Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: مۇجادەلە   ئايەت:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— مَا یَكُوْنُ مِنْ نَّجْوٰی ثَلٰثَةٍ اِلَّا هُوَ رَابِعُهُمْ وَلَا خَمْسَةٍ اِلَّا هُوَ سَادِسُهُمْ وَلَاۤ اَدْنٰی مِنْ ذٰلِكَ وَلَاۤ اَكْثَرَ اِلَّا هُوَ مَعَهُمْ اَیْنَ مَا كَانُوْا ۚ— ثُمَّ یُنَبِّئُهُمْ بِمَا عَمِلُوْا یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّ اللّٰهَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
७) के तिमीलाई थाहा छैन कि जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ, अल्लाहलाई सबै थाहा छ । कुनै पनि तीनजना मानिसहरूको गुप्त वार्ता यस्तो हुँदैन जसमा चौथो अल्लाह नहोस् र न पाँचजना मानिसहरूको हुन्छ, जसमा छैठौं त्यो नहोस् । न यसभन्दा कमको न यसभन्दा बढिको किन्तु त्यो उनीहरूको साथमा हुन्छ, तिनीहरू जहाँ भएपनि, अनि जे–जति पनि उनीहरूले गरेका होलान्, प्रलयको दिन उसले उनीहरूलाई उनको कार्यबाट अवगत गराइहाल्नेछ । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
ئەرەپچە تەپسىرلەر:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ نُهُوْا عَنِ النَّجْوٰی ثُمَّ یَعُوْدُوْنَ لِمَا نُهُوْا عَنْهُ وَیَتَنٰجَوْنَ بِالْاِثْمِ وَالْعُدْوَانِ وَمَعْصِیَتِ الرَّسُوْلِ ؗ— وَاِذَا جَآءُوْكَ حَیَّوْكَ بِمَا لَمْ یُحَیِّكَ بِهِ اللّٰهُ ۙ— وَیَقُوْلُوْنَ فِیْۤ اَنْفُسِهِمْ لَوْلَا یُعَذِّبُنَا اللّٰهُ بِمَا نَقُوْلُ ؕ— حَسْبُهُمْ جَهَنَّمُ ۚ— یَصْلَوْنَهَا ۚ— فَبِئْسَ الْمَصِیْرُ ۟
८) के तिमीले उनीहरूलाई देखेनौ ? जसलाई कानेखुसी गर्नुबाट मनाही गरिएको थियो । तैपनि उनीहरूले त्यो मनाही गरिएको कार्य गर्न थाले र परस्परमा पापको, अत्याचारको र रसूलको अवज्ञाको कानेखुसी गर्दछन् र जब तिम्रो नजिकमा आउँदछन्, त तिमीलाई ती शब्दमा सलाम गर्दछन् । जुन शब्द अल्लाहले तिम्रो अभिवादनको लागि भनेन, र आफ्नो मनमा भन्दछन् कि जे–जति हामीले भन्दछौं, त्यसमा अल्लाहले हामीलाई सजाय किन दिंदैन ? उनीहरूको निम्ति नर्क नै पर्याप्त सजाय हो, जसमा उनीहरू प्रविष्ट हुनेछन् । त्यो त साह्रै नराम्रो ठाउँ हो ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا تَنَاجَیْتُمْ فَلَا تَتَنَاجَوْا بِالْاِثْمِ وَالْعُدْوَانِ وَمَعْصِیَتِ الرَّسُوْلِ وَتَنَاجَوْا بِالْبِرِّ وَالتَّقْوٰی ؕ— وَاتَّقُوا اللّٰهَ الَّذِیْۤ اِلَیْهِ تُحْشَرُوْنَ ۟
९) हे मोमिनहरू ! जब तिमी आपसमा कानेखुसी गर्दछौ त यी कानेखुसीहरू गुनाह र अतिक्रमण र रसूलको अवज्ञाको लागी नहोउन् । बरु नेकी र सहनशीलताको विषयमा आपसमा एकान्तवार्ता गर र त्यस अल्लाहसित डर मानिराख जसको नजिक तिमी एकत्रित हुनेछौ ।
ئەرەپچە تەپسىرلەر:
اِنَّمَا النَّجْوٰی مِنَ الشَّیْطٰنِ لِیَحْزُنَ الَّذِیْنَ اٰمَنُوْا وَلَیْسَ بِضَآرِّهِمْ شَیْـًٔا اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१०) नराम्रा कानेखुसीहरू त शैतानको काम हो । ताकि यसबाट मोमिनहरू दुःखी होउन्, यद्यपि अल्लाहको आदेश बिना उसले उनीहरूलाई केही हानि पुर्याउन सक्दैन । र आस्थावानहरूले अल्लाहमाथि नै भरोसा गर्नु उचित हो ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا قِیْلَ لَكُمْ تَفَسَّحُوْا فِی الْمَجٰلِسِ فَافْسَحُوْا یَفْسَحِ اللّٰهُ لَكُمْ ۚ— وَاِذَا قِیْلَ انْشُزُوْا فَانْشُزُوْا یَرْفَعِ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا مِنْكُمْ ۙ— وَالَّذِیْنَ اُوْتُوا الْعِلْمَ دَرَجٰتٍ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
११) आस्थावानहरू ! जब तिमीहरूलाई भनिन्छ कि सभामा ठाउँ फराकिलो पार त फराकिलो गरी बस । अल्लाहले तिमीलाई फराकिलोपना प्रदान गर्नेछ र जब भनिन्छ कि उभिहाल्नु त उभिहाल । तिमीहरूमध्ये जसले ईमान ल्याएका छन् र जसलाई ज्ञान प्रदान गरिएको छ, अल्लाहले उनीहरूको दर्जा उच्च गर्नेछ, र अल्लाह तिम्रो सम्पूर्ण कामहरूलाई जान्दछ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: مۇجادەلە
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش