Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: ھۇجۇرات   ئايەت:

हुजुरात

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تُقَدِّمُوْا بَیْنَ یَدَیِ اللّٰهِ وَرَسُوْلِهٖ وَاتَّقُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ عَلِیْمٌ ۟
१) हे मोमिनहरू (आस्थावानहरू) ! (धर्मको बारेमा) अल्लाह र उसका रसूलभन्दा अगाडि नबढ्नु र अल्लाहसित डराउँदै गर । निश्चय नै अल्लाह सर्वश्रोता सर्वज्ञानी छ ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَرْفَعُوْۤا اَصْوَاتَكُمْ فَوْقَ صَوْتِ النَّبِیِّ وَلَا تَجْهَرُوْا لَهٗ بِالْقَوْلِ كَجَهْرِ بَعْضِكُمْ لِبَعْضٍ اَنْ تَحْبَطَ اَعْمَالُكُمْ وَاَنْتُمْ لَا تَشْعُرُوْنَ ۟
२) हे ईमानवालाहरू ! आफ्ना आवाजहरू पैगम्बरको आवाजभन्दा उच्च नपार न उनीसित ठूलो स्वरमा कुरा गर जुन प्रकारले तिमीहरू आपसमा एक अर्कासित कराएर बोल्दछौ । यस्तो नहोस् कि तिम्रा कर्महरू खेर गइहालुन् र तिमीलाई त्यसको खबर पनि नहोस् ।
ئەرەپچە تەپسىرلەر:
اِنَّ الَّذِیْنَ یَغُضُّوْنَ اَصْوَاتَهُمْ عِنْدَ رَسُوْلِ اللّٰهِ اُولٰٓىِٕكَ الَّذِیْنَ امْتَحَنَ اللّٰهُ قُلُوْبَهُمْ لِلتَّقْوٰی ؕ— لَهُمْ مَّغْفِرَةٌ وَّاَجْرٌ عَظِیْمٌ ۟
३) जुन मानिसहरू रसूलको हजुरमा आफ्नो आवाज मन्द राख्दछन् यिनै ती मानिसहरू हुन् जसका हृदयहरूलाई अल्लाहले संयमको निम्ति जाँचिलिएको छ । उनको लागि मुक्ति छ र ठूलो प्रतिफल छ ।
ئەرەپچە تەپسىرلەر:
اِنَّ الَّذِیْنَ یُنَادُوْنَكَ مِنْ وَّرَآءِ الْحُجُرٰتِ اَكْثَرُهُمْ لَا یَعْقِلُوْنَ ۟
४) (हे नबी) जुन मानिसहरूले तपाईलाई कोठाको पछाडिबाट बोलाउँछन् । उनीहरूमध्ये धेरै मूर्ख छन् ।
ئەرەپچە تەپسىرلەر:
وَلَوْ اَنَّهُمْ صَبَرُوْا حَتّٰی تَخْرُجَ اِلَیْهِمْ لَكَانَ خَیْرًا لَّهُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
५) र यदि उनीहरूले तपाई स्वयम् निस्केर उनी समक्ष नआएसम्म धैर्य गरिराखेको भए यो उनीहरूको निम्ति राम्रो हुनेथियो । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ جَآءَكُمْ فَاسِقٌ بِنَبَاٍ فَتَبَیَّنُوْۤا اَنْ تُصِیْبُوْا قَوْمًا بِجَهَالَةٍ فَتُصْبِحُوْا عَلٰی مَا فَعَلْتُمْ نٰدِمِیْنَ ۟
६) हे मोमिनहरू यदि कुनै अवज्ञाकारीले तिमीलाई कुनै खबर लिएर आउँछ भने उसको राम्रोसँग छानबिन गर्नेगर । कहीँ यस्तो नहोस् कि तिमीले कुनै गिरोहलाई अज्ञानतामा कष्ट र नोक्सानी पुर्याइहाल, अनि आफूले गरेको कार्यमाथि पश्चातप गर ।
ئەرەپچە تەپسىرلەر:
وَاعْلَمُوْۤا اَنَّ فِیْكُمْ رَسُوْلَ اللّٰهِ ؕ— لَوْ یُطِیْعُكُمْ فِیْ كَثِیْرٍ مِّنَ الْاَمْرِ لَعَنِتُّمْ وَلٰكِنَّ اللّٰهَ حَبَّبَ اِلَیْكُمُ الْاِیْمَانَ وَزَیَّنَهٗ فِیْ قُلُوْبِكُمْ وَكَرَّهَ اِلَیْكُمُ الْكُفْرَ وَالْفُسُوْقَ وَالْعِصْیَانَ ؕ— اُولٰٓىِٕكَ هُمُ الرّٰشِدُوْنَ ۟ۙ
७) र जानिराख कि तिम्रोबीचमा अल्लाहका पैगम्बर(संदेष्टा) छन् । यदि धेरै जसो कुराहरूमा उनले तिम्रो कुरा मान्ने गर्दछन् भने तिमी कठिनाईमा पर्नेछौ । तर अल्लाहले तिम्रो निम्ति ईमानलाई प्रिय बनाइदियो र त्यसलाई तिम्रो हृदयमा सुन्दरता प्रदान गरेको छ र इन्कार, उल्लंघन र अवज्ञालाई तिम्रो दृष्टिमा अप्रिय बनाइदिएको छ । यही मान्छेहरू सोझो मार्गवालाहरू हन् ।
ئەرەپچە تەپسىرلەر:
فَضْلًا مِّنَ اللّٰهِ وَنِعْمَةً ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
८) जुन अल्लाहको कृपा र पुरस्कारबाट हो, र अल्लाह सर्वज्ञ र तत्वदर्शी छ ।
ئەرەپچە تەپسىرلەر:
وَاِنْ طَآىِٕفَتٰنِ مِنَ الْمُؤْمِنِیْنَ اقْتَتَلُوْا فَاَصْلِحُوْا بَیْنَهُمَا ۚ— فَاِنْ بَغَتْ اِحْدٰىهُمَا عَلَی الْاُخْرٰی فَقَاتِلُوا الَّتِیْ تَبْغِیْ حَتّٰی تَفِیْٓءَ اِلٰۤی اَمْرِ اللّٰهِ ۚ— فَاِنْ فَآءَتْ فَاَصْلِحُوْا بَیْنَهُمَا بِالْعَدْلِ وَاَقْسِطُوْا ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُقْسِطِیْنَ ۟
९) र यदि आस्थावानहरूका कुनै दुई समूह आपसमा लडाइ गर्छन् भने, यिनीहरूमा मेलमिलाप गराइदेऊ, र यदि एउटा समूहले अर्को समूहमाथि ज्यादति (अत्याचार) गर्दछ भने ज्यादति गर्नेवालासित लड, यहाँसम्म कि त्यो अल्लाहको आदेशतिर प्रवृत्तहोस् (फर्कोस्), अनि जब प्रवृत्त हुन्छ भने दुवै समूहमा इन्साफको साथ आपसमा मेलमिलाप गराइदेऊ र न्याय गर्नु । किनकि अल्लाह न्याय गर्नेहरूलाई मन पराउँदछ ।
ئەرەپچە تەپسىرلەر:
اِنَّمَا الْمُؤْمِنُوْنَ اِخْوَةٌ فَاَصْلِحُوْا بَیْنَ اَخَوَیْكُمْ وَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟۠
१०) सबै आस्थावानहरू एक अर्काका भाइ–भाइ हुन्, तसर्थ आफ्ना दुई भाइहरूमा मेलमिलाप गराउने गर । र अल्लाहसित डर मानिराख ताकि तिमीमाथि दया गरियोस् ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا یَسْخَرْ قَوْمٌ مِّنْ قَوْمٍ عَسٰۤی اَنْ یَّكُوْنُوْا خَیْرًا مِّنْهُمْ وَلَا نِسَآءٌ مِّنْ نِّسَآءٍ عَسٰۤی اَنْ یَّكُنَّ خَیْرًا مِّنْهُنَّ ۚ— وَلَا تَلْمِزُوْۤا اَنْفُسَكُمْ وَلَا تَنَابَزُوْا بِالْاَلْقَابِ ؕ— بِئْسَ الِاسْمُ الْفُسُوْقُ بَعْدَ الْاِیْمَانِ ۚ— وَمَنْ لَّمْ یَتُبْ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟
११) हे आस्थावानहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होउन् र आपसमा एक अर्कालाई आक्षेप (बदनाम) नगर न नराम्रो उपाधिले नै सम्बोधन गर ईमान ल्याइसकेपछि नराम्रो नामाकरण गर्नु पाप हो । (यसबाट) जसले प्रायश्चित गर्दैन, उनीहरू अत्याचारी हुन् ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اجْتَنِبُوْا كَثِیْرًا مِّنَ الظَّنِّ ؗ— اِنَّ بَعْضَ الظَّنِّ اِثْمٌ وَّلَا تَجَسَّسُوْا وَلَا یَغْتَبْ بَّعْضُكُمْ بَعْضًا ؕ— اَیُحِبُّ اَحَدُكُمْ اَنْ یَّاْكُلَ لَحْمَ اَخِیْهِ مَیْتًا فَكَرِهْتُمُوْهُ ؕ— وَاتَّقُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ تَوَّابٌ رَّحِیْمٌ ۟
१२) हे ईमानवालाहरू ! धेरै शंकाउपशंका गर्नुबाट बच । किन भने केही शंका पाप हुन्छन् र एक अर्काको जासूसी नगर, र नत कसैको अनुपस्थितिमा निन्दा (पिशुन्ता) गर्नु । के तिमीहरूमध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ ? यसलाई तिमीले अवश्य नै घृणा गर्नेछौ । (तसर्थ) अल्लाहसित डर मान्ने गर । निश्चय नै अल्लाह प्रायश्चित स्वीकार गर्नेवाला, अत्यन्त दयावान छ ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا النَّاسُ اِنَّا خَلَقْنٰكُمْ مِّنْ ذَكَرٍ وَّاُ وَجَعَلْنٰكُمْ شُعُوْبًا وَّقَبَآىِٕلَ لِتَعَارَفُوْا ؕ— اِنَّ اَكْرَمَكُمْ عِنْدَ اللّٰهِ اَتْقٰىكُمْ ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌ خَبِیْرٌ ۟
१३) हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जातविरादरी र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो जो कि तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञ छ ।
ئەرەپچە تەپسىرلەر:
قَالَتِ الْاَعْرَابُ اٰمَنَّا ؕ— قُلْ لَّمْ تُؤْمِنُوْا وَلٰكِنْ قُوْلُوْۤا اَسْلَمْنَا وَلَمَّا یَدْخُلِ الْاِیْمَانُ فِیْ قُلُوْبِكُمْ ؕ— وَاِنْ تُطِیْعُوا اللّٰهَ وَرَسُوْلَهٗ لَا یَلِتْكُمْ مِّنْ اَعْمَالِكُمْ شَیْـًٔا ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१४) देहातीहरूले (गाउँलेहरूले) भने किः हामीले ईमान ल्यायौं भनिदिनुस् कि तिमीले ईमान ल्याएनौ । किन्तु तिमीहरूले यस्तो भन कि हामी आज्ञाकारी भयौं ‘‘यद्यपि ईमानले तिम्रो हृदयमा अहिले सम्म प्रवेश नै गरेको छैन र यदि तिमीले अल्लाह र उसको रसूलको आज्ञाकारीता गर्ने गर्दछौ भने अल्लाहले तिम्रो कर्मबाट केही कम गर्नेछैन । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
ئەرەپچە تەپسىرلەر:
اِنَّمَا الْمُؤْمِنُوْنَ الَّذِیْنَ اٰمَنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ ثُمَّ لَمْ یَرْتَابُوْا وَجٰهَدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— اُولٰٓىِٕكَ هُمُ الصّٰدِقُوْنَ ۟
१५) वास्तवमा र्इमानवालाहरू त ती नै हुन् जसले अल्लाह र उसको रसूलमाथि ईमान ल्याए अनि उनीहरूले कुनै शंका सन्देह गर्दैनन् र आफ्ना धनसम्पत्ति र आफ्ना ज्यानले अल्लाहको मार्गमा जेहाद (धर्म युद्ध) गर्दछन् । यीनै मानिसहरू असल सत्यवान हुन् ।
ئەرەپچە تەپسىرلەر:
قُلْ اَتُعَلِّمُوْنَ اللّٰهَ بِدِیْنِكُمْ ؕ— وَاللّٰهُ یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاللّٰهُ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
१६) (हे सन्देष्टा उनीहरूसित) भनिदिनुस् कि ‘‘के तिमीले अल्लाहलाई आफ्नो धार्मिक आस्थाको सूचना दिइरहेकाछौ ? अल्लाह त आकाशहरू र धरतीका सम्पूर्ण कुरालाई जान्दछ । र अल्लाह हरेक कुराको ज्ञाता हो ।
ئەرەپچە تەپسىرلەر:
یَمُنُّوْنَ عَلَیْكَ اَنْ اَسْلَمُوْا ؕ— قُلْ لَّا تَمُنُّوْا عَلَیَّ اِسْلَامَكُمْ ۚ— بَلِ اللّٰهُ یَمُنُّ عَلَیْكُمْ اَنْ هَدٰىكُمْ لِلْاِیْمَانِ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१७) उनीहरू तपाईमाथि आफ्नो मुसलमान हुने कुराको उपकार दर्शाउँदैछन्, तपाईं भनिदिनुस् कि आफ्नो मुसलमान हुने कुरोको उपकार ममाथि नदेखाऊ । वास्तवमा अल्लाहको तिमीमाथि ठूलो उपकार छ कि तिमीलाई ईमानवाला बनायो यदि तिमी सही बाटोमा छौ भने ।
ئەرەپچە تەپسىرلەر:
اِنَّ اللّٰهَ یَعْلَمُ غَیْبَ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠
१८) विश्वास गर अल्लाह आकाशहरू र धरतीमा लुकेका कुराहरू जान्दछ र जे जति तिमीले गर्दछौ त्यसलाई देखिरहेको छ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: ھۇجۇرات
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش