَا یُحِبُّ الْمُسْرِفِیْنَ ۟ۙ
१४१) र उही हो जसले धेरै बगैचाहरू उत्पन्न गर्यो । टाटी, बान्नो वा थाङ्गरामा चढने लतावाला र छानामाथि नचढने बिना लतावाला पनि । र खजूर र खेती पनि जसबाट विभिन्न प्रकारका खाद्यपदार्थ प्राप्त हुन्छन्, जैतून र अनार पनि जो एक–आपसमा मिल्दछन् र फरक पनि हुन्छन् । यिनीहरूको फल खानु जुन दिन ती फल टिपिन्छ वा काटिन्छ तिनीहरूको भाग (दान) पनि दिनु र सीमाभन्दा अघि नबढनु, निःसन्देह अल्लाहले सीमादेखि अघि बढ्नेलाई रूचाउँदैन ।
ئەرەپچە تەپسىرلەر:
وَمِنَ الْاَنْعَامِ حَمُوْلَةً وَّفَرْشًا ؕ— كُلُوْا مِمَّا رَزَقَكُمُ اللّٰهُ وَلَا تَتَّبِعُوْا خُطُوٰتِ الشَّیْطٰنِ ؕ— اِنَّهٗ لَكُمْ عَدُوٌّ مُّبِیْنٌ ۟ۙ
१४२) र उसले चौपायामध्ये भारी बोक्नको लागि केही ठूलो र केही सानो जनावर सृष्टि गर्यो । अल्लाहले तिमीलाई जुन कुरा प्रदान गरेको छ त्यसको उपभोग गर र शैतानको अनुशरण नगर किनकि त्यो तिम्रो स्पष्ट शत्रु हो ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: ئەنئام
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش